विराटनगर । कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री केदार कार्कीले नया“ सरकार गठन प्रक्रियाविरुद्ध कोशी प्रदेश प्रमुखसहितलाई विपक्षी बनाएर दायर गरेको रिटको पहिलो पेशी न्यायधीस हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ ।
उक्त रिट न्यायधीस फुयालको इजलासको दैनिक पेशी सूचीको अन्तिम नम्बरमा रहेको छ । न्यायधीस फुयालको इजलासमा जम्मा छ वटा मुद्दाको पेशी रहेकाेले आजै सुनुवाई हुनसक्ने सम्भावना रहेको जनाइएको छ ।
कार्कीले वारेसमार्फत सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेका थिए । रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान, सूचना, निर्णय एवं पत्राचारहरु कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले असंवैधानिक रुपमा सरकार गठनको आह्वान गरेको आधारमा प्रदेश सभा सदस्य हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेको र प्रदेश प्रमुखबाट नियुक्त समेत गरिएको बिषय असंवैधानिक भएको जिकिर गरिएको छ ।
त्यस्तै बिहीबार नियुक्ति भएका वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै काम कारवाही नगर्न नगराउन तथा आफुलाई यथावत रुपमा जिम्मेवारी वहन गर्न कुनैपनि व्यवधान नगर्न नगराउन अन्तरिम ओदश माग गरिएको छ ।
रिटमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, संकल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाल र नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई विपक्षी बनाइएको छ ।
View : 391
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved