Biratnagar, Morang, Nepal
१८ जेठ २०८२, आइतवार
+977 21 450305, 515728, 578305
कोशी
मनसुन भित्रिएको पहिलो दिन नै कोशीमा बाढीको वितण्डा, लेउती खोलाले बगायो कोशी लोकमार्ग
उद्‌घोष सम्वाददाता १७ जेठ २०८२, शनिवार

विराटनगर । यसवर्षको मनसुन भित्रीएको पहिलो दिन शुक्रबार रातिको अति भारी वर्षापछि लेउती खोलामा आएको बाढीले धनकुटामा कोशी लोकमार्ग बगाएको छ । साँघुरीगढी गाउँपालिका-६ स्थित फेदीमा लेउती खोलाले करीव ३० मिटर कालोपत्रे सडक भत्काएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । खोलाले सडक कटान गरेर बगाएपछि कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।  ‘रातिको भीषण झरीले सेउती खोलामा बाढी निम्त्यायो, त्यही बाढीले कम्तीमा २५ देखि ३० मिटर बाटो भत्काएको छ,’ धनकुटा प्रहरी प्रमुख एसपी शरदकुमार थापा क्षेत्रीले भने ‘यसले आज बिहानैदेखि कोशी लोकमार्ग अवरुद्ध बनेको छ।’ यो ठाउँ भे...

समाज
बलुवाहीमा रमणीय पार्कको शिलान्यास
उद्‌घोष सम्वाददाता १८ जेठ २०८२, आइतवार

विराटनगर । विराटनगर–८ स्थित बलुवाहीमा रमणीय पार्क निर्माण गरिने भएको छ । विराटेश्वर बृद्धाश्रमका अध्यक्ष ८४ वर्षीय जगतप्रसाद अर्ज्यालले पार्क निर्माण गर्न लागेका हुन् । दुई विघा आठ कठ्ठा जग्गामा पार्क बनाउन लागिएको जनाइएको छ । १८ औं गणतन्त्र दिवसको अवसर पारेर वडा नं.८ का अध्यक्ष राम पोखरेलले पार्कको शिलान्यास सम्पन्न गरेका छन् । पार्क निर्माणका लागि जग्गाधनी टिकाराज ढकालले सहुलियतमा जग्गा उपलब्ध गराएको वडाध्यक्ष पोखरेलले बताए । विराटनगर महानगरपालिकाभित्र एउटा पनि रमणीय पार्क नभएको र बृद्धाश्रमको अभियान सकिएकोले दैनिक एक रुपैयाँ संकलन गरेर पार्क निर्माण गर्ने लक्ष्य राखिएको अर्ज्याल...

राजनीति
राष्ट्रिय
आयो १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट
उद्‌घोष सम्वाददाता १६ जेठ २०८२, शुक्रवार

विराटनगर । निजी क्षेत्रलाई उत्साही तुल्याउने घोषणा गर्दै सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट बिहीबार ल्याएको छ । संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट पेश गरेका हुन् ।  सरकारले चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।  उक्त बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८.२ प्रतिशतले बढी हो ।  चालु आर्थिक वर्षका लागि सरकारले १८ खर...

आर्थिक
कोशीका उद्योगी भन्छन्– ‘आशा गर्ने ठाउँ देखिन्छ’
उद्‌घोष सम्वाददाता १६ जेठ २०८२, शुक्रवार

विराटनगर । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट पेश गरे । बजेटले मोरङ–सुनसरी औद्योगिक करिडोरमा उद्योगधन्दा सञ्चालन गरिरहेका उद्योगी र सम्वद्ध संघ संगठनहरूले भने औसत राम्रो प्रतिक्रिया दिएका छन् । उनीहरूले बजेटका कारण उद्योग व्यवसाय क्षेत्रमा आशा गर्ने ठाउँ रहेको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी पर्याप्त बजेट विनियोजन भएको बताए ।  सरकारले राजश्वको लक्ष्य समेत गत वर्षको भन्दा केही घटा...

शिक्षा
पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघको नेतृत्वमा पुनः रुपेश बस्नेत
उद्‌घोष सम्वाददाता १८ जेठ २०८२, आइतवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) कर्मचारी संघको केन्द्रीय समितिको निर्वाचनबाट रुपेश बस्नेत सभापतिमा पुनः निर्वाचित हुनुभएको छ। यो उहाँको लगातार दोस्रो तथा कुल तेस्रो कार्यकाल हो। शनिबार सम्पन्न मतदानबाट बस्नेत नेतृत्वको प्यानल विजयी भएको हो। निर्वाचन परिणामअनुसार ११ सदस्यीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत एवं प्रतिस्पर्धात्मक रूपमा चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा कोपिला खड्का, महासचिवमा सुरेन्द्र यादव, सचिवमा कोमलप्रसाद गौतम र कोषाध्यक्षमा बोधनाथ खड्का छन्। त्यसैगरी, समितिका सदस्यहरूमा बोधराज निरौला, तुलसीप्रसाद बराल, अनिता राजवंशी, कविन द...

स्वास्थ्य
मर्यादित महिनावारी : प्रदेशसभामै छैन पूर्वाधार र वातावरण
जुनु भट्टराई १५ जेठ २०८२, बिहिवार

विराटनगर । प्रदेशको सर्वोच्च जनप्रतिनिधिमूलक थलो हो प्रदेशसभा । कानुन निर्माण गर्ने सर्वोच्च थलोमा महिला सांसदहरुले भोगिरहेको एउटा साझा पीडा भने त्यहाँ हुने ‘ठूल्ठूला’ बहस र विमर्शको चेपुवामा परिरहेको छ । महिला सांसदहरुले संसद परिसरमै महिनावारीका बेलामा ठूलो सास्ती र पीडा भोग्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ ।  कोशी प्रदेशका बहुसंख्यक महिला सांसदहरुले महिनावारीको समयमा खेप्ने असहज अवस्था प्रदेशसभा परिसरमा झनै बढेको अनुभव गरेका छन् ।  ‘महिनावारीको समयमा झेल्नुपरेको समस्या कहाँ समस्या मानिन्छ र ? जस्तो समस्या आए पनि हामीले चुपचाप झेल्नुपरिरहेको छ’, प्रद...

खेलकुद
प्रदेश कुस्तीको उपाधि मोरङलाई
उद्‌घोष सम्वाददाता ९ जेठ २०८२, शुक्रवार

विराटनगर । झापास्थित गौरादहमा सम्पन्न प्रथम कोशी प्रदेश स्तरीय कुस्ती प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।  जेठ ४ देखि ६ गते सम्म गौरादह कभर्ड हलमा भएको प्रतियोगिताको विभिन्न तौल समूहमा ९ पदक सहित मोरङले उपाधि जितेको हो । प्रतियोगितामा ५ पदक सहित झापा दोस्रो र ३ पदक सहित सुनसरी तेस्रो भएको छ । प्रतियोगितामा महिलातर्फ मोरङले विभिन्न तौल समूहमा ५ पदक जितेको हो । मोरङका लागि ५० केजी तौलमा चानमुनी हेमरम, ५५ केजीमा सुनिताकुमारी साह, ५७ केजीमा सुप्रिया कार्की, ७२ केजीमा प्राप्ती ठाकुर र ७६ केजी समूहमा सुस्मिता राजवंशीले पदक जितेका थिए । महिला समूहको ५३ केजी तौल समूहमा सुनसरीकी प्रियंक...

साहित्य
लेखक दिवसमा स्रष्टा सम्मान
उद्‌घोष सम्वाददाता १८ वैशाख २०८२, बिहिवार

विराटनगर । तेस्रो लेखक दिवसका अवसर पारेर नेपाली लेखक संघ कोशी प्रदेश र उदयपुर शाखाले स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम गरेको छ ।  उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने दुईजना स्रष्टालाई सम्मान गरिएको थियो ।  कार्यक्रममा गोवर्द्धन तामाङ र तेजनारायण शेर्पा ‘रञ्जन’ लाई सम्मान गरिएको हो ।  कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा गोपाल भण्डारी, लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारी, संघका प्रदेश महासचिव समेत रहेका प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, उदयपुर शाखा अध्यक्ष वासुदेव पोखर...

वातावरण
मनसुन भित्रिएको पहिलो दिन नै कोशीमा बाढीको वितण्डा, लेउती खोलाले बगायो कोशी लोकमार्ग
उद्‌घोष सम्वाददाता १७ जेठ २०८२, शनिवार

विराटनगर । यसवर्षको मनसुन भित्रीएको पहिलो दिन शुक्रबार रातिको अति भारी वर्षापछि लेउती खोलामा आएको बाढीले धनकुटामा कोशी लोकमार्ग बगाएको छ । साँघुरीगढी गाउँपालिका-६ स्थित फेदीमा लेउती खोलाले करीव ३० मिटर कालोपत्रे सडक भत्काएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । खोलाले सडक कटान गरेर बगाएपछि कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।  ‘रातिको भीषण झरीले सेउती खोलामा बाढी निम्त्यायो, त्यही बाढीले कम्तीमा २५ देखि ३० मिटर बाटो भत्काएको छ,’ धनकुटा प्रहरी प्रमुख एसपी शरदकुमार थापा क्षेत्रीले भने ‘यसले आज बिहानैदेखि कोशी लोकमार्ग अवरुद्ध बनेको छ।’ यो ठाउँ भे...

मनोरञ्जन
मञ्जु गुरुङले जितिन् ‘मिसेस स्टेट १’ को ताज
१८ जेठ २०८२, आइतवार

विराटनगर । धरानमा भएको कोशी प्रदेशस्तरीय विवाहित महिलाहरूको फेशन शो मिसेस स्टेट वान सिजन–३ मा मञ्जु गुरुङ विजेता भएकी छन् ।  धरान–१६ गुरुङ बीबीक्यू पार्टी प्यालेसमा भएको अन्तिम प्रतियोगीताका १७ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले मिसेस स्टेटको उपाधि जितेकी हुन । उपाधि जितेकी गुरुङले नगद ५१ हजार रुपैयाँ, ट्रफी, उपहार र एक वर्षको सूर्य ज्योति लाइफको बीमा प्राप्त गरेकी छन् ।  उनलाई मिसेस स्टेट सिजन २ की विजेता पुष्पा फोम्वो र मुख्य निर्णायक पूर्व नेपाल सुन्दरी उषा खड्गीले ताज पहिराएका थिए । डव्लूडव्लूजी वुमन्स वर्थ ग्रुपद्वारा आयोजित प्रतियोगितामा प्रथम उपविजे...

अन्तर्राष्ट्रिय
पूर्णियामा भयो भारत नेपाल साझेदारी सम्मेलन
उद्‌घोष सम्वाददाता ११ वैशाख २०८२, बिहिवार

विराटनगर । नेपालको सीमा जोडिएको भारतको बिहार राज्यको पूर्णियामा नेपाल भारत साझेदारी शिखर सम्मेलन, २०२५ हालै सम्पन्न भएको छ । ‘छिमेकीसँगका सहकार्यलाई तिव्रता’ विषयमा आधारित उक्त सम्मेलनमा नेपालका तर्फबाट नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशले सहभागिता जनाएको छ ।  सम्मेलनको आयोजना भने सब-हिमालयन रिसर्च इन्सटिच्यूट, नेपाल भारत सेन्टर र पी एच डी च्याम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज नयाँदिल्लीले गरेको हो ।  सम्मेलनमा नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष मुकेश उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार...

प्रविधि
विराटनगरमा पत्रकारहरूलाई एआईसम्बन्धी प्रशिक्षण
उद्‌घोष सम्वाददाता २८ वैशाख २०८२, आइतवार

विराटनगर  । विराटनगरका पत्रकारहरूलाई पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको आयोजनामा आइतबार सम्पन्न ऊक्त कार्यत्रममा सञ्चार तथा आमसञ्चार विषयका विज्ञ डा. भानुभक्त आचार्यले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणका क्रममा डा. आचार्यले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा एआई प्रविधिको बढ्दो उपयोग, यसको सम्भावना र चुनौतीबारे विस्तृत जानकारी गराएका थिए । कार्यक्रममा विशेषगरी च्याटजीपीटी, डिपसिक, जेमिनी बाहेकका अन्य प्रमुख एआई उपकरणहरूको परिचय र व्यवहारिक प्रयोगका तरिकाबारे अवगत गराइयो । साथै, समाचार ले...

विचार
हिन्दु धर्मको वैदिक मान्यता र दार्शनिक स्वरूप
हिन्दु धर्मको वैदिक मान्यता र दार्शनिक स्वरूप
डा बाबुराम तिमल्सेना १८ जेठ २०८२, आइतवार

हिन्दू धर्म विश्वका धर्महरूको पर्याय हो । यो ‘उदार चरितानां तु वसुधैव कुटुम्बकम्’ अर्थात् उदार चरित्र भएकाहरूका लागि सम्पूर्ण पृथ्वी नै परिवार हो भन्ने भाव बोकेर यात्रा गर्छ । वैदिक मान्यतामा आधारित यो धर्मका वैदिक सूक्त, मन्त्र, संहिता र आम्नायले आफूले पालना गर्ने र समाजले पालन गर्नुपर्ने नियम तथा आचरण बताउँछ, खोज्छ र समस्त प्राणीको हित चाहन्छ । मन्त्रद्रष्टा ऋषिहरूबाट प्रतिपादन गरिएका आध्यात्मिक दर्शन र वैचारिक तत्वले विश्वका सुषुप्त मानिसका चेतनामा जागरण भर्ने र चारै किसिमका प्राणी मात्रको हित चिताउने ज्ञान प्रत्यारोपण गरी यसको महत्व बुझाउन खोज्छ । ‘एकं सद् विप्रा बहुधा...

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved