Biratnagar, Morang, Nepal
१२ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

प्रनानि कार्की असोजको सर्वोत्कृष्ट प्रहरी घोषित

उद्‌घोष संवाददाता
१२ कार्तिक २०८३, बिहिवार

Advertisement

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी नायब निरीक्षक विनोद कार्कीलाई २०८३ साल असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । 

कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत कार्कीलाई जिम्मेवारीप्रतिको निष्ठा, व्यावसायिकता र कार्यालय व्यवस्थापनमा उत्कृष्ट योगदान पु¥याएको मूल्याङ्कन गर्दै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको हो ।

तालिम केन्द्रको प्रबन्ध शाखाको जिम्मेवारीमा रहेका कार्कीले हातहतियार तथा गोलीगठ्ठाको जिन्सी अभिलेख व्यवस्थित गर्न आवश्यक समन्वय गरी प्रचलित नियम र प्रक्रियाअनुसार जिन्सी आम्दानी बाँध्ने कार्य सम्पन्न गरेका थिए ।

त्यसैगरी, स्वामित्व नखुलेका लामो समयदेखि कार्यालयमा रहेका सवारीसाधन तथा प्रयोग गर्न नमिल्ने पुराना जिन्सी सामग्री लिलाम बिक्री गरी उनले २ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

कार्कीले विभागीय मूल्य, मान्यता र आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल, अनुशासन र व्यावसायिकताका साथ जिम्मेवारी पूरा गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

उनको कार्यसम्पादनले कार्यालय व्यवस्थापनलाई व्यवस्थित बनाउनुका साथै प्रहरी संगठनको गरिमा अभिवृद्धिमा योगदान पुर्याएको भन्दै प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यको उच्च मूल्यांकन गरेको हो ।

View : 22

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved