विराटनगर । कान्तिपुर माध्यमिक विद्यालयमा पत्रकारिता र आमसञ्चारका विषयमा एकदिने अभिमूखीकरण भएको छ । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई पत्रकारिता र आमसञ्चारका विषयमा आधारभूत जानकारी दिने उद्देश्यले शुक्रबार अभिमूखीकरण सम्पन्न भएको हो ।
प्रशिक्षकको रूपमा नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष तथा उद्घोष दैनिकका प्रबन्ध निर्देशक बन्धु पोखरेलले पत्रकारिता र आमसञ्चारका विषयमा आधारभूत जानकारी दिएका हुन् । त्यस्तै मकालु टेलिभिजनमा कार्यरत समाचारवाचिका सृजना थापाले टेलिभिजनमा कसरी समाचार वाचन गरिन्छ सो विषयमा जानकारी दिइन् ।
विद्यार्थीहरूमा बहुआयामिक सीपको विकास गर्ने उद्देश्यका साथ पत्रकारिता तथा समाचार वाचनको छोटो तालिमको आयोजना गरिएको विद्यालयका भाइस प्रिन्सिपल देवीलाल महतोले बताए । तालिमको गोग्राहा टाइम्सका प्रधान–सम्पादक तथा ग्यालेक्सी होटल स्कुलका निर्देशक धीजनबाबु काफ्लेले संयोजन गरेका थिए ।
गत वर्षदेखि कान्तिपुरले बेलायती शैक्षिक संस्थाबाट अनुबन्धन प्राप्त होटल म्यानेजमेन्टको विशेष तालिम कक्षाहरू पनि सञ्चालन गरेको उनले बताए ।
View : 223
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved