Biratnagar, Morang, Nepal
१५ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

यातायात मजदुरको क्षमता अभिवृद्धिका लागि अन्तरक्रिया

उद्‌घोष संवाददाता
१५ कार्तिक २०८३, आइतवार

Advertisement

विराटनगर । यातायात क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन चालक तथा सहचालकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा हाम्रो आयुष पियुष मोटर ड्राइभिङ सेन्टरले आयोजना गरेको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक सञ्जयकुमार यादवले ट्राफिक नियम, सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका विषयमा सहजीकरण गरेका थिए । 

उनले सवारी सञ्चालनका क्रममा चालकले ध्यान दिनुपर्ने विषय तथा ट्राफिक नियमको पालना गर्नुपर्ने आवश्यकताबारे जानकारी गराएका थिए ।

मोटर ड्राइभिङ स्कुलका कोशी प्रदेश सचिव भूपेन्द्र थापाले यातायात क्षेत्रमा कार्यरत चालक तथा सहचालकले निर्वाह गर्नुपर्ने जिम्मेवारी, कामको प्रकृति र पालना गर्नुपर्ने आचारसंहिताका विषयमा सहजीकरण गरेका थिए ।

मोटर ड्राइभिङ स्कुलका कोशी प्रदेश अध्यक्ष शिव श्रेष्ठले विद्यालय तहदेखि नै ट्राफिक नियम र सडक दुर्घटनासम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए । सानै उमेरदेखि ट्राफिक नियम र सडक सुरक्षाबारे जानकारी गराउन सके दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा हाम्रो आयुष पियुष मोटर ड्राइभिङ सेन्टरका अध्यक्ष मनिष थापाले मन्त्रालयसँगको सहकार्यमा कोशी प्रदेशका चार स्थानमा यातायात क्षेत्रका मजदुरलाई लक्षित गरी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

View : 17

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved