Biratnagar, Morang, Nepal
१२ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
प्रविधि

केन्टका वाटर हिटरमा आधुनिक प्रविधि र सुरक्षाको संयोजन

उद्‌घोष संवाददाता
१२ कार्तिक २०८३, बिहिवार

Advertisement

विराटनगर । केन्टले आधुनिक प्रविधि र सुरक्षा सुविधासहितका पोलार, थर्मोक्यू र हिटवेभ सिरिजका विद्युतीय वाटर हिटर बजारमा ल्याएको छ ।

पोलार र थर्मोक्यू सिरिज १०, १५ र ३० लिटर क्षमतामा उपलब्ध छन् भने हिटवेभ सिरिज १० र १५ लिटर क्षमतामा उपलब्ध छन् ।

यी वाटर हिटरमा छिटो पानी तताउने प्रविधि, जीवाणुरोधी सुविधा, ट्याङ्कीलाई क्षरणबाट जोगाउने ग्लासलाइन कोटिङ तथा विद्युतीय झट्काको जोखिम कम गर्ने ईएलसीबी सुरक्षा प्रणाली समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार थर्मोक्यू सिरिजमा रहेको विशेष प्रविधिले सामान्य तताउने प्रक्रियाको तुलनामा २० प्रतिशतसम्म बढी तातोपानी उपलब्ध गराउन सहयोग गर्छ । 

घरपरिवारको दैनिक आवश्यकता पूरा गर्ने उद्देश्यले तयार गरिएका यी वाटर हिटरमा कार्यक्षमता, सुरक्षा र टिकाउपनलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।

View : 16

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved