विराटनगर । विराटनगर–११ बसपार्कस्थित कञ्चन बहुउद्देश्यीय कम्पनी प्रालिद्वारा सञ्चालित कञ्चन छापाखाना तथा कञ्चन स्टेशनरीमा बिहीबार साँझ आगलागी भएको छ ।
सञ्चालक सन्तोष पौडेलका अनुसार, विद्युत सर्ट भई अचानक सुरु भएको सो आगलागीले छापाखानाका सम्पूर्ण महत्त्वपूर्ण कागजातहरू तथा महँगा मिल मेशिनरीहरू जलेका छन् ।
साँझ ६ बजेबाट सुरु भएको आगोको ज्वालाले ठूलो रूप लिँदा नियन्त्रणमा लिन निकै ठुलो क्षति बेहोर्नुपरेको थियो । स्थानीय बासिन्दा, सुरक्षाकर्मी र दमकलको प्रयासपछि राति अबेर मात्र आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिन सकिएको थियो ।
आगलागीबाट भएको कुल आर्थिक क्षतिको यकिन विवरण हालसम्म आइसकेको छैन र यसको संकलन कार्य भइरहेको सञ्चालकले बताएका छन् ।
View : 67
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved