Biratnagar, Morang, Nepal
१५ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

लुमन्तीद्वारा सञ्चालित विकास योजनाको अनुगमन

१५ कार्तिक २०८३, आइतवार

Advertisement

सुन्दरहरैँचा । आवासका लागि सहयोग समूह (लुमन्ती) ले मोरङको सुन्दरहरैँचा नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन तथा निर्माण गरेका विकास निर्माणका योजनाको स्थलगत अनुगमन गरिएको छ ।

लुमन्तीले स्थानीय समुदायको आवास, खानेपानी, सरसफाइ, पूर्वाधार विकास तथा महिला सशक्तीकरणका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमको प्रभावकारिता र उपलब्धिबारे जानकारी लिने उद्देश्यले अनुगमन गरिएको हो । 

अनुगमनका क्रममा लुमन्तीद्वारा निर्माण गरिएका आवास, खानेपानीका धारा निर्माण तथा हस्तान्तरण, ड्रेन निर्माण, पेबल्स बिछ्याउने कार्य, तटबन्ध निर्माण र सामुदायिक भवनको अवस्थाबारे स्थलगत निरीक्षण गरिएको थियो । 

त्यसैगरी, लुमन्तीद्वारा गठन गरिएको समावेशी महिला बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएका गतिविधि तथा संस्थागत प्रगतिबारे पनि जानकारी लिइएको थियो ।

अनुगमन टोलीले निर्माण सम्पन्न भएका संरचनाको अवस्था, स्थानीय बासिन्दाले प्राप्त गरेको सुविधा तथा ती संरचनाको उपयोगिताबारे जानकारी लिएको थियो । यस्ता कार्यक्रमले स्थानीय समुदायको जीवनस्तर सुधार, आधारभूत आवश्यकताको परिपूर्ति तथा सामाजिक र आर्थिक सशक्तीकरणमा पु¥याएको योगदानको समेत समीक्षा गरिएको थियो ।

अनुगमनमा लुमन्तीकी फिल्ड संयोजक लक्ष्मी राईसहित संस्थाका कर्मचारी, जागृत युवा समाजका प्रतिनिधि, समावेशी महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईलगायतको टोलीले समेत विभिन्न स्थानमा पुगेर लुमन्तीद्वारा सञ्चालित कार्यक्रम तथा निर्माण गरिएका संरचनाको अनुगमन गरेको थियो ।

View : 25

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved