Biratnagar, Morang, Nepal
३१ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी
भोटेकोशी बाढीमा वेपत्ताको पहिचान गर्न डीएनए परीक्षणका लागि कोशीमा ४७ जनाको नमूना संकलन
३० भदौ २०८३, मङ्गलवार

विराटनगर । भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरूको पहिचान सहज बनाउन ११ जिल्लाबाट ४७ जना आफन्तले डीएनए परीक्षणका लागि रक्त नमुना उपलब्ध गराएका छन् ।  भदौ १० गतेको बाढीपछि आफ्नो परिवारका सदस्यहरूको अवस्था यकिन नभएको र ठुलो संख्यामा शव फेला परेका कारण चिन्तामा डुबेका आफन्तजनले शव पहिचानका लागि डीएनए परीक्षण होस् भनेर रक्त नमूना उपलब्ध गराएका हुन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भदौ १७ गतेदेखि २७ गतेसम्म ४० जना पुरुष र  ७ जना महिलाको नमूना संकलन गरिएको हो । जसमध्ये ४३ जना नेपाली नागरिकका आफन्त रहेका छन् भने बाँकी ४ जना भारतीय नागरिकका आफन्त हुन् ।  भारतीय...

समाज
कोशी प्रदेश खेलकुद विकास बोर्डमा चोरी
३० भदौ २०८३, मङ्गलवार

विराटनगर । विराटनगर–७ सहिद रंगशालास्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा गत शनिबार दिउँसै चोरी भएको घटनाको सीसीटीभी सार्वजनिक भएको छ ।  बोर्डको कार्यालयमा बिदाको दिन पारेर कवाडी संकलन बोरा बोकेको दुई महिला र दुई पुरुषको समुहले चोरी गरेको जनाइएको छ ।  उक्त समुहले बोर्डको गेटमाथिबाट प्रवेश गरी कार्यालयभित्रका धाराका टुटीलगायतका सामान चोरी गरेका हुन् । बोर्डका सदस्य सचिव विप्लव घोषले कार्यालयभित्र प्रवेश गरी सरसामान चोरी गरेको सीसीटीभीबाट थाहा भएको बताए ।  ‘बिदाको समयमा केही व्यक्ति कार्यालयभित्र प्रवेश गरेको देखिन्छ, उनीहरूले गेटभित्र प्रवेश गरी...

राजनीति
सरकारले ‘द ग्रे जोन’ को रिपोर्टबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ : डा.भट्टराई
उद्‌घोष संवाददाता ३० भदौ २०८३, मङ्गलवार

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र साहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी गर्दै अमेरिकी सञ्चारमाध्यम ‘द ग्रे जोन’ले सार्वजनिक गरेको खोजमूलक समाचारका बारेमा जिम्मेवार व्यक्तिहरुले जवाफ दिनुपर्ने पनि बताएका छन् । उनले सत्तामा रहेका व्यक्तिहरूले स्पष्ट जवाफ दिनुपर्ने साथै आरोप वा प्रचारको वास्तविकता के हो भन्नेबारे सरकारले चित्तबुझ्दो ढंगले प्रस्ट पार्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘ग्रे जोन रिपोर्ट मैले पनि हेरें । सायद मैंले नै होला सबै...

राष्ट्रिय
आयल निगमको डिजेल चोरी गर्दै गरेको आरोपमा तीन ट्याङ्करसहित पक्राउ
उद्‌घोष संवाददाता ३० भदौ २०८३, मङ्गलवार

भैरहवा । रुपन्देहीमा नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा तीनवटा ट्याङ्करसहित एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका–८ स्थित नेपाल आयल निगम परिसरमा मंगलबार ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त प्रहरी टोलीले ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा दुईवटा ट्याङ्कर फेला परेका थिए । अर्को एउटा ट्याङ्कर भने...

आर्थिक
औद्योगिक क्षेत्रको साझा हितका लागि उद्योग संगठन र संघबीच सहकार्यमा जोड
उद्‌घोष संवाददाता ३१ भदौ २०८३, बुधवार

विराटनगर । औद्योगिक क्षेत्रका साझा हितका विषयमा उद्योग संगठन मोरङ र मोरङ उद्योग व्यापार संघबीच सहकार्यलाई थप प्रभावकारी बनाउनेमा जोड दिइएको छ । उद्योग संगठन मोरङले मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मानमा मंगलबार आयोजना गरेको स्वागत कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूले साझा हितका लाथि सहकार्य गर्ने प्रपतवद्धता जनाएका हुन् । संघको हालै सम्पन्न निर्वाचनबाट अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन् । उद्योग संगठन मोरङले नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको...

शिक्षा
शिक्षा र स्वास्थ्यमा राजनीति नगरौँ
डीपी ढुंगेल ३० भदौ २०८३, मङ्गलवार

नेपालको संविधान २०७२ भाग ३ धारा ३१ र धारा ३५ मा शिक्षा तथा स्वास्थ्य सम्बन्धी मूल कानुन स्पष्ट लेखिएको छ । शिक्षा र स्वास्थ्य मानव जीवनका अमूल्य सम्पत्ति हो । शिक्षाले मानव जीवनलाई उन्नत र विकसित गर्ने गर्दछ भने स्वास्थ्यले मानव जीवनलाई दीर्घायु तथा जीवनस्तर राम्रो देखाउँछ । यी दुवैमा राजनीति अकल्पनीय । राजनीति फोहोरी खेल भएकाले शिक्षा र स्वास्थ्यमा फोहोरी खेलको आवश्यकता छैन । शिक्षालयहरू ज्ञान विज्ञानका मन्दिर हुन् भने मानिसको स्वास्थ्य घर विज्ञानको सम्पत्ति हो । विश्वका थुप्रै देशमा शिक्षा र स्वास्थ्यमा कुनै पनि प्रकार राजनीति देखिँदैन ।  छिमेकी मुलुकहरू चीन र भारतमा समेत शिक...

स्वास्थ्य
भोटेकोशी बाढीमा वेपत्ताको पहिचान गर्न डीएनए परीक्षणका लागि कोशीमा ४७ जनाको नमूना संकलन
३० भदौ २०८३, मङ्गलवार

विराटनगर । भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरूको पहिचान सहज बनाउन ११ जिल्लाबाट ४७ जना आफन्तले डीएनए परीक्षणका लागि रक्त नमुना उपलब्ध गराएका छन् ।  भदौ १० गतेको बाढीपछि आफ्नो परिवारका सदस्यहरूको अवस्था यकिन नभएको र ठुलो संख्यामा शव फेला परेका कारण चिन्तामा डुबेका आफन्तजनले शव पहिचानका लागि डीएनए परीक्षण होस् भनेर रक्त नमूना उपलब्ध गराएका हुन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भदौ १७ गतेदेखि २७ गतेसम्म ४० जना पुरुष र  ७ जना महिलाको नमूना संकलन गरिएको हो । जसमध्ये ४३ जना नेपाली नागरिकका आफन्त रहेका छन् भने बाँकी ४ जना भारतीय नागरिकका आफन्त हुन् ।  भारतीय...

खेलकुद
कोशी प्रदेश खेलकुद विकास बोर्डमा चोरी
३० भदौ २०८३, मङ्गलवार

विराटनगर । विराटनगर–७ सहिद रंगशालास्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा गत शनिबार दिउँसै चोरी भएको घटनाको सीसीटीभी सार्वजनिक भएको छ ।  बोर्डको कार्यालयमा बिदाको दिन पारेर कवाडी संकलन बोरा बोकेको दुई महिला र दुई पुरुषको समुहले चोरी गरेको जनाइएको छ ।  उक्त समुहले बोर्डको गेटमाथिबाट प्रवेश गरी कार्यालयभित्रका धाराका टुटीलगायतका सामान चोरी गरेका हुन् । बोर्डका सदस्य सचिव विप्लव घोषले कार्यालयभित्र प्रवेश गरी सरसामान चोरी गरेको सीसीटीभीबाट थाहा भएको बताए ।  ‘बिदाको समयमा केही व्यक्ति कार्यालयभित्र प्रवेश गरेको देखिन्छ, उनीहरूले गेटभित्र प्रवेश गरी...

साहित्य
आमा छोरीको दुई कृति विमोचन
उद्‌घोष संवाददाता १५ भदौ २०८३, सोमवार

विराटनगर । भद्रपुर पुस्तकालय, भद्रपुर झापाको आयोजनामा मुक्तककार लता खरेलको ‘शिशिरको जून’ मुक्तक सङ्ग्रह र बालकवि सफलता फुयलको कविता सङ्ग्रह ‘आभा’ एक समारोहबिच लोकार्पण गरिएको छ । भद्रपुर पुस्तकालयका अध्यक्ष प्रा. चिन्तामणि दाहालको सभापतित्व तथा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सभापति दाहाल, प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि समालोचक प्राध्यापक कविराज न्यौपाने, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, लता खरेलका माता, पिता र सासू,ससुरा लगायतले  संयुक्त रुपमा सो कृतिको लोकार्पण गरेका हुन् । लोकार्पित क...

वातावरण
हात्तीको बाटोमा विकास, विद्युतीय धरापमा वन्यजन्तु
उद्‌घोष संवाददाता २९ भदौ २०८३, सोमवार

सुनसरी । वन क्षेत्र घट्दै जानु र वन्यजन्तुको आवागमन क्षेत्र पनि खुम्चिनु तथा मानिसको आवास क्षेत्र बिस्तार हुनुले मानव वन्यजन्तु द्वन्द्वको कारण देखिएको छ । मानिसले आफ्नो सुरक्षाका लागि थापेका विद्युतीय तार वन्यजन्तुका लागि पाशो बन्दैछन् ।  कोशी प्रदेशमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दा वन अपराध पनि बढेकाले  वन्यजन्तुमाथि हुने अपराध नियन्त्रण अर्को ठूलो चुनौती छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तु संरक्षण तथा दिगो व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सातै प्रदेशमा गतिविधि विस्तार गरेको छ ।  यसैक्रममा कोशीटप्पु तथा आसपासका क्ष...

मनोरञ्जन
भिरको काखमा बस्ती, जोखिममा दैनिकी (तस्बिरसहित)
उद्‌घोष संवाददाता २५ भदौ २०८३, बिहिवार

जाजरकोट । भिरालो जमिनको काखमा टाँसिएका बस्ती, तल गहिरो खोला र माथि खस्न तयारजस्ता देखिने पहाड । यही भूगोलबीच जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ का बासिन्दाको दैनिकी चलिरहेको छ । भेरी करिडोर हुँदै डोल्पासम्म पुग्ने सडक यी बस्तीको जीवनरेखाजस्तै बनेको छ । तर करिडोरअन्तर्गतका खोलामा पुल नहुँदा सवारीसाधनले वर्षायाममा जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था छ । पानीको बहाव बढ्दा सडक र खोला पार गर्ने बाटो नै अवरुद्ध हुने गरेको छ । जाजरकोटतर्फका औलगुत्ता र बाँइकाँडा तथा रुकुम पश्चिमतर्फका दामाचौर, मुलातरा लगायतका बस्ती भिरालो भूभागमा छन् । कतै पहाडको फे...

अन्तर्राष्ट्रिय
अमेरिकाको मियामी विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु
उद्‌घोष संवाददाता २२ भदौ २०८३, सोमवार

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजनका लागि उडान गरिरहेको २१ एयरको कार्गो विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे भएको दुर्घटनामा विमानले रनवे पार गर्दै बाहिर निस्किएपछि धेरै सवारीसाधनमा ठक्कर दिएको र त्यसपछि आगलागी भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । मियामी–डेड फायर रेस्क्यु प्रमुख राइड ‘रे’ जदाल्लाहका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ भने अन्य दुई जनाक...

प्रविधि
मोरङ इलेक्ट्रिक संघको साधारणसभा
उद्‌घोष संवाददाता २९ भदौ २०८३, सोमवार

विराटनगर । मोरङ इलेक्ट्रिक संघको १७ औं वार्षिक साधारण सभा शनिबार विराटनगरमा सम्पन्न भएको छ ।  नेपाल विद्युत व्यवसायी महासंघका अध्यक्ष दिलीपकुमार अग्रवालको प्रमुख आतिथ्यता एवं मोरङ इलेक्ट्रिक संघका अध्यक्ष कैलाश विश्वासको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष राजन श्रेष्ठ, नेपाल उद्योग परिसंंघ कोशीका वरिष्ठ उपाध्यक्ष  प्रकाश मुन्दडा, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार शाह, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दल,  इटहरी विद्युतीय व्यवसायी संघकी अध्यक्ष...

विचार
शिक्षा र स्वास्थ्यमा राजनीति नगरौँ
डीपी ढुंगेल ३० भदौ २०८३, मङ्गलवार

नेपालको संविधान २०७२ भाग ३ धारा ३१ र धारा ३५ मा शिक्षा तथा स्वास्थ्य सम्बन्धी मूल कानुन स्पष्ट लेखिएको छ । शिक्षा र स्वास्थ्य मानव जीवनका अमूल्य सम्पत्ति हो । शिक्षाले मानव जीवनलाई उन्नत र विकसित गर्ने गर्दछ भने स्वास्थ्यले मानव जीवनलाई दीर्घायु तथा जीवनस्तर राम्रो देखाउँछ । यी दुवैमा राजनीति अकल्पनीय । राजनीति फोहोरी खेल भएकाले शिक्षा र स्वास्थ्यमा फोहोरी खेलको आवश्यकता छैन । शिक्षालयहरू ज्ञान विज्ञानका मन्दिर हुन् भने मानिसको स्वास्थ्य घर विज्ञानको सम्पत्ति हो । विश्वका थुप्रै देशमा शिक्षा र स्वास्थ्यमा कुनै पनि प्रकार राजनीति देखिँदैन ।  छिमेकी मुलुकहरू चीन र भारतमा समेत शिक...

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved