Biratnagar, Morang, Nepal
१७ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी
इलाम–२ मा अहिलेसम्म ५२ प्रतिशत मत खस्यो
१५ वैशाख २०८१, शनिवार

विराटनगर । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ को उपनिर्वाचन अन्तरगत मतदान केन्द्रहरुमा मतदान जारी छ । अहिले साँझ ५ बजेसम्म मतदान भइरहेको छ । साँझ ४ बजेसम्म ५२ प्रतिशत मत खसेको जनाइएको छ । इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा ६० हजार मत खसिसकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।  निर्वाचन क्षेत्रका ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमामा मतदान भइरहेको जनाइएको छ । मतदान केन्द्रमा विगतभन्दा केहि कम संख्यामा मतदाताहरु उपस्थित भएको अनुगमनकारी निकायहरुले जनाएका छन् । यद्यपि सवै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । ...

समाज
मोरङमा अझै प्रचलनमा छ विवाहमा 'डोली बोक्ने' परम्परा
उद्घोष सम्वाददाता १४ वैशाख २०८१, शुक्रवार

विराटनगर । कुनै बेला बेहुलीलाई अन्माउन डोली नभई हुँदैनथ्यो । डोली नभई वैवाहिक कार्यक्रम अधुरो मानिन्थ्यो । आधुनिक सवारीसाधनको विकास भएसँगै डोली विस्थापित भएको छ । यद्यपि अझै पनि मोरङका तराईवासी आदिवासी समुदायले फाट्टफुट्ट डोलीको प्रयोग गर्ने गरेका छन् । विवाह संस्कृतिसँग जोडिएको डोली प्रथा हिजोआज प्रायः लोप हुने अवस्थामा छ । सडकमार्ग र सवारीसाधनको विकाससँगै विवाहमा डोली ल्याउने प्रचलन हराएको छ । सडक सञ्जालको विकास नहुँदाको अवस्थामा मानिसहरू टाढाटाढासम्म पैदल नै यात्रा गर्थे । त्यतिखेर हुने विहेबारीमा बेहुली बोक्न अनिवार्य डोली प्रयोग गरिन्थ्यो । सवारीसाधनले डोली विस्थापित गरिसके पनि अझै...

राजनीति
फाकफोकथुमको वडा नम्बर ४ गनेपछि सुहाङले लिए ३४५ को अग्रता
उद्घोष सम्वाददाता १६ वैशाख २०८१, आइतवार

विराटनगर । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । चारवटा वडाको मतगणना सकिंदा नेपाली कांग्रेसका डम्बर बहादुर खड्कालाई नेकपा एमालेका सुहाङ नेम्बाङले उछिनेका छन् ।  फाकफोकथुमको वडा नम्बर १, २ र ३ को गणना सकिंदा खड्कासँग ४२ मतले पछि परेका सुहाङ वडा नम्बर ४ को गणना सकिंदा ३४५ मतले अग्रता कायम गरेका छन् ।  चारवटा वडाको गणना सकिंदा एमालेका सुहाङले २ हजार ५४२, खड्काले २ हजार १९७, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत प्राप्त गरेका हुन् ।  सातवटा वडा रहेको फाकफोकथुममा अहिले वडा नम्बर ५ को गणना जारी...

राष्ट्रिय
डम्बरसँग निरन्तर मतान्तर घटाउँदै सुहाङ, पछिल्लो मतान्तर ४२
उद्घोष सम्वाददाता १६ वैशाख २०८१, आइतवार

विराटनगर । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको जारी मतगणना अन्तरगत तीनवटा वडाहरुको मतगणना सकिंदा नेपाली कांग्रेसका डम्बर बहादुर खड्का र नेकपा एमालेका सुहाङ नेम्वाङको मतान्तर ४२ मा झरेको छ । वडा नम्बर १ मा १२७ मतले अग्रता कायम गरेका कांग्रेसका खड्का वडा नम्बर २ र ३ को गणना सकिंदा मतान्तर ४२ मा झरेको हो । वडा नंं २ को गणना सकिंदा उनीहरुबीच ८२ मतको मतान्तर थियो । अहिले वडा नम्बर ३ को गणना सकिएको र मतान्तर ४२ मा झरेको जनाइएको छ । तीनवटा वडाहरुमा ४ हजार १८१ मत गनिसकेको निर्वाचन अधिकृतको कार्यालय स्रोतले जनाएको छ ।  जसमध्ये कांग्रेसका खड्काले १६४३, एमालेका स...

आर्थिक
एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
उद्घोष सम्वाददाता १६ वैशाख २०८१, आइतवार

काठमाडौँ, १६ वैशाख । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ । भोलि सोमबार...

शिक्षा
पूविका ७ हजार भन्दा बढी विद्यार्थी दीक्षित
उद्घोष सम्वाददाता १६ वैशाख २०८१, आइतवार

सुन्दरहरैंचा । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को बाह्रौं दीक्षान्त समारोहमा शुक्रबार विभिन्न संकायमा गरी ७ हजार ८ सय ५६ विद्यार्थी  दीक्षित भएका छन् । दीक्षान्त समारोहमा कला संकायमा स्नातक तह ८२ तथा स्नातकोत्तर तहतर्फ ७६ जनालाई दीक्षान्त उपाधि प्रदान गरिएको थियो । यसैगरी कानुन संकायमा स्नातकतर्फ २ सय ६४, स्नातकोत्तरतर्फ १ सय ७, शिक्षाशास्त्र संकायतर्फ स्नातक तह ६ सय ३६  र स्नातकोत्तरतर्फ १ सय ६७ जना दीक्षित भएका छन् । त्यसैगरी व्यवस्थापन संकायमा स्नातक तहतर्फ १ हजार ५ सय ४२, स्नातकोत्तरतर्फ ७ सय ६०, एमफिलतर्फ ३  जना, विज्ञान तथा प्रविधि संकाय  स्नातकतर्फ ६  ...

स्वास्थ्य
खेलकुद
मिल्स गोल्डकपको उपाधि एपीएफलाई
उद्घोष सम्वाददाता १६ वैशाख २०८१, आइतवार

विराटनगर । सशस्त्र प्रहरी बल(एपीएफ) पकली सुनसरीले चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।  विराटनगर जुटमिलको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ पुरस्कार  पाएको छ ।  जितका लागि एपीएफको तर्फबाट भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले १–१ गोल गरे । पेमा युवा क्लबको तर्फबाट मिलन राईले एक गोल फर्काए ।  यसअघि २०७७ सालमा एपीएफले प्रथम संस्करणको मिल्स गोल्डकपको उपाधि जितेको थियो ।  उपविजेता पेमाले १ लाख...

साहित्य
श्रष्टा समाज कोशी प्रदेशमा मार्सेली
उद्घोष सम्वाददाता ११ वैशाख २०८१, मङ्गलवार

विराटनगर। नेपाल श्रष्टा समाज कोशी प्रदेशको संयोजकमा कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ लाई चयन गरिएको छ । विराटनगरमा आइतबार आयोजित कार्यक्रममा भण्डारीको संयोजकत्वमा ७ सदस्यीय कोशी प्रदेश तदर्थ समितिको चयन गरिएको हो । समितिको सहसंयोजकमा बाबुराम पोखरेल(विराटनगर), सचिवमा लक्ष्मी पोखरेल(विराटनगर), कोषाध्यक्षमा प्रेम ओझा(पाँचथर) र सदस्यहरूमा शारदा भट्टराई (भोजपुर), मिश्रा गुरुङ (संखुवासभा) र खगिन्द्रा खुशी (झापा) रहेका छन् । नेपाल श्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ र महासचिव देविका तिम्सिनाको उपस्थितिमा कोशी प्रदेश समिति गठन गरिएको संयोजक भण्डारीले जानकारी दिए । कोश...

वातावरण
कोशी प्रदेशको पहाडी क्षेत्रसहित बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
उद्घोष सम्वाददाता ७ वैशाख २०८१, शुक्रवार

काठमाडौँ, ७ वैशाख । शुक्रबार कोशी प्रदेशका पहाडी भागका केही स्थानसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यसैगरी  देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको हो । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागम...

मनोरञ्जन
नीतिनको ‘मेरा तस्वीरहरु जलाइ देऊ’ (भिडियो)
उद्घोष सम्वाददाता १४ वैशाख २०८१, शुक्रवार

विराटनगर । विराटनगरका गायक नीतिनचन्द्र गजुरेलको नयाँ गीत ‘मेरा तस्वीरहरु जलाई देऊ’ युट्युवमार्फत सार्वजनिक भएको छ । इन्द्रेणी कला प्रतिष्ठानको पहिलो प्रस्तुती रहेको यो सांगीतिक भिडियो बुधबार सार्वजनिक गरिएको हो ।  ‘मेरा तस्वीरहरु जलाइ देऊ’ सांगीतिक प्रस्तुतीमा गायन नीतिनचन्द्र गजुरेलको छ भने  संगीत शंकर स्माइल, रचनाकार मुनालशिशिर कोइराला, मोडलिङमा दिपेश कोइराला र सभ्यता गिरीको छ । मुनालशिशिर कोइरालाको निर्देशनमा बनेको सो सांगीतिक भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् ।  रोमान्टिक गायकको रुपमा नीतिनको सांगीतिक प्रस्तुती बेजोड हुने गरेको र पछिल्लो...

अन्तर्राष्ट्रिय
पाकिस्तानमा एकसाता परेको चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु
उद्घोष सम्वाददाता ३ वैशाख २०८१, सोमवार

लाहोर, ३ वैशाख । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो ।  पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । ’मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न, &l...

प्रविधि
अपाचेको आरटीआर १६०–टूभी रिफ्रेस सार्वजनिक
उद्घोष सम्वाददाता १० वैशाख २०८१, सोमवार

विराटनगर । टीभीएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टूभी रिफ्रेस विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे, एन्टर्क, रेडर, आइक्युव जस्ता बाइक तथा स्कुटरहरू उपलब्ध गराउँदै आएको थियो । टीभीएस बाइक र स्कुटरमा आधुनिक विशेषताहरु समावेश गर्दै प्रयोगकर्ताहरु माँझ प्रभाव पार्न सफल भएको जनाइएको छ । अपाचेको नयाँ मोडल आरटीआर १६०–टूभी रिफ्रेसमा कम्पनीले विभिन्न विशेषताहरू थप गरी नेपाली बजारमा सार्वजनिक गरेको हो ।  आरटीआर १६०–टूभी रिफ्रेसमा १६० सीसी आरटीआर इन्जिन रहेको कम्पनीले जन...

विचार
सबैको ध्यान इलाम २ मा
डीपी ढुंगेल १० वैशाख २०८१, सोमवार

लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन हो । जनताद्वारा छानिएका जनप्रतिनिधिले देश सञ्चालन गर्ने अन्तर्राष्ट्रिय विधि नै लोकतन्त्रको विशेषता हो । कोशी प्रदेशको इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । विसं २०७९ सालको संसदीय निर्वाचनबाट निर्वाचित पूर्व सभामुख सुवासचन्द्र नेवाङको देहान्तपछि इलाम क्षेक्र नम्बर २ रित्त थियो । निर्वाचन आयोगको कार्यालयले यही वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । जसले गर्दा अहिलेको राजनीति इलाम क्षेत्र  नम्बर २ मा तातेको छ । इलाममा यतिखेर २० राजनीतिक दलहरु तथा अन्य स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारपचारमा व्यस...

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved