Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

बीमा कम्पनीबीच मैत्रीपूर्ण फुटबल

उद्घोष सम्वाददाता
२९ वैशाख २०८१, शनिवार

बिराटनगर । बिराटनगरको शहीद रंगशालामा जीवन तथा निर्जीवन बीमा कम्पनीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले शनिबार प्राधिकरणको ५६औं बार्षिकोत्सवको अवसरमा सो प्रतियोगिता गरेको हो ।

सो मैत्रीपूर्ण खेलमा निर्जीवन बीमा टिमले २–१ को गोल अन्तरले जीवन बीमा टिमलाई पराजित गरेको थियो । बिजयी टिमबाट प्रेमकुमार शाक्य र इशान्त तामाङले गोल गरेका थिए भने उपबिजेता टिमबाट तुलसी पौडेलले गोल गरेका थिए । खेलको उत्कृष्ट खेलाडी इशान्त तामाङ घोषित भएका थिए ।

उक्त खेलको समापन गर्दै प्राधिकरणका प्रदेश प्रमुख बिनोदकुमार पोखरेलले बिजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई प्रमाणपत्र र पदक वितरण गरेका राजेश सर्दार थारुले जानकारी दिए ।

कार्यक्रममा निप्स कोशीका अध्यक्ष खड्गबहादुर श्रेष्ठ, कोषाध्यक्ष नारायण गौतम, सचिव प्रकाश पोखरेललगायत जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुको सक्रिय सहभागीता थियो । फ्राधिकरणको बार्षिकोत्सव कार्यक्रम अन्तर्गत आइतबार रत्तदान र मंगलबार प्रभातफेरी कार्यक्रम हुने जनाइएको छ ।

View : 333

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved