Biratnagar, Morang, Nepal
१४ कार्तिक २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १५औं साधारणसभा सम्पन्न

पाँचौं अधिवेशनबाट अध्यक्षमा खतिवडा निर्वाचित

उद्‌घोष संवाददाता
१४ कार्तिक २०८३, शनिवार

Advertisement

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड मोरङको पाँचौं अधिवेशनबाट अध्यक्षमा महाप्रसाद खतिवडा निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न १५औं साधारणसभा र पाँचौ अधिवेशनबाट अध्यक्षमा निर्वाचित खतिवडाले ७३ मत प्राप्त गरेका हुन् । प्रतिस्पर्धी धनकुमारी थापाले ३१ मत प्राप्त गरिन् ।

सञ्चारकर्मी सञ्चार सहकारीका १२७ जना शेयर सदस्य मध्ये निर्वाचनमा कुल १०४ मत खसेको थियो । सहकारीको अध्यक्षबाहेक अन्य सबै पदहरूमा भने निर्विरोध चयन भएको थियो ।

सहकारीको उपाध्यक्षमा नेत्रप्रसाद अधिकारी, सचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा तारा आचार्य चयन भएका छन् ।

त्यस्तै, सञ्चालक समितिको सदस्यहरूमा भोजराज घिमिरे, राजेश राजवंशी, दीपककुमार खड्का, पदमकुमार सरदार र उषाकुमारी सरदार चयन भएका छन् ।

यसैगरी, लेखा सुपरीवेक्षण समितिको संयोजकमा अविनाशकुमार निधि तथा सदस्यहरूमा पुष्पराज थपलिया र हरि अधिकारी पनि सर्वसम्मत चयन भएका हुन् ।

२०६९ असार २७ मा स्थापित हामी सञ्चारकर्मीहरुको यो सहकारी संस्थामा आजसम्म आइपुग्दा १६ जना महिलासहित १२७ जना शेयर सदस्यहरु रहेका छन् ।

सहकारी संस्थाले कुल पूँजी तथा दायित्व १ करोड ९ लाख ४६ हजार ७८२ रुपैयाँ ७८ पैसा रहेको छ । २०८३ असार मसान्तसम्मको कुल शेयर पूँजी ३० लाख ६१ हजार ८०० रुपैयाँ रहेको छ ।

सहकारीको जगेडा कोष तथा अन्य कोषमा गरी जम्मा ४ लाख ७६ हजार ९८५ रुपैयाँ ५५ पैसा तथा शेयर सदस्यहरुले कुल निक्षेप ४१ लाख ४७ हजार ९०३ रुपैयाँ रहेको शुक्रबार आयोजित सहकारीको १५ औं साधारण सभामा अध्यक्ष दीपक दाहालको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले शेयर सदस्यहरुमा कुल ७१ लाख ८८ हजार ३६ रुपैयाँ ऋण लगानी गरेको छ । यस वर्ष संस्थाले खुद नाफा ३ लाख ६५ हजार ६३१ रुपैयाँ ०२ पैसा आर्जन गरेको जनाइएको छ । 

त्यस्तै संस्थाको साधारणसभाले ६ (छ) प्रतिशत बोनस उपलब्ध गराउने प्रस्ताव पारित गरेको छ ।

View : 26

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved