विराटनगर । साहित्यकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा लिखित मनोभिराम मुक्तकसंग्रह विमोचन गरिएको छ ।
नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘माार्सेली’, नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, अग्रज साहित्यकार तारानाथ पोखरेललगायतले संयुक्त रुफमा मुक्तकसंग्रहको विमोचन गरे ।
विमोचित मुत्तकसंग्रहको समीक्षा गर्दै समालोचक भूषण ढुंगेलले संग्रहमा लेखकले राजनीतिक र सामाजिक विकृतिलाई सशक्त रुपमा उठाएको बताए ।
कार्यक्रममा साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’, मञ्जु घिमिरे दाहाल, रोहिन सैजु, मञ्जुश्री गिरी, नानुमैया दाहाल, मदन भण्डारी, निर्मला कोइराला, राधा भट्टराई, तारानाथ पोखरेललगायतले संग्रहभिक्रका मुत्तक वाचन गरेका थिए । सो कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले मुक्तक प्रतिष्ठानमा पुस्तक प्रकाशनका लागि कोष स्थापना गर्ने बताए ।
View : 720
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved