Biratnagar, Morang, Nepal
२६ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी
क्याबिनेटमै भयो मुख्यमन्त्रीको आलोचना
उद्‌घोष सम्वाददाता २५ वैशाख २०८२, बिहिवार

विराटनगर । प्रधानमन्त्रीय पद्धति भएको नेपालको मन्त्रिपरिषदमा प्रधानमन्त्री सबैभन्दा शक्तिशाली भए झैं प्रदेश मन्त्रिपरिषदमा पनि मुख्यमन्क्री शत्तिशाली हुन्छन् । संवैधानिक प्रावधान नै त्यस्तै छ । तर, मंगलबार बिहानको कोशी प्रदेश मन्त्रिपरिषदको बैठकमा भने मुख्यमन्त्री हिक्मतकुमार कार्की निरीह जस्तै देखिए ।  गठबन्धन सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कार्कीसँग यतिबेला सत्ता सहयात्री नेपाली कांग्रेस पूरै असन्तुष्ट छ । असन्तोष बोकेर बसिरहेका कांग्रेसका मन्क्रीहरू मंगलबारको ‘क्याबिनेट’ बैठकमा मुख्यमन्त्रीमाथि खनिएका हुन् । कांग्रेसका मन्त्रीहरूले क्याबिनेट बैठकमै मुख्यमन्त्री...

समाज
त्रियुगा नदीमा फसेको बस बाढीले बगायो
उद्‌घोष सम्वाददाता २३ वैशाख २०८२, मङ्गलवार

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाईमा त्रियुगा नदीले यात्रु बस बगाएको छ । सोमबार राती जन्ती लिएर फर्किएको को१ख ४७५३ नम्बरको यात्रुबस त्रियुगा नदीमा ह्यूमपाइप लगाएर बनाइएको अस्थायी कल्भर्टमा फसेको थियो । अविरल बर्षापछि त्रियुगा नदीमा आएको बाढीले मंगलबार विहान उक्त बस बगाउनुका साथै कल्भर्टसमेत कटान गरेपछि शिवाई र बेल्टार जोड्ने सडक सम्पर्क टुटेको छ । नदीमा फसेको बस तत्कालै निकाल्न नसक्दा बाढीले करीव १० फिट तलसम्म बस बगाएको प्रहरीले जनाएको छ । त्रियुगाको बाढीले बगाएको बस केहिबेर अघि इलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरी टोलीको सहायतामा क्रेनले तानेर निकाल्ने...

राजनीति
क्याबिनेटमै भयो मुख्यमन्त्रीको आलोचना
उद्‌घोष सम्वाददाता २५ वैशाख २०८२, बिहिवार

विराटनगर । प्रधानमन्त्रीय पद्धति भएको नेपालको मन्त्रिपरिषदमा प्रधानमन्त्री सबैभन्दा शक्तिशाली भए झैं प्रदेश मन्त्रिपरिषदमा पनि मुख्यमन्क्री शत्तिशाली हुन्छन् । संवैधानिक प्रावधान नै त्यस्तै छ । तर, मंगलबार बिहानको कोशी प्रदेश मन्त्रिपरिषदको बैठकमा भने मुख्यमन्त्री हिक्मतकुमार कार्की निरीह जस्तै देखिए ।  गठबन्धन सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कार्कीसँग यतिबेला सत्ता सहयात्री नेपाली कांग्रेस पूरै असन्तुष्ट छ । असन्तोष बोकेर बसिरहेका कांग्रेसका मन्क्रीहरू मंगलबारको ‘क्याबिनेट’ बैठकमा मुख्यमन्त्रीमाथि खनिएका हुन् । कांग्रेसका मन्त्रीहरूले क्याबिनेट बैठकमै मुख्यमन्त्री...

राष्ट्रिय
लोडिङ–अनलोडिङको पूर्वाधार तयार, ‘अल गुड्स’ अनिश्चित
उद्‌घोष सम्वाददाता २४ वैशाख २०८२, बुधवार

विराटनगर । उद्घाटन भएर सञ्चालनमा आउन नसकेको बथनाहा–विराटनगर कार्गो रेल सेवा चाँडै सञ्चालनमा आउने अवस्था सिर्जना भएको छ ।  उद्योगी व्यवसायीहरूले भारत र तेस्रो मुलुकबाट यो रेल सेवाबाट गरिने आयातमा ६० प्रतिशतसम्म लागत घट्ने भन्दै सञ्चालनको प्रतीक्षामा छन् ।  रेल सेवा उद्घाटन भएको दिन यता बथनाहाबाट विराटनगरमा रेल नफर्किएका कारण निरास बनेको औद्योगिक क्षेत्रका उद्योगीहरूलाई कार्गो रेलबाट आउने सामान लोड अनलोडका लागि आवश्यक उपकरण पूर्वाधार भने तयार भइसकेको जनाएको छ । कार्गो रेलबाट हुने लोडिङ अनलोडिङको जिम्मा पाएको ट्रान्स नेपाल फ्रेट सर्भिसेजका प्रबन्ध निर्देशक मुकेशकुमार राठी...

आर्थिक
नेपाली अर्थतन्त्रका लागि अर्को खड्गो
उद्‌घोष सम्वाददाता २५ वैशाख २०८२, बिहिवार

विराटनगर । भारत प्रशासित कश्मीर र पाकिस्तान सीमा क्षेक्र यतिबेला घातक हतियारको आवाजले अशान्त अनि तनावग्रस्त बनेको छ । दक्षिण एशियाका आणविक शत्ति सम्पन्न दुई राष्ट्रबीच बढेको तनावको आयतन भारत–पाक सीमाभित्र मात्रै सीमित छैन । त्यहाँबाट झण्डै २१ सय किलोमिटर पूर्वमा रहेको विराटनगरसम्मै त्यो तनावको बाछिटा फैलिएको छ ।   नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत भारत–पाक तनावको चौतर्फी असर नेपालमा पर्ने बताउँछन् । नेपालका अनुभवी उद्योगीसमेत रहेका राउतको ठहर छ ‘भारत–पाक युद्धले नेपाललाई प्रत्यक्ष युद्धको रूपमा नछुनसक्छ । तर, आर्थिक, सामाजिक, राजनीतिक...

शिक्षा
आदर्श माविको प्रवेश परीक्षामा एक हजार ७ सय विद्यार्थी सहभागी
उद्‌घोष सम्वाददाता २३ वैशाख २०८२, मङ्गलवार

विराटनगर । आदर्श माध्यमिक विद्यालय विराटनगरले शैक्षिक सत्र २०८२ का लागि सोमबार लिएको प्रवेश परीक्षामा  एक हजार ७ सय ६४ जना विद्यार्थी सहभागी भएका छन् ।  कक्षा ४ देखि कक्षा ९ सम्म २४० जना विद्यार्थीका लागि लिएको प्रवेश परीक्षामा १ हजार ७ सय ६४ जना विद्यार्थीहरू  सहभागी भएको विद्यालयले जनाएको छ ।  सो विद्यालयले कक्षा ४ देखि कक्षा ९ सम्मका लागि प्रत्येक कक्षामा ४० जना भर्ना लिने गरी प्रवेश परीक्षा लिएको थियो ।   तर प्रवेश परीक्षामा कक्षा ४ मा १ सय २४ जना, कक्षा ५ मा १ सय ९२ जना, कक्षा ६ मा २ सय ८० जना, कक्षा ७ मा ३ सय ३४, कक्षा ८ मा ४ सय २० कक्षा र कक्षा ९ मा ४ स...

स्वास्थ्य
साना पाइला र रोटरी सेन्ट्रलको आयोजनामा निःशुल्क डेन्टल तथा मेन्टल शिविर
उद्‌घोष सम्वाददाता २३ वैशाख २०८२, मङ्गलवार

विराटनगर । साना पाइला मोरङ र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा डेन्टल तथा मेन्टल हेल्थ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी अस्पताल इनरुवासँगको सहकार्यमा एक दिने शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य शिविरमा कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी नायव उपरीक्षक डा. सरोज सिंह, साना पाइला मोरङकी अध्यक्ष तथा दन्त रोग विशेषज्ञ डा. मीरा आचार्य, नेपाल डेन्टल एशोसिएसन मोरङकी उपाध्यक्ष डा. निमिसा दास र मानसिक रोग विशेषज्ञ डा.सविता खड्काको टोलीले शिविरमा चेकजाँज गरेको जनाइएको छ । कार्यक्रममा प्रहरी तालिम केन्द्रका निमित...

खेलकुद
जीवन विकास लघुबित्तमा खेलकुद
उद्‌घोष सम्वाददाता २१ वैशाख २०८२, आइतवार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पहिलो पटक आयोजना गरेको मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा कोशी प्रदेश र मधेश प्रदेश विजयी भएको छ । जीवन विकास पब्लिक स्कुल परिसरमा आयोजित मैत्रीपूर्ण खेलकुदमा कोशीसहित मधेश प्रदेश र बागमती प्रदेशका शाखा कार्यालयका प्रमुखहरू र केन्द्रीय कार्यालयका विभागीय प्रमुख तथा कर्मचारीहरूले सहभागिता जनाएका थिए । फुटबल तर्फको उपाधि कोशी प्रदेश टिमले जितेको छ । फाइनलमा केन्द्रीय कार्यालयलाई ४–१ गोल अन्तरले पराजित गर्दै कोशी प्रदेशले उपाधि जितेको हो । कोशीले मधेश प्रदेश टिमलाई ४–० र केन्द्रीय कार्यालयले बागमती प्रदेश टिमलाई ५–० गोल अन्त...

साहित्य
लेखक दिवसमा स्रष्टा सम्मान
उद्‌घोष सम्वाददाता १८ वैशाख २०८२, बिहिवार

विराटनगर । तेस्रो लेखक दिवसका अवसर पारेर नेपाली लेखक संघ कोशी प्रदेश र उदयपुर शाखाले स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम गरेको छ ।  उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने दुईजना स्रष्टालाई सम्मान गरिएको थियो ।  कार्यक्रममा गोवर्द्धन तामाङ र तेजनारायण शेर्पा ‘रञ्जन’ लाई सम्मान गरिएको हो ।  कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा गोपाल भण्डारी, लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारी, संघका प्रदेश महासचिव समेत रहेका प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, उदयपुर शाखा अध्यक्ष वासुदेव पोखर...

वातावरण
आठ समुहमा विद्यार्थीले गरे जलवायु परिवर्तनको असरबारे बहस
उद्‌घोष सम्वाददाता २९ चैत २०८१, शुक्रवार

विराटनगर । बढ्दो जलवायु परिवर्तनको असरबारे विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरूले गर्मागर्मी बहस चलाएका छन् । कलेजको सभाहलमा आयोजित तेस्रो जलवायु सम्मेलनका अवसरमा विद्यार्थीहरूले जलवायु परिवर्तनमा नकारात्मक असर गरिरहेका अनेकौं विषय र मुद्दामा जोडदार प्रस्तुतिकरण गरेका थिए ।  कलेजको कक्षा ११ जीव विज्ञानतर्फ अध्ययनरत विद्यार्थीहरूले जलवायु परिवर्तनको असरबारे नेपालसहित विश्वमा परिरहेका गम्भीर असरबारे ‘तेस्रो जलवायु सम्मेलन–२०२५’ आयोजना गरी समुहगत प्रस्तुतिकरण गरेका हुन् ।  ‘ग्रहलाई सितल पार, हृदयलाई न्यानो पार’ भन्ने नाराका साथ आठ समूहमा वि...

मनोरञ्जन
अनिता सोनीलाई दादासाहेब फाल्के पुरस्कार
उद्‌घोष सम्वाददाता २१ वैशाख २०८२, आइतवार

विराटनगर । भारतीय फिल्म जगतका उत्कृष्ट व्यक्तित्व दादासाहेब फाल्केको १५६औंं जन्म जयन्तीको अवसरमा विराटनगर निवासी गीतकार अनिता सोनी पुरस्कृत भएकी छन् । शनिबार मुम्बईस्थित मुकेश पटेल अडिटोरियममा सोनीलाई नेपालबाट उत्कृष्ट गीतकार विधाको पुरस्कार प्रदान गरिएको जनाइएको छ । समारोहमा बलिउड संगीत क्षेत्रका उत्कृष्ट संगीतकार अनु मलिक, गीतकार समिर, गायकहरू सोनु निगम, शान, मन्दाकिनी लगायतका विभिन्न विधाका व्यक्तित्वहरूको सहभागिता थियो ।  गितकार सोनी लामो समयदेखि गीत लेखन क्षेत्रमा सक्रिय रहेकी छन् । उनका दुई दर्जन बढी हिन्दी र नेपालीका भिडियोहरू समेत प्रसारण भइरहेका छन् ।

अन्तर्राष्ट्रिय
पूर्णियामा भयो भारत नेपाल साझेदारी सम्मेलन
उद्‌घोष सम्वाददाता ११ वैशाख २०८२, बिहिवार

विराटनगर । नेपालको सीमा जोडिएको भारतको बिहार राज्यको पूर्णियामा नेपाल भारत साझेदारी शिखर सम्मेलन, २०२५ हालै सम्पन्न भएको छ । ‘छिमेकीसँगका सहकार्यलाई तिव्रता’ विषयमा आधारित उक्त सम्मेलनमा नेपालका तर्फबाट नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशले सहभागिता जनाएको छ ।  सम्मेलनको आयोजना भने सब-हिमालयन रिसर्च इन्सटिच्यूट, नेपाल भारत सेन्टर र पी एच डी च्याम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज नयाँदिल्लीले गरेको हो ।  सम्मेलनमा नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष मुकेश उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार...

प्रविधि
डाटा व्यवस्थापन तालिम सम्पन्न
उद्‌घोष सम्वाददाता २२ वैशाख २०८२, सोमवार

विराटनगर । उच्च शिक्षामा वैज्ञानिकता, अनुसन्धान र गुणस्तरीयता अभिवृद्धि गर्ने उद्देश्यसहित विराटनगरस्थित गोग्राहा कलेजमा आयोजित ‘डाटा व्यवस्थापन तथा विश्लेषण तालिम’ सम्पन्न भएको छ ।  तालिममा पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतका विभिन्न आंगिक क्याम्पसका प्राध्यापक तथा सो क्षेत्रसँग रुचि राख्ने ३० जना सहभागी थिए । विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा सञ्चालन भएको तीनदिने तालिमको समापनका अवसरमा पूर्वाञ्चल विश्वविद्यालयका उप–कुलपति प्रा.डा. विजुकुमार थपलियाले वैज्ञानिक अध्ययन प्रणालीमा डेटा व्यवस्थापनको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सहभागीहरूलाई आफ...

विचार
कटहरीदेखि कागबेनीसम्मको यात्रा
२६ वैशाख २०८२, शुक्रवार

राजन श्रेष्ठ बाह्र वर्ष अघि स्थापना भएको यस कटहरी गाउँपालिका–१ जमटोकीमा अवस्थित रामजानकी टोल विकास संस्थाको अलग्गै पहिचान बनेको छ । प्रत्येक वर्ष खेलिने देउसी भैलोको रकमबाट आफ्नो टोलमा हुने सामाजिक क्रियाकलापमा प्रयोग हुने भाँडाकुँडा, कुर्सी, साउण्ड सिष्टम, मादल जस्ता अति उपयोगी सरसामानहरू खरिद, वनझोज क्रियात्रलाप, प्रत्येक वर्ष संविधान दिवसको अवसरमा गरिने बृहत्तर शैक्षिक तथा खेलकुद प्रतियोगिता गर्ने कटहरी गाउँपालिकाको सर्वोत्कृष्ट टोल विकास संस्था हो । यस संस्था अन्तर्गत रहेको रामजानकी  भजनकीर्तन मण्डलीले प्रत्येक एकादशीको दिन क्रमशः सदस्यहरूको घरमा गएर राति ८ बजे देखि १० बजेसम्...

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved