काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तरगत आज हुने भनिएको सुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्सबीच दाेस्राे खेल वर्षाका कारण प्रभावित भएकाे छ ।
५ बजेदेखि खेल सञ्चालन हुने भएपनि वर्षाका कारण मैदान भिजेकाले अहिलेसम्म टस समेत हुन सकेकाे छैन ।
वर्षा राेकिएकाे भएपनि त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानकाे आउटफिल्ड भिजेका कारण अहिलेसम्म टस हुन नसकेकाे हाे। आउटफिल्ड सुकाउने काम भइरहेकाे छ। ओभर घटाएर भएपनि खेल सञ्चालन गर्ने तयारी क्यानकाे रहेकाे छ ।
एकमा हार र एकमा जित निकाले सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुबै खेलमा पराजित भएको थियो ।
हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शिर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ ।
यसअघि आजै हुने भनिएकाे लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाकै कारण रद्द भएको थियाे। याे खेल टस नै हुन नपाएर खेल रद्द भएको हाे ।
खेल रद्द भएसँगै दुबै टाेलीले १/१ अंक बाँडेका छन् ।
अंक बाँडेसँगै लुम्बिनी ३ अंकसहित दाेस्राे र समान ३ अंकसहित चितवन तेस्रोमा उक्लिएकाे छ ।
View : 31
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved