विराटनगर । कोशी विद्या मन्दिर(केभीएम)ले शैक्षिक निर्देशकमा सीएम रिजाललाई नियुक्त गरेको छ । नवनियुक्त शैक्षिक निर्देशक रिजाललाई विद्यालय परिवारले स्वागत गर्दै उनको अनुभव, नेतृत्व र मार्गदर्शनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
विद्यालय परिवारले रिजालको शैक्षिक अनुभव र दूरदृष्टिले शिक्षण-सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने अपेक्षा गरेको छ ।
विद्यालयले शैक्षिक उत्कृष्टता, नवीन सोच र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै नवनियुक्त निर्देशकसँगको सहकार्यमा शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने जनाएको छ । साथै विद्यालयको शैक्षिक यात्रालाई नयाँ उचाइमा पुर्याउन रिजालको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ ।
View : 56
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved