Biratnagar, Morang, Nepal
८ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी
बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु
उद्‌घोष संवाददाता ५ कार्तिक २०८३, बिहिवार

विराटनगर । झापाको बिर्तामोडमा बिहीबार बिहान ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । आगलागीबाट क्यान्टिनमा रहेका सामान, नगद र चौपायासमेत जलेर नष्ट भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज नगरपालिका–२ का ६५ वर्षीय रुद्रबहादुर तामाङ छन् । उनी उक्त क्यान्टिनमा काम गर्दै आएका थिए । आगो निभाएपछि गरिएको खोजीका क्रममा क्यान्टिनभित्र उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–२ रामचोकमा रहेको बडी ग्यारेजको क्यान्टिनमा बिहीबार बिहान करिब ४:१० बजे आगलागी भएको थियो । ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो...

समाज
उद्योगी तथा व्यवसायी देवकीनन्दन अग्रवालका पितृशाेक
उद्‌घोष संवाददाता ७ कार्तिक २०८३, शनिवार

विराटनगर । विराटनगरका  उद्योगी तथा व्यवसायी देवकीनन्दन अग्रवालका पिता वंशीधर अग्रवालको ९२ वर्षको उमेरमा निधन भएको छ । स्वर्गीय  अग्रवालको निधनप्रति विभिन्न उद्योगी, व्यवसायी तथा शुभचिन्तकहरूले गहिरो दुःख व्यक्त गरेका छन् । लायन्स क्लब विराटनगर सोसियलका अध्यक्ष देवकीनन्दन अग्रवालका पिताको निधन भएको भन्दै सो क्लबले समेत दिवंगत अग्रवालको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । दिवंगत अग्रवालको पार्थिव शरीरलाई शनिबार विराटनगर–७ हाटखोलास्थित परमविश्रान्ति घाटमा अन्तिम संस्कार गरिएको छ ।

राजनीति
दुई तिहाइको सरकारले जनताको अपेक्षा पूरा नगरेपछि जागरण अभियान : प्रचण्ड
उद्‌घोष संवाददाता ७ कार्तिक २०८३, शनिवार

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जागरण अभियानमा सक्रिय सहभागिता जनाउन अपिल गरेका छन् ।  अभियानको उद्घाटन गर्दै शनिबार प्रचण्डले संविधान र लोकतन्त्रको रक्षा गर्न महङ्गी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउन तथा निरंकुशता र अराजकताको विरोध गर्न आम नागरिकलाई यस अभियानमा जोडिन आव्हान गरेका हुन् । उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट यो अपिल जारी गरिरहँदा हाम्रो देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको छ । ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप...

राष्ट्रिय
आर्थिक
बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, साढे १ करोडभन्दा बढीको क्षति
उद्‌घोष संवाददाता ५ कार्तिक २०८३, बिहिवार

काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार बिहान करिब १ः३० बजे उद्योगभित्र रहेको फर्नेस आयल (फलाम पगाल्ने इन्जिनमा प्रयोग हुने तेल) को ट्यांकीमा विद्युत् सर्ट भई अचानक आगलागी भएको हो । आगलागी भएको उक्त ट्यांकी २ लाख लिटर क्षमताको रहेको प्रहरीले जनाएको छ ।   आगलागीको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरी टोली, स्थानीयवासी र दमकलको संयुक्त प्रयासमा बिहान करिब २ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।  समयमै आग...

शिक्षा
३१ शिक्षकलाई वैश्विक नागरिक शिक्षा अभिमुखीकरण
उद्‌घोष संवाददाता ३० असोज २०८३, शुक्रवार

इनरुवा । कोशी प्रदेशका आठ जिल्लाका ३१ जना शिक्षकलाई वैश्विक नागरिक शिक्षासम्बन्धी पाँचदिने अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ । नेपाल सरकार, शिक्षा विभाग सानोठिमी भक्तपुरको आयोजनामा सञ्चालित कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा सहभागी शिक्षकहरूलाई लोकतान्त्रिक मूल्य र मान्यता, सामाजिक न्याय, समावेशिता, डिजिटल शिक्षा, जलवायु परिवर्तन, स्वास्थ्य तथा वातावरणलगायत विषयमा अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा शिक्षा विभाग सानोठिमी भक्तपुरका वरिष्ठ प्राविधिक अधिकृत रामचन्द्र ढकाल, शिक्षा तालिम केन्द्र इनरुवाका वरिष्ठ प्रशिक्षक रेवन्तबहादुर बस्नेत तथा प्रशिक्षकहरू शान्तकुमार चौहान,...

स्वास्थ्य
सल्यानमा स्क्रब टाइफसबाट १० जनाको मृत्यु
उद्‌घोष संवाददाता ५ कार्तिक २०८३, बिहिवार

सुर्खेत । सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या सबैभन्दा बढी दार्मा गाउँपालिकामा रहेको छ । दार्मामा सबैभन्दा बढी संक्रमित कार्यालयको तथ्यांकअनुसार दार्मा गाउँपालिकामा २८१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, बागचौर नगरपालिकामा २४७, कुमाख गाउँपालिकामा ८२, कपुरकोट गाउँपालिकामा...

खेलकुद
यू–१९ एसिया कपः नेपालको प्रारम्भिक टोली घोषणा
उद्‌घोष संवाददाता ७ कार्तिक २०८३, शनिवार

काठमाडौं । यू–१९ एसिया कपको तयारीका लागि नेपालको प्रारम्भिक टोली सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज २८ खेलाडीको प्रारम्भिक टोली सार्वजनिक हो । उक्त टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं रहेका छन् । त्यस्तै, दर्शन सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल डंगोल, राहुल हक, दीपक सेमेला र रोशन शाही पनि टोलीमा अटाएका छन् ।...

साहित्य
'अक्षरभित्र चिन्तन' पुस्तककाे लोकार्पण
उद्‌घोष संवाददाता ७ कार्तिक २०८३, शनिवार

विराटनगर । विराटनगर साहित्य सङ्गमको २४२औँ साहित्य शृङ्खलाको अवसरमा फूलपातीका दिन एक विशेष कार्यक्रम आयोजना गरी साहित्यकार तोमनाथ उप्रेतीको समालोचना सङ्ग्रह ‘अक्षरभित्र चिन्तन’ लोकार्पण गरिएकाे छ । सो कार्यक्रममा दशैं, तिहार, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो।   कार्यक्रममा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, सचिव गोपाल निर्भीक, प्राज्ञ विवश पोखरेल र बलराम पोखरेलले संयुक्त रूपमा सो पुस्तकको लोकार्पण गरेका थिए। समालोचक तोमनाथ उप्रेतीको यस सङ्ग्रहभित्र मोरङ जिल्लाका सत्रजना कवि, कथाकार, नाटककार, उपन्यासकार र मुक्तककारका कृतिमाथि...

वातावरण
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
उद्‌घोष संवाददाता ७ कार्तिक २०८३, शनिवार

काठमाडौं । बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् । मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्ने सम्भावना रहेको बताएका छन् । ‘मैले अध्ययन गरिरहेका मौसम पूर्वानुमानले आगामी अवधिमा केही स्थानमा कुल वर्षा २०० मिलिमिटरभन्दा बढी हुन सक्ने संकेत गरेका छन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘यसको अर्थ एकै दिनमा त्यति धेरै वर्षा हुन्छ भन्ने होइन । वास्तविक वर्षाको मात्रा, समय र प्रभ...

मनोरञ्जन
विराटनगरमा रुसी नाटककार चेखभको ‘अन्तिम गीत’ मञ्चन सुरु, बिहीबार दुई शो हुने
उद्‌घोष संवाददाता २८ असोज २०८३, बुधवार

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा रुसी नाटककार एन्टोन चेखभको लोकप्रिय एकाङ्की नाटक ‘अन्तिम गीत’ (द स्वान सङ) बुधबारदेखि मञ्चन सुरु भएको छ । महेश पौड्यालको अनुवाद तथा नवराज बुढाथोकीको निर्देशनमा तयार पारिएको सो नाटक काठमाडौँको सफल मञ्चनपश्चात विराटनगरमा प्रस्तुत गरिएको हो । शैली थिएटरको प्रस्तुति, रुसी सदनको साझेदारी एवम् आरोहण गुरुकुल, विराटनगरको सहकार्यमा आयोजना गरिएका सो नाटकमा वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेल र सब्बु गुरुङको सशक्त अभिनय छ । स्थानीय दर्शकसम्म उत्कृष्ट नाट्यकृति पु-याउने उद्देश्यले नाटक मञ्चन गरिएको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जान...

अन्तर्राष्ट्रिय
फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन
उद्‌घोष संवाददाता ७ कार्तिक २०८३, शनिवार

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ । गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए । त्यस्ता घटना पुनः दोहोरिन नदिन अधिकारीहरूले सुरक्षा तयारी तीव्र पारेका छन् । फ्रान्स२४ का अनुसार, आन्तरिकमन्त्री लरेन नुनेजले शुक्रबार (स्थानीय समयअनुसार) सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै सामाजिक सञ्जालमा हिंसा र लुटपाटका लागि आह्वान भइरहेकाले सरकारले सार्वजनिक व्यवस्था कायम राख्न आवश्यक तयारी गरिरहेको बताए । बढ्दो संकटका बीच राष्ट्रपति इम्यानुएल म्याक्रोंले वरिष्ठ मन्त्री तथा अधिकारीहरू सम्मिलित रक्षा प...

प्रविधि
सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द
उद्‌घोष संवाददाता ५ कार्तिक २०८३, बिहिवार

काठमाडौं । विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले एक जरुरी सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र क्षति हुन नदिन सावधानीस्वरूप प्रणालीहरू बन्द गरिएको जनाएको हो । केन्द्रका अनुसार पीएचपी प्रविधिमा ‘PHP@Shell ’ (सिभिइ–२०२६–१०९६१८ र सिभिइ–२०२६–१०९६१९) नामक उच्च स्तरको सुरक्षा कमजोरी (सिभिएसएस ९.२) फेला परेको छ । यस जोखिमका कारण विश्वभर पीएचपीमा आधारित प्रणालीहरू प्रभावित भएका छन् । यो कमजोरीको...

विचार
निराशा र भ्रमबाट आत्मविश्वासतर्फको यात्रा
उद्‌घोष संवाददाता ३ कार्तिक २०८३, मङ्गलवार

रंगेली नगरपालिका–३ निवासी (नाम परिवर्तन) सरिता, ५२ वर्षीया गृहिणी हुन् । उनी खेतीपाती गरेर परिवारको जीविकोपार्जनमा सहयोग गर्दै आएकी छन् । उनको परिवारमा दुई छोरा, एक बुहारी र पाँच वर्षका एक नाति छन् । करिब ३० वर्षअघि विवाह भएको थियो । विगत दुई वर्षदेखि श्रीमान् दीर्घरोगका कारण बिरामी रहनुभएको थियो र नियमित उपचार गराइरहनुभएको थियो । अन्ततः २०८१ साल साउनमा श्रीमानको निधन भयो । श्रीमानको निधनपछि उनको व्यवहारमा उल्लेखनीय परिवर्तन देखिन थाल्यो । उनी कहिले अत्यधिक हाँस्ने, कहिले काम्ने, आफूलाई देवी–देवताले छोएको वा शक्ति प्राप्त भएको बताउने, शिवजी आफ्ना इष्टदेवता भएको...

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved