Biratnagar, Morang, Nepal
१५ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी
सीबीआर विराटनगरद्वारा परमेश्वर सरदार सम्मानित
उद्‌घोष संवाददाता १५ कार्तिक २०८३, आइतवार

विराटनगर  । समुदायमा आधारित पुनर्स्थापना (सीबीआर) विराटनगरको आइतबार सम्पन्न ३६औँ वार्षिक साधारणसभामा  संस्थामा उत्कृष्ट सेवा पुर्‍याए बापत परमेश्वर सरदारलाई वर्षको उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित गरिएको छ । कोशी प्रदेशसभाका सदस्य तथा पूर्व मन्त्री भीम पराजुलीले उनलाई नगद प्रमाणपत्रसहित सम्मानित गरेका हुन् ।  सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका पराजुलीले अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापनामा सरकारी तहबाट पर्याप्त ध्यान र ठूलो सहयोग पुग्न नसकिरहेको अवस्थामा सीबीआरले समुदाय स्तरमा पुर्‍याएको योगदान अत्यन्तै अनुकरणीय रहेको बताए । आफू विराटनगर महानगरपालि...

समाज
लुमन्तीद्वारा सञ्चालित विकास योजनाको अनुगमन
१५ कार्तिक २०८३, आइतवार

सुन्दरहरैँचा । आवासका लागि सहयोग समूह (लुमन्ती) ले मोरङको सुन्दरहरैँचा नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन तथा निर्माण गरेका विकास निर्माणका योजनाको स्थलगत अनुगमन गरिएको छ । लुमन्तीले स्थानीय समुदायको आवास, खानेपानी, सरसफाइ, पूर्वाधार विकास तथा महिला सशक्तीकरणका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमको प्रभावकारिता र उपलब्धिबारे जानकारी लिने उद्देश्यले अनुगमन गरिएको हो ।  अनुगमनका क्रममा लुमन्तीद्वारा निर्माण गरिएका आवास, खानेपानीका धारा निर्माण तथा हस्तान्तरण, ड्रेन निर्माण, पेबल्स बिछ्याउने कार्य, तटबन्ध निर्माण र सामुदायिक भवनको अवस्थाबारे स्थलगत निरीक्षण गरिएको थियो ।  त्यसैग...

राजनीति
जसपा विराटनगर–१२ द्वारा आपसी सद्‌भाव र एकतामा जोड
उद्‌घोष संवाददाता १४ कार्तिक २०८३, शनिवार

विराटनगर ।  जनता समाजवादी पार्टी (जसपा) नेपाल, विराटनगर वडा नं. १२ को आयोजनामा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । दशैं, तिहार र छठ पर्वका अवसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूबीच आपसी सद्‌भाव, भाइचारा र एकता सुदृढ गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । वडा समितिका अध्यक्ष रामानन्द यादवको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं जसपाका केन्द्रीय सचिव सुरेशकुमार मण्डलले देशको वर्तमान राजनीतिक परिस्थिति र जनताको अधिकार स्थापनाका लागि जसपा सधैं अग्रपंक्तिमा रहेको बताउँदै स्थानीय तहदेखि नै संगठनलाई बलियो बनाउन नेता तथा क...

राष्ट्रिय
मौसम खुलेसंगै खचाखच पृथ्वीराजमार्ग
उद्‌घोष संवाददाता १५ कार्तिक २०८३, आइतवार

धादिङ । मौसममा सुधार आएसँगै देशकै प्रमुख आवतजावतको माध्यम मानिने पृथ्वी राजमार्गमा सवारी साधनको चाप ह्वात्तै बढेको छ ।  मौसम सफा भएसँगै संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे सडक र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्डमा साना–ठूला सवारी साधनको ओहोरदोहोर बढेको हो ।  मौसम खुलेपछि यात्रुहरू ढुक्क भएर यात्रामा निस्किएका छन् । राजमार्ग छेउछाउमा सवारी कुरेर बसेका यात्रुहरु पनि प्रशस्तै देखिन्छन् ।  राजमार्गमा निजी तथा हलुका सवारी, यात्रुवाहक बस तथा मालबाहक ट्रकहरू साबिकभन्दा बढी संख्यामा सञ्चालन भइरहेका छन् भने दुईपाङ्ग्रे सवारी चालक...

आर्थिक
नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो
१५ कार्तिक २०८३, आइतवार

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा गरेको बैंकको खुद नाफा यस वर्ष ४५ दशमलव ४४ प्रतिशत बढेको हो । बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ७२ लाख रुपैयाँबाट घटेर १६ करोड ४० लाख रुपैयाँमा झरेको छ । यसैगरी खुद ब्याज आम्दानी ३ अर्ब ९० करोडबाट बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब २६ करोड रुपैयाँ रहेको छ । बैंकले ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको...

शिक्षा
३१ शिक्षकलाई वैश्विक नागरिक शिक्षा अभिमुखीकरण
उद्‌घोष संवाददाता ३० असोज २०८३, शुक्रवार

इनरुवा । कोशी प्रदेशका आठ जिल्लाका ३१ जना शिक्षकलाई वैश्विक नागरिक शिक्षासम्बन्धी पाँचदिने अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ । नेपाल सरकार, शिक्षा विभाग सानोठिमी भक्तपुरको आयोजनामा सञ्चालित कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा सहभागी शिक्षकहरूलाई लोकतान्त्रिक मूल्य र मान्यता, सामाजिक न्याय, समावेशिता, डिजिटल शिक्षा, जलवायु परिवर्तन, स्वास्थ्य तथा वातावरणलगायत विषयमा अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा शिक्षा विभाग सानोठिमी भक्तपुरका वरिष्ठ प्राविधिक अधिकृत रामचन्द्र ढकाल, शिक्षा तालिम केन्द्र इनरुवाका वरिष्ठ प्रशिक्षक रेवन्तबहादुर बस्नेत तथा प्रशिक्षकहरू शान्तकुमार चौहान,...

स्वास्थ्य
इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै
उद्‌घोष संवाददाता १४ कार्तिक २०८३, शनिवार

इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै गएका छन् । उनले सत्याग्रह सुरु गरेको तेस्रो दिन भयो । तेस्रो दिनमा आइपुग्दा उनले शारीरिक रुपमा शिथिल महसुस गरेका छन् ।  ‘सुगर घटेको रहेछ’, उनले भने,‘अब बोल्न पनि गाहे हुन थाल्यो ।’ पानी मात्र पिएर सत्याग्रहमा रहेका उनको स्वास्थ्य जाँच गर्न हिजो साँझ इलाम अस्पतालको टोली पुगेपनि त्यसयता स्वास्थ्य जाँच नभएको बताइएको छ । इलाम अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. अमिताभ ठाकुरले डा. केसीको टीमबाट पछिल्लो स्वास्थ्यबारे ज...

खेलकुद
एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै
उद्‌घोष संवाददाता १५ कार्तिक २०८३, आइतवार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन् । जनकपुरको कप्तानी हरमित सिंहले गर्नेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन् । दुवै टोलीमा इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली, शाकिब अल हसन र महेदी हसनजस्ता अन्तर्राष्ट्रिय खेलाडी रहेका छन् । यसअघि शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै प्रतियोग...

साहित्य
'अक्षरभित्र चिन्तन' पुस्तककाे लोकार्पण
उद्‌घोष संवाददाता ७ कार्तिक २०८३, शनिवार

विराटनगर । विराटनगर साहित्य सङ्गमको २४२औँ साहित्य शृङ्खलाको अवसरमा फूलपातीका दिन एक विशेष कार्यक्रम आयोजना गरी साहित्यकार तोमनाथ उप्रेतीको समालोचना सङ्ग्रह ‘अक्षरभित्र चिन्तन’ लोकार्पण गरिएकाे छ । सो कार्यक्रममा दशैं, तिहार, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो।   कार्यक्रममा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, सचिव गोपाल निर्भीक, प्राज्ञ विवश पोखरेल र बलराम पोखरेलले संयुक्त रूपमा सो पुस्तकको लोकार्पण गरेका थिए। समालोचक तोमनाथ उप्रेतीको यस सङ्ग्रहभित्र मोरङ जिल्लाका सत्रजना कवि, कथाकार, नाटककार, उपन्यासकार र मुक्तककारका कृतिमाथि...

वातावरण
घट्यो अर्नबको असर, क्रमिक सुधारतर्फ मौसम
उद्‌घोष संवाददाता १५ कार्तिक २०८३, आइतवार

विराटनगर । लगातारको वर्षाले प्रभावित कोशी प्रदेशमा आइतबारदेखि मौसममा सुधार हुने मौसम विज्ञान विभागको पूर्वानुमान छ । अर्नब चक्रवातको अवशेष कमजोर बन्दै गएपछि वर्षा रोकिने र मौसम सफा हुँदै जाने पूर्वानुमान विभागले गरेको हो ।  विशेषगरी प्रदेशका तराईका जिल्लामा आइतबार मौसम खुल्ने संकेत देखिएको छ । विराटनगर, इटहरी र आसपासका क्षेत्रमा घाम लाग्ने तथा तापक्रम बढ्ने अनुमान छ ।  पहाडी जिल्लामा पनि वर्षाको क्रम रोकिने र आकाश क्रमशः खुल्दै जाने विभागले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ । विभागका अनुसार शनिबारसम्म पनि कोशीका केही स्थानमा वर्षा भइरहेको थियो ।  विभागकी मौसमविद् निष्ठा नि...

मनोरञ्जन
इटहरीमा नेपथ्यको  कन्सर्ट हुने
उद्‌घोष संवाददाता ८ कार्तिक २०८३, आइतवार

सुन्दरहरैँचा । नेपाली लोकप्रिय सांगीतिक समूह नेपथ्य पहिलोपटक इटहरीमा प्रस्तुत हुने भएको छ। कात्तिक १८ गते इटहरी रंगशालामा हुने सांगीतिक कार्यक्रमका लागि तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजना तथा इटहरी उपमहानगरपालिकाको प्रवर्द्धनमा हुन लागेको कार्यक्रममा करिब १० हजार दर्शक अट्ने व्यवस्था मिलाइनेछ । आयोजकका अनुसार हालसम्म करिब तीन हजार टिकट बिक्री भइसकेका छन् । आयोजक संस्थाका अध्यक्ष राजकुमार कार्कीका अनुसार इटहरीमा नेपथ्यको यो पहिलो प्रस्तुति नै अन्तिम हुन सक्ने सम्भावना छ । नेपथ्य टोलीसँगको कुराकानीमा त्यसपछि इटहरीमा अर्को प्रस्तुति नहुन सक्ने कुरा...

अन्तर्राष्ट्रिय
स्पेनमा रेल दुर्घटना हुँदा ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा
उद्‌घोष संवाददाता १२ कार्तिक २०८३, बिहिवार

काठमाडौं । स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । स्थानीय समयअनुसार बिहान ८ः५४ बजे म्याड्रिडबाट करिब १२० किलोमिटर दक्षिणमा पर्ने टोलेडो प्रान्तको उर्दा स्टेसननजिक दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूको उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ । दुर्घटनास्थलको भ्रमणपछि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले घटनाबारे विस्तृत अनुसन्धान गर्ने घोषणा गरेका छन् । उनले सुरक्षा प्रणालीमा लापरबाही वा कमजोरी भएको पाइए जिम्मेवार पक्षमाथि कारबाही गरिने बताएका छन् । ‘...

प्रविधि
एलजी वाटर प्युरिफायर लोकप्रिय
उद्‌घोष संवाददाता १२ कार्तिक २०८३, बिहिवार

विराटनगर । नेपाली बजारमा सार्वजनिक भएको एक महिनाभित्रै एलजी वाटर प्युरिफायरले उत्साहजनक बिक्रीसहित लोकप्रियता हासिल गरेको कम्पनीले जनाएको छ ।  उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र निःशुल्क मर्मतसम्भार सुविधाले उपभोक्तालाई आकर्षित गरेको कम्पनीको भनाइ छ । एलजी वाटर प्युरिफायरमा विभिन्न चरणको पानी शुद्धीकरण प्रविधि, आरओ प्रणाली तथा मिनरल बुस्टर समावेश छन् । यसको आठ लिटर क्षमताको ट्याङ्कीमा एयरटाइट कभर र लकिङ प्रणालीसमेत रहेको छ । कम्पनीका अनुसार यसमा पहिलो वर्ष दुई पटक निःशुल्क सेवा, दुई पटक कन्ट्याक्टलेस मर्मतसम्भार तथा दुई पटक बाहिरी सेडिमेन्ट फिल्टर उ...

विचार
निराशा र भ्रमबाट आत्मविश्वासतर्फको यात्रा
उद्‌घोष संवाददाता ३ कार्तिक २०८३, मङ्गलवार

रंगेली नगरपालिका–३ निवासी (नाम परिवर्तन) सरिता, ५२ वर्षीया गृहिणी हुन् । उनी खेतीपाती गरेर परिवारको जीविकोपार्जनमा सहयोग गर्दै आएकी छन् । उनको परिवारमा दुई छोरा, एक बुहारी र पाँच वर्षका एक नाति छन् । करिब ३० वर्षअघि विवाह भएको थियो । विगत दुई वर्षदेखि श्रीमान् दीर्घरोगका कारण बिरामी रहनुभएको थियो र नियमित उपचार गराइरहनुभएको थियो । अन्ततः २०८१ साल साउनमा श्रीमानको निधन भयो । श्रीमानको निधनपछि उनको व्यवहारमा उल्लेखनीय परिवर्तन देखिन थाल्यो । उनी कहिले अत्यधिक हाँस्ने, कहिले काम्ने, आफूलाई देवी–देवताले छोएको वा शक्ति प्राप्त भएको बताउने, शिवजी आफ्ना इष्टदेवता भएको...

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved