ग्राहक बन्नका लागि
विराटनगर । विराटनगरको बरगाछी चोकदेखि रानीसम्मको ६ लेन सडक सौन्दर्यीकरणका लागि कुमारी बैंक विराटनगरले दुई लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । महानगरपालिकाले ६ लेन सडकको मे...
विराटनगर । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग तिक्तता बढ्न नदिने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् विस्तार भएपछि नवनियुक्त म...
कोशी प्रदेशमा सरकारले पायो पूर्णता
विराटनगर । कोशी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमालेका चार र माओवादी केन्द्रबाट तीन जनासहित जम्मा सात जना मन्त्रीहरू नियुक्त गरे...
विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायाधिवक्ता नारायण वस्तीले पद तथा गोपनियताको सपथ लिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको धारा १६० को उपधारा (२) बमोजिम वस्तीलाई बिहीबार मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका थिए । विराटनगर महानगरपालिका–४ का अधिवक्ता वस्तीलाई उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश रमेश प्रसाद राजभण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ्गको उपस्थिति रहेको थियो । नवनियुक्त मुख्यन्यायाधिवक्ता वस्तीले बिहीबार नै पद बहाली गरेका छन् ।
विराटनगर । मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडालाई मातृशोक परेको छ । उनकी आमा जमुनादेवी माहेश्वरी मुन्दडाको बिहीबार साँझ साढे ८ बजे निधन भएको छ । देवेनरा ग्रुपका अध्यक्ष देवकिशन मुन्दडाकी धर्मपत्नी ७६ वर्षीया जमुनादेवी लामो समयदेखि पेटको क्यान्सर रोगबाट ग्रसित थिइन् । उनको विराटनगर–७ स्थित पं मेघराज शर्मा मार्गस्थित निवासमा निधन भएको हो । उनका चार छोरी र एक छोरा प्रकाश हुन् । उनको पार्थिव शरिरलाई शुक्रबार दिउँसो सुनसरीको चतरास्थित घाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
विराटनगर । कोशी प्रदेश सरकार विस्तारमा सत्ताधारी दलहरु अलमलमा पर्न थालेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार सरकार विस्तारसँंगै बिनाबिभागीय मन्त्रीहरुको समेत कार्यविभाजनको तयारी गरेका थिए । तर सत्ता पक्षकै दलहरु मन्त्रालय भागबण्डा लगायतका विषयमा निस्कर्षमा नपुग्दा बिहीबार सरकार विस्तार हुन सकेन । बैशाख २७ मा तेस्रो पटक मुख्यमन्क्री नियुत्त भएका कार्की सरकारमा मन्त्री छान्ने लगायतका कार्यसूची लिएर लगत्तै केन्द्रीय नेताहरूसँग परामर्शका लागि काठमाडौं पुगेका थिए । उनी बुधबार विराटनगर फर्किएर बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा देखिए पनि सफल हुन नसकेका हुन् । ...
काठमाडौँ, २ जेठ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा हालसम्म प्राप्त प्रमाणबाट अभियोग पुष्टि नभएको ठहर गर्दै सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले लामो बहसपछि हालसम्म प्राप्त प्रमाणका आधारमा क्रिकेटर लामिछानेलाई दोषी ठहर गर्न नसकिने भन्दै सफाइ दिएको हो । “काठमाडौँ जिल्ला अदालतले लामिछानेविरुद्ध सो मुद्दामा गरेको आठ वर्ष जेल सजाय, तीन लाख जरिवाना र दुई लाख क्षतिपूर्ति भराउने फैसला बदर गरेको छ”, उच्चअदालत पाटनका प्रवक्ता विमल पराजुलीले भने, “इजलासले क्रिकेटर लामिछानेलाई पूर्णरुपमा सफाइ हुने ठहर गर...
विराटनगर । गुणस्तरबारे प्रश्न उठेपछि नेपालमा पनि केही भारतीय ब्रान्डद्वारा उत्पादित प्याकेटबन्द मसलामा तत्काल रोक लगाउन पत्राचार गरिएको अधिकारीहरूले बताएका छन् । भारतका दुई चर्चित मसला कम्पनीहरूमाथि केही देशले प्रतिबन्ध र केहीले निगरानी गर्न थालेपछि नेपालले पनि ती कम्पनीका चार प्रकारका मसलाको आयातमा तत्कालका लागि रोक लगाउने निर्णय गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतका एमडीएच र एभरेस्ट ब्राण्डका साम्बर मसला, करी पाउडर र फिश करी मसलाको आयातमा तत्काल रोक लगाउन सम्बद्ध सरकारी निकायहरूलाई पत्राचार गरिएको जनाएको छ । ती मसलाको आयात अनुमति जारी नगर्ने भनेर पत्राचार भइसकेको...
विराटनगर । त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले त्रिवि सेवा आयोगको सदस्यमा प्राडा अजय भट्टराईलाई नियुक्त गरेका छन् । महेन्द्र मोरङ क्याम्पस रसायनशास्त्रका विभागीय प्रमुख प्राडा भट्टराईलाई प्रधानमन्त्री समेत रहेका कुलपति दाहालले सो फदमा नियुक्त गरेका हुन् । छनोट समितिले सदस्य नियुत्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गरेको सिफारिसका आधारमा कुलपतिले उनलाई सदस्य नियुक्त गरेका हुन् । भट्टराईको नाम सिफारिस समिति पहिलो अंकमा राखेर कुलपतिकोमा सिफारिस गरेको थियो । प्राडा भट्टराई त्रिभुवन विश्वविद्यालय उत्कृष्ट अनुसन्धान पुरस्कार २०८० बाट पुरस्कृत व्य...
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा जोगवनीको फ्रशान्त क्रिकेट क्लब र सुनसरी त्रिकेट क्लब अन्तिम आठमा पुगेका छन् । विराटनगर जुटमिलको खेलमैदानमा बुधबार भएको फहिलो खेलमा जोगवनीले घरेलु टोली बीसीसीए विराटनगरलाई ६२ रनले र दोस्रो खेलमा सुनसरी क्रिकेट क्लबले आयोजक मिल्स त्रिकेट क्लबलाई ११ रनले हराउँदै दुई टोली अन्तिम आठमा पुगेका हुन् । टस जितेर ब्याटिङ रोजेको जोगवनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २५१ रन बनाएको थियो । जोगवनीले दिएको २५२ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले सबै विकेट गुमाइ १८९ रन मात्रै बनायो । बुधबार नै झएको दोस्रो खेलमा...
विराटनगर । नारी स्रष्टा समाज नेपालले साहित्यकार रमेन्द्र कोइरालाको ‘जडौरी’ लघुकथा संग्रहको लोकार्पण गरेको छ । लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्राडा गोविन्दमान सिंह कार्की, लघुकथा समाज नेपालका उपाध्यक्ष तुलसीहरि कोइराला, नारी स्रष्टा समाज नेपालका अध्यक्ष ममता मृदुल, नमस्ते आधुनिक लघुकथा मञ्चकी उपाध्यक्ष यमुना प्रधानाङ्ग, लघुकथाकार खगेन्द्र बस्याल लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन् । लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष तथा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले सुरूवाती घडीमा उपेक्षा गरिएको लघुकथा विधा फस्टाउँदै गएकोमा...
काठमाडौँ, ३० वैशाख । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ । विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँ...
सिर्जनाले भूमि खोज्छ, आधार खोज्छ, स्थान विशेष खोज्छ । भूमिले सिर्जनालाई पात्र–पात्रता दिन्छ, कथा–किम्वदन्ती दिन्छ, धर्म–देवता दिन्छ, खोला किनार–नदी नाला दिन्छ, हिमाल–पहाड दिन्छ, जमिन–वनस्पति दिन्छ, बिम्व–प्रतीक दिन्छ र एउटा सुन्दर क्यानभास दिन्छ जहाँ सर्जकले आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका पाउँछ । यदाकदा स्थान विशेषभन्दा माथि स्वैरकाल्पनिक संसारमा सिर्जानाको प्रस्फुटन नहुने होइन, तथापि सो संसारले पनि आफ्नो पात्र, कथालगायत वस्तु वरपरबाटै टिप्ने गर्छन् । चलचित्र ‘जारी’ सँगै निर्देशनमा समेत हात हालेका ख्यातिप्राप्त निर्देशक, कवि, लेखक उपे...
लाहोर, ३ वैशाख । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । ’मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न, &l...
विराटनगर । विराटनगरमै विद्युतीय गाडीको कारखाना खोल्नका लागि विराटनगरकै उद्यमी टिकाराम पुरीले सोमबार चाइना पुगेर सम्झौतामा हस्ताक्षर गरेका छन् । उनले नेपालमा विद्युतीय सवारी साधनको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सबै प्रकारका चारपाङ्ग्रे सवारी साधन उत्पादन गर्ने कारखाना खोल्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका हुन् । एक वर्षभित्र विद्युतीय सवारी साधन उत्पादन गर्ने तयारीका साथ कोशी एनके मोटर्स प्रालिका अध्यक्ष रहेका पुरीले चाइनाको स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनी लिमिटेडसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् । चाइनाको फुजियान प्रान्तमा रहेको उक्त अटो बडी कम्पनीसँग स्थानीय ज्योतिष शास्...
लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन हो । जनताद्वारा छानिएका जनप्रतिनिधिले देश सञ्चालन गर्ने अन्तर्राष्ट्रिय विधि नै लोकतन्त्रको विशेषता हो । कोशी प्रदेशको इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । विसं २०७९ सालको संसदीय निर्वाचनबाट निर्वाचित पूर्व सभामुख सुवासचन्द्र नेवाङको देहान्तपछि इलाम क्षेक्र नम्बर २ रित्त थियो । निर्वाचन आयोगको कार्यालयले यही वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । जसले गर्दा अहिलेको राजनीति इलाम क्षेत्र नम्बर २ मा तातेको छ । इलाममा यतिखेर २० राजनीतिक दलहरु तथा अन्य स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारपचारमा व्यस...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved