विराटनगर । विराटनगर ट्राफिकचोकका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले १०० औं पटक रक्तदान गरेका छन् ।
गोल्डेन अस्पतालमा उपचारत सप्तरी डाक्नेश्वरी पातो हटेलका चन्देश्वर रायका लागि उनले शनिबार (२०८१ बैशाख २२ गते) रक्तदान गरेका हुन् ।
रायलाई चाहिने रगत ए पोजेटिभ मिलेपछि श्रेष्ठले रक्तदान गरेको विरामी ज्वाईं रविन्द्रराय बताए ।
यसभन्दा अगाडि श्रेष्ठले गतसाको माघ ९ गते ९९ औं पटक रक्तदान गरेका थिए ।
श्रेष्ठले रक्तदान गरेका तीन महिना पुगेमा रगतको आवश्यक परेका विरामीलाई दिउँसो राति केही नभनी रगत दिंदै आएका छन् । उनले संख्या धेरै पु¥याउने भन्दा पनि दिएको रगत काम लागोस् भनेर रक्तदान दिने गरेका छन् । उनको यस पटक बैशाख ९ गते तीन पुगेर रगत दिन चाहे पनि २२ गते मात्र रक्तदान गरेका हुन् ।
खासगरी ताजा रगत चाहिएका विरामीका लागि उनी रगत दिन चाहने भएकोले तीन महिना १३ मा उनले रक्तदान गरेका हुन् । चालिस पटकसम्म प्राय रक्तदान कार्यक्रममा रगत दिदैं आएका उनले त्यसपछि भनेको जुनसुकै बेला ताजा रगतका आफू रक्तदान थालेको उनले बताए ।
अब उनलाई अझै पाँच वर्ष रक्तदान गर्न सकिन्छ भन्ने लागेको छ । यस आधारमा उनको एक सय बीस पटक पुग्ने सम्भावन छ ।
विराटनगरमा १०० पटक भन्दा बढी रगत दिनेमा डा केएन ठाकुरको एक सय नौ पटकको कीर्तिमान छ । तर ठाकुरले अहिले वृद्धावस्थाका कारुण दिन छाडेका छन् ।
विराटनगरका अर्का रक्तदाता घनश्याम राठीले ६२ पटक रगत दिएका छन् । यस्तै नेपालमा प्रेमसागर कर्मचार्य (काठमाडौं) १७८पटक रक्तदान गरिसकेका छन् ।
View : 270
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved