Biratnagar, Morang, Nepal
१२ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

इनड्राइभको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ अभियान सुरु

उद्‌घोष संवाददाता
१२ कार्तिक २०८३, बिहिवार

Advertisement

विराटनगर । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले चालक साझेदारको मेहनत र योगदानको सम्मान गर्दै ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ अभियान सुरु गरेको छ । 

सन् २०२६ नोभेम्बर २ देखि २९ सम्म चार हप्ता सञ्चालन हुने अभियानमा चालक साझेदारले विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । 

अभियानमा सहभागी हुन चालक साझेदारले एक साताभित्र ६० वटा राइड पूरा गरी ‘प्लाटिनम’ स्तर हासिल गर्नुपर्नेछ । अभियान अवधिमा पूरा गरिएको प्रत्येक राइडलाई पुरस्कारको लक्की ड्रमा एक प्रवेशका रूपमा गणना गरिने कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत बम्पर पुरस्कारका रूपमा एक जनाले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल जित्नेछन् । 

त्यस्तै, साप्ताहिक पुरस्कारमा चार जनालाई याडिया इलेक्ट्रिक स्कुटर, १६ जनालाई सामसङ ग्यालेक्सी ए १७ ५जी स्मार्टफोन, २० जनालाई एयर फ्रायर, २०० जनालाई पाँच हजार रुपैयाँबराबरको गिफ्ट भौचर र ८०० जनालाई १० लिटर इन्धन बराबरको भौचर प्रदान गरिनेछ ।

इनड्राइभ नेपालका सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईका अनुसार चालक साझेदारको निरन्तर मेहनत र योगदानको कदर गर्दै उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

View : 18

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved