Biratnagar, Morang, Nepal
१२ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

हवाई फायर गरी हेरोइन कारोबारी पक्राउ

उद्‌घोष संवाददाता
१२ कार्तिक २०८३, बिहिवार

Advertisement

झापा । झापामा प्रहरीले दुई राउण्ड हवाई फायर गरी १५० ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । 

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधबार झापाको झापा गाउँपालिका–७, सालमारा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा झापा गाउँपालिका–७ का ३० वर्षीय सलमान मियाँ र ३६ वर्षीय नसिम अख्तर मियाँ रहेका छन् ।

भारतबाट लागुऔषध खरिद गरी कोशी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहको निगरानी गर्ने क्रममा प्रहरीले मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई रोकेर जाँच गर्न खोजेको थियो । 

प्रहरीका अनुसार लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भारततर्फ भाग्न खोजेपछि दुई राउण्ड हवाई फायर गरिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूको साथबाट १५० ग्राम १४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट मे ७ प ३ नेपाली नम्बर प्लेटको सुपर स्प्लेन्डर र बीआर ३७ एए ५३८० भारतीय नम्बर प्लेटको होन्डा साइन मोटरसाइकल तथा दुई थान मोबाइलसमेत बरामद गरेको छ ।

View : 21

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved