ग्राहक बन्नका लागि
विराटनगर । पूर्वाधार विकासमा देखिएको चरम लापरबाही, राजनीतिक संरक्षण र ठेकेदारको मनोमानीको गतिलो उदाहरण बनेको छ, झापाको कन्काई नदीको पुल । हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपाल...
भैरहवा । रुपन्देहीमा नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा तीनवटा ट्याङ्करसहित एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका–८ स्थित नेपाल आयल नि...
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र साहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित...
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ८ बजेसम्म १ हजार ३९९ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १८९ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२...
विराटनगर । भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरूको पहिचान सहज बनाउन ११ जिल्लाबाट ४७ जना आफन्तले डीएनए परीक्षणका लागि रक्त नमुना उपलब्ध गराएका छन् । भदौ १० गतेको बाढीपछि आफ्नो परिवारका सदस्यहरूको अवस्था यकिन नभएको र ठुलो संख्यामा शव फेला परेका कारण चिन्तामा डुबेका आफन्तजनले शव पहिचानका लागि डीएनए परीक्षण होस् भनेर रक्त नमूना उपलब्ध गराएका हुन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भदौ १७ गतेदेखि २७ गतेसम्म ४० जना पुरुष र ७ जना महिलाको नमूना संकलन गरिएको हो । जसमध्ये ४३ जना नेपाली नागरिकका आफन्त रहेका छन् भने बाँकी ४ जना भारतीय नागरिकका आफन्त हुन् । भारतीय...
विराटनगर । विराटनगर–७ सहिद रंगशालास्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा गत शनिबार दिउँसै चोरी भएको घटनाको सीसीटीभी सार्वजनिक भएको छ । बोर्डको कार्यालयमा बिदाको दिन पारेर कवाडी संकलन बोरा बोकेको दुई महिला र दुई पुरुषको समुहले चोरी गरेको जनाइएको छ । उक्त समुहले बोर्डको गेटमाथिबाट प्रवेश गरी कार्यालयभित्रका धाराका टुटीलगायतका सामान चोरी गरेका हुन् । बोर्डका सदस्य सचिव विप्लव घोषले कार्यालयभित्र प्रवेश गरी सरसामान चोरी गरेको सीसीटीभीबाट थाहा भएको बताए । ‘बिदाको समयमा केही व्यक्ति कार्यालयभित्र प्रवेश गरेको देखिन्छ, उनीहरूले गेटभित्र प्रवेश गरी...
विराटनगर । पूर्णबहादुर खड्का सभापति गगन थापासँग नजिकिदै गएपछि असहज अवस्थामा पुगेको नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष कोशीमा झनै कमजोर अवस्थामा देखिएको छ । आइतबार मात्रै पार्टी सभापति गगन थापा नेतृत्वमा बसेको कार्यसम्पादन समिति बैठकले यसअघिका केन्द्रीय सदस्य सबैलाई महाधिवेशन आयोजक समितिमा समेट्ने निर्णय लिएपछि कोशीमा देउवा पक्ष नै तितरवितर हुने अवस्थामा पुगेको छ । यसअघि संस्थापन इतर पक्ष मानिने डा. शेखर कोइराला समूह यसअघि नै धेरै तितरवितर भइसकेको छ । देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी गर्दै कोशीका जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइरहेका बेला कांग्रेसले अघिल्लो केन्द्रीय समिति...
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा १४ औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका नेता–कार्यकर्ताको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले विशेष महाधिवेशन पक्षधरले अदालतको निर्णय नपर्खी र वार्ता–संवादलाई बेवास्ता गर्दै एकलौटी रूपमा अघि बढ्नु कुनै पनि हालतमा उचित नभएको स्पष्ट पारे । डा कोइरालाले पत्रकार सम्मेलन गर्दै भने–‘पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता...
झापा । भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब ६ लाख ६० हजार ९ सय रुपैयाँ मूल्य बराबरका कपडा तथा जुत्ता झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपालले मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाट सीमा क्षेत्रबाट आइतबार उक्त सामान बरामद गरेको हो । बरामद सामानमा ६ लाख २० हजार रुपैयाँ मूल्य बराबरका १७० जोर स्पोर्ट सुज, ३६ हजार ५ सय रुपैयाँका ७३ पिस कुर्ता र ४ हजार ४ सय रुपैयाँ बराबरका २२ पिस जामा छन् । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय काकडभिट्टाबाट सशस्त्र प्रहरी नायब निरीक्षक महेन्द्र गुरुङको नेतृत्वमा खटिएको बीआईटी टोली र मेची भन्स...
नेपालको संविधान २०७२ भाग ३ धारा ३१ र धारा ३५ मा शिक्षा तथा स्वास्थ्य सम्बन्धी मूल कानुन स्पष्ट लेखिएको छ । शिक्षा र स्वास्थ्य मानव जीवनका अमूल्य सम्पत्ति हो । शिक्षाले मानव जीवनलाई उन्नत र विकसित गर्ने गर्दछ भने स्वास्थ्यले मानव जीवनलाई दीर्घायु तथा जीवनस्तर राम्रो देखाउँछ । यी दुवैमा राजनीति अकल्पनीय । राजनीति फोहोरी खेल भएकाले शिक्षा र स्वास्थ्यमा फोहोरी खेलको आवश्यकता छैन । शिक्षालयहरू ज्ञान विज्ञानका मन्दिर हुन् भने मानिसको स्वास्थ्य घर विज्ञानको सम्पत्ति हो । विश्वका थुप्रै देशमा शिक्षा र स्वास्थ्यमा कुनै पनि प्रकार राजनीति देखिँदैन । छिमेकी मुलुकहरू चीन र भारतमा समेत शिक...
विराटनगर । भद्रपुर पुस्तकालय, भद्रपुर झापाको आयोजनामा मुक्तककार लता खरेलको ‘शिशिरको जून’ मुक्तक सङ्ग्रह र बालकवि सफलता फुयलको कविता सङ्ग्रह ‘आभा’ एक समारोहबिच लोकार्पण गरिएको छ । भद्रपुर पुस्तकालयका अध्यक्ष प्रा. चिन्तामणि दाहालको सभापतित्व तथा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सभापति दाहाल, प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि समालोचक प्राध्यापक कविराज न्यौपाने, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, लता खरेलका माता, पिता र सासू,ससुरा लगायतले संयुक्त रुपमा सो कृतिको लोकार्पण गरेका हुन् । लोकार्पित क...
सुनसरी । वन क्षेत्र घट्दै जानु र वन्यजन्तुको आवागमन क्षेत्र पनि खुम्चिनु तथा मानिसको आवास क्षेत्र बिस्तार हुनुले मानव वन्यजन्तु द्वन्द्वको कारण देखिएको छ । मानिसले आफ्नो सुरक्षाका लागि थापेका विद्युतीय तार वन्यजन्तुका लागि पाशो बन्दैछन् । कोशी प्रदेशमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दा वन अपराध पनि बढेकाले वन्यजन्तुमाथि हुने अपराध नियन्त्रण अर्को ठूलो चुनौती छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तु संरक्षण तथा दिगो व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सातै प्रदेशमा गतिविधि विस्तार गरेको छ । यसैक्रममा कोशीटप्पु तथा आसपासका क्ष...
जाजरकोट । भिरालो जमिनको काखमा टाँसिएका बस्ती, तल गहिरो खोला र माथि खस्न तयारजस्ता देखिने पहाड । यही भूगोलबीच जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ का बासिन्दाको दैनिकी चलिरहेको छ । भेरी करिडोर हुँदै डोल्पासम्म पुग्ने सडक यी बस्तीको जीवनरेखाजस्तै बनेको छ । तर करिडोरअन्तर्गतका खोलामा पुल नहुँदा सवारीसाधनले वर्षायाममा जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था छ । पानीको बहाव बढ्दा सडक र खोला पार गर्ने बाटो नै अवरुद्ध हुने गरेको छ । जाजरकोटतर्फका औलगुत्ता र बाँइकाँडा तथा रुकुम पश्चिमतर्फका दामाचौर, मुलातरा लगायतका बस्ती भिरालो भूभागमा छन् । कतै पहाडको फे...
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजनका लागि उडान गरिरहेको २१ एयरको कार्गो विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे भएको दुर्घटनामा विमानले रनवे पार गर्दै बाहिर निस्किएपछि धेरै सवारीसाधनमा ठक्कर दिएको र त्यसपछि आगलागी भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । मियामी–डेड फायर रेस्क्यु प्रमुख राइड ‘रे’ जदाल्लाहका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ भने अन्य दुई जनाक...
विराटनगर । मोरङ इलेक्ट्रिक संघको १७ औं वार्षिक साधारण सभा शनिबार विराटनगरमा सम्पन्न भएको छ । नेपाल विद्युत व्यवसायी महासंघका अध्यक्ष दिलीपकुमार अग्रवालको प्रमुख आतिथ्यता एवं मोरङ इलेक्ट्रिक संघका अध्यक्ष कैलाश विश्वासको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष राजन श्रेष्ठ, नेपाल उद्योग परिसंंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार शाह, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दल, इटहरी विद्युतीय व्यवसायी संघकी अध्यक्ष...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved