Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

डिक्का महासंघ मोरङको सपथग्रहण

उद्‌घोष सम्वाददाता
२९ वैशाख २०८१, शनिवार

विराटनगर । डिक्का महासंघ मोरङका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण समारोह शनिबार सम्पन्न भएको छ । विराटनगरस्थित रामजानकी सेवा सदनमा आयोजित कार्यक्रमकाबीच नवनिर्वाचित पदाधिकारीले सपथ ग्रहण गरेका हुन ।

पूर्वमन्त्री शिवकुमार मण्डलले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । धानुक, केवट, कुर्मी र अमात समुदायको साझा संस्था डीक्का महासंघ मोरङको बैशाख २३ गते सम्पन्न भएको तेस्रो जिल्ला अधिवेशनबाट समिति सर्वसम्मत भएको हो ।

सो अधिवेशनबाट अशोककुमार मण्डल धानुकको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति चयन भएको थियो । डिक्काको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ओपेन्द्रकुमार राय अमात, सचिव हरिहर राय कुर्मी, सहसचिव दिनेशकुमार कामत र कोषाध्यक्षमा किरण ब्यास छन् ।

यस्तै सदस्यहरुमा श्रवण केवट, कमल मण्डल धानुक, प्रदीपकुमार कामत, शिवशंकर केवट, दीपक राय कुर्मी, शिवशंकर राय कुर्मी र वीरेन्द्रकुमार मण्डल केवट छन् ।

यसैगरि कार्यसमितिका थप सदस्यहरुमा पिंकी राय कुर्मी, अनुराधा राय कुर्मी, किरणदेवी राय अमात, राजदेव मण्डल धानुक, सञ्जय मण्डल, अरविन्द मण्डल धानुक र जगरनाथ राय कुर्मी छन् । सपथ ग्रहण समारोहमा बोल्दै डिक्का महासंघ मोरङका नवनिर्वाचित अध्यक्ष अशोक मण्डलले आफूले संगठन विस्तारका साथै सामुदायिक उन्नयनका लागि कामगर्ने फ्रतिबद्धता ब्यक्त गरे ।

सो अवसरमा बोल्ने वत्ताहरुले डिक्कामा आबद्ध धानुक, कुर्मी, केवट र अमात समुदाय विभिन्न क्षेत्रमा पछि परेकाले समुदायको सामाजिक,आर्थिक र राजनैतिक रुपान्तरणकालागि महासंघले काम गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा नेपाल अमात समाज कल्याण समाज सेवा समितिका केन्द्रीय अध्यक्ष डा.रामचन्द्र राय, मोरङ अध्यक्ष लक्ष्मण राय अमात, केवट कल्याण समाजका केन्द्रीय अध्यक्ष रामकुमार कामत, मोरङ अध्यक्ष रविशंकर कामत,कुर्मी कल्याण समाजका मोरङ अध्यक्ष हरिहर राय कुर्मी, डिक्का महासंघका केन्द्रीय सदस्य बिजय राय अमात लगायतको सहभागिता थियो ।

View : 144

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved