Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता सुरु, दिल्ली र एनबीएससी विजयी

उद्घोष सम्वाददाता
२९ वैशाख २०८१, शनिवार

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा झारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी त्रिकेट क्लब विजय भएको छ । 

विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाण थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले हराउँदै दिल्ली दोस्रो चरणमा प्रवेश गरेको हो । 

पहिलो ब्याटिङ रोजेको दिल्लीले निर्धातिर २० ओभरमा ६ विकेटको क्षतिमा २४५ रनको विशाल योगफल खडा गर्यो । दिल्लीको जितको लागि मोहित अभिचानोनी र शिवम किशोरले आक्रमक ब्याटिङ गरे । खेलको उत्कृष्ट खेलाडी घोषित भएका मोहितले ३८ बलमा ९७ रन बनाए । 

झण्डै सतक नजिकको रन पुर्‍याउँदै उनले ९ छक्का र ८ चौका हिर्काए । शिवम अविजित रहदै २५ बलमा अर्धसतक कटाए । उनले ७ छक्का र ६ चौका हिर्काउँदै ७२ रन जोड्दा भरत कार्कीले २४ बलमा २९ रनको योगदान दिए ।

हरियाण थन्दर्स क्रिकेट क्लबका अंकित गोसामीले ३ ओभरमा ३४ रन खर्चिएर ४ विकेट लिए । मोहितले २ विकेट र सुभमले १ विकेट लिए । 

२४६ रनको विशाल लक्ष्य पछ्याएको हरियाणले १९ ओभरमा सबै विकेट गुमाइ १८६ रनमा सिमित भयो । संगमले अविजित ३३ रन बनाउदा टिस्मू कुमारले २८ रन जोडे ।

दिल्लीका सत्यजीतले ४ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । मोहितले २ ओभरमा ३७ रन खर्चिएर २ विकेट लिए । 

सोही दिन भएको दोस्रो खेलमा झापाको बोर्ष्टन क्रिकेट क्लबलाई एनबीएससीले २१३ रनले पराजित गर्यो । 

टस हारेर ब्याटिङ गरेको एनबीएससीले निर्धातिर २० ओभरमा ५ विकेट गुमाइ २८८ रनको विशाल योगफल खडा गर्यो । एनबीएससीका जितका लागि राहुल चौधरीले बिस्पोट ब्याटिङ गरे । उनले ३६ बलमा ९ छक्का र ६ चौका हिर्काउँदै सर्वाधिक ८३ रन बनाए । चिरन्जीवि ठाकुरले २९ बलमा अर्धसतक कटाउँदै ६० रन बनाए । उनले ३ छक्का र ८ चौकका प्रहार गरे । कुनाल किशोरले २० बलमा अबिजित ५७ रन बनाए । उनले ४ छक्का र र ७ चौकका हिर्काए । अनुभव कुमारले ४३ र रिसभले २९ रन बनाए । 

बोर्ष्टनका सन्दिप क्षेत्रीले, दिवस शर्मा र प्रजित कुमारले समान १–१ विकेट लिए । 

२८९ रनको विशाल लक्ष्य पछ्याएको बोर्ष्टनले १४.६ ओभरमा सबै विकेट गुमाइ ७५ रनमा सीमित भयो । तरु शर्माले अबिजित २५ रन बनाउँदा अन्य ब्याट मेनले दोहोरो अंक बनाउन सकेनन् । 

एनबीएससीका मैनक कुमारले ४ ओभरमा २५ रन खर्चिएर ४ विकेट लिए । अदय झाले ३ विकेट लिए ।

खेलका उत्कृष्ट खेलाडी एनबीएससीका सर्वाधिक रन बनाउने राहुल चौधरी घोषित भए । 

आइतबारको पहिलो खेल जोगवनीको फ्रशान्त क्रिmेकट क्लब र विराटनगरको सीसीए त्रिकेट क्लब बीच हुनेछ । सोही दिन हुने दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब र सुनसरी त्रिकेट क्लब क्बलबीच हुनेछ । 

मिल्स क्रिकेट क्लब एण्ड एकाडेमी र नेपाल खेलकुद महासंघको संयुक्त आयोजना भएको उक्त प्रतियोगितामा नेपालका १० र भारतका ६ टिमको सहभागि रहेको छ । जेठ ५ गतेसम्म संचालन हुने सो प्रतियोगिताको बिजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपबिजेताले ७५ हजार रुपैयाँ र ट्रफि पाउने मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीका अध्यक्ष मुरली चौधरीले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट हुने खेलाडीलाई १५ हजार, उत्कृष्ट ब्याट्र र उत्कृष्ट बलरलाई जनही ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उदयमान खेलाडीलाई पाँच हजार र प्रत्येक खेलमा उत्कृष्ट हुनेलाई २ हजार १ सय रुपैयाँ छ । प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । 

प्रतियोगिताको प्रथम संस्करणको बिजेता पूर्वाञ्चल एकाडेमी क्रिकेट क्लब र दोस्रो संस्करणको बिजेता भारतको नरपथगन्ज क्रिकेट क्लबले जितेको थियो ।

View : 293

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved