Biratnagar, Morang, Nepal
१३ कार्तिक २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

दशौं राष्ट्रिय खेलकुदका लागि कोशी प्रदेशको प्राविधिक प्रमुखमा विमल पोखरेल

उद्‌घोष संवाददाता
१२ कार्तिक २०८३, बिहिवार

Advertisement

विराटनगर । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश खेलकुद विकास बोर्ड,कोशी प्रदेशको प्राविधिक प्रमुखमा सिनियर कराते प्रशिक्षक विमल पोखरेल मनोनित  भएका छन् ।

बोर्डका सदस्य–सचिव विप्लव घोषले मंगलबार पोखरेललाई प्राविधिक प्रमुखमा मनोनयन गरिएको पत्र दिएका छन् ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन गर्ने तय गरिएको छ ।

प्रतियोगिताको मुख्य आयोजनास्थल सुर्खेतको वीरेन्द्रनगर रहने छ भने कर्णाली प्रदेशका विभिन्न जिल्लामा समेत खेलकुद गतिविधि सञ्चालन गरिने छ ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ । सो प्रतियोगितामा कोशी प्रदेशले विभिन्न ३२ वटा खेलमा सहभागिता जनाउने निश्चित भएको छ  ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको प्राविधिक प्रमुखमा मनोनित भएपछि पोखरेलले बोर्डका सदस्य–सचिव विप्लव घोषसहित पदाधिकारी, प्रशासन अधिकृत प्रमुख विनोद पाण्डे, लेखा प्रमुख दीपक घिमिरेलगायतलाइ धन्यवाद दिएका छन् । 

उनले आफूलाई विश्वास गरी महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएकोमा आभार व्यक्त गर्दै उक्त जिम्मेवारी इमानदारी, निष्ठा, व्यावसायिक दक्षता र प्रतिबद्धताका साथ निर्वाह गर्ने बताएका छन् ।

View : 240

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved