विराटनगर । थाइल्याण्डको बैंककमा जारी ‘विश्व सार्वजनिक यातायात सम्मेलन’मा बोल्दै नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले नेपालका यातायात, निर्माण र गलैँचा जस्ता अनौपचारिक क्षेत्रका श्रमिकहरू अझै सामाजिक सुरक्षाबाट बञ्चित रहेको बताएका छन् ।
सो सम्मेलनलाई सम्बोधन गर्दै उनले आव २०७४–०७५ मा कानुन र संरचना बने पनि सरकारी योगदानको अन्योलका कारण नेपालका यातायात श्रमिकहरू कोषमा सहभागी हुन नपाएको गुनासो गरे ।
साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि पनि राज्यको तर्फबाट योगदान हुनुपर्ने र सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालय मातहत नै राखिनुपर्नेमा उनले जोड दिए ।
विद्युतीय सवारीको आगमनसँगै सफा टेम्पोका स्वरोजगार श्रमिकको संरक्षण गर्न सरकारसँग माग गर्दै उनले प्रवासी श्रमिकको योगदानलाई पनि निरन्तरता दिनुपर्ने बताए ।
एशियाली विकास बैंक, सरकारी प्रतिनिधि, श्रमिक युनियन र गैरसरकारी संस्थाका गरी करिब २०० प्रतिनिधिको सहभागिता रहेको सो सम्मेलनमा भारतको पुणेका श्रमिक नेता सुनिल सिन्देले सम्मेलनले सार्वजनिक यातायात र श्रमिकको स्थिति बुझ्न मद्दत पु¥याएको धारणा राखेका थिए ।
View : 80
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved