Biratnagar, Morang, Nepal
२६ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी
भोटेकोशी बाढीको दुई साता : न मृत्युको प्रमाण, न जीवनको खबर
२५ भदौ २०८३, बिहिवार

विराटनगर । मोरङ सुन्दरहरैंचा–८ सलकपुरका भोजराज अधिकारी रसुवाबाट बेपत्ता बनेको बुधबार १५ दिन पूरा भयो । दुई सातायता उनको घरको वातावरण एकदमै सुनसान छ ।  ४३ वर्षीय भोजराजको फोन नआएको १५ दिन पूरा भयो । भदौ १० गते बिहान ८ बजेर ४८ मिनेटसम्म उनी परिवारको सम्पर्कमा थिए । त्यसपछि उनको मोबाइल मौन भयो । त्यो मौनता अहिलेसम्म कायमै छ । ‘बुबा कहाँ हुनुहुन्छ?’ भन्दै १४ वर्षीया छोरीले सोध्दा परिवारसँग उनलाई दिने जवाफ छैन । भोजराजका ७३ वर्षीय बुबा हरिहर अधिकारी र ६१ वर्षीया आमा जानुका अधिकारीका लागि छोराको पर्खाइ दिनसँगै झन् भारी हुँदै गएको छ । त्यसदिन बिहानै भोजराज रसुवागढी प...

समाज
प्याब्सन झापाले ६० लाख राहत उपलब्ध गराउने
उद्‌घोष संवाददाता २५ भदौ २०८३, बिहिवार

झापा । राष्ट्रिय विपद्बाट प्रभावित नागरिक तथा परिवारको राहतका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । प्याब्सन नेपालको आह्वानमा राष्ट्रिय विपद्‍बाट प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्ने अभियानअन्तर्गत प्याब्सन झापाले उक्त रकम संकलन गरेको हो । संकलित रकम प्याब्सन नेपालमार्फत राहतका लागि उपलब्ध गराउने तयारी गरिएको छ । प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीका अनुसार विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले जिल्लाका शिक्षक, विद्यार्थी, अभिभावक र सदस्य विद्यालयको सहभागितामा रकम संकलन गरिएको हो । राहत रकम...

राजनीति
राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री
उद्‌घोष संवाददाता २५ भदौ २०८३, बिहिवार

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै कानुनमन्त्री सोविता गौतमप्रति आपत्ति जनाएकी छन् ।  बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै झाँक्रीले राष्ट्रिय सभाले अहिलेसम्म कति विधेयकमा काम गरेको छ भन्ने विवरण सार्वजनिक गर्न माग गरिन् ।  केही दिनअघि कानुनमन्त्री गौतमले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण जनताले चाहेजस्तो कानुन निर्माण गर्न नसकिएको टिप्पणी गरेकी थिइन् । त्यसप्रति आपत्ति जनाउँदै झाँक्रीले राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजिएको ब...

राष्ट्रिय
आर्थिक
शिक्षा
पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन
उद्‌घोष संवाददाता २५ भदौ २०८३, बिहिवार

विराटनगर । शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको पाठ्यक्रम प्रारुप परिमार्जन कार्यदलले विराटनगरमा सुझाव संकलन गरेको छ ।  विराटनगरको एभरेष्ट माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक गोपालनारायण श्रेष्ठले मन्त्रिस्तरीय निर्णय अनुसार गठन भएको कार्यदलले देशभर २८ जिल्लाबाट सुझाव संकलन गर्ने जानकारी दिए । उनले विभिन्न १२ वटा क्षेत्रको विषयगत समूहमार्फत कार्यदलले सुझाव संकलन सुरु गरिएको बताए । २०८३ बैशाख ११ गतेको मन्त्रिस्तरीय निर्णयबाट विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गर्न कार्यदल गठन भएको थियो ।  पाठ्यक्रम विका...

स्वास्थ्य
सुन्दरहरैँचा नगर अस्पतालमा चार विशेषज्ञ सेवा थप
उद्‌घोष संवाददाता २५ भदौ २०८३, बिहिवार

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगर अस्पतालमा चारवटा विशेषज्ञ सेवा थप गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच नगरप्रमुख केदारप्रसाद गुरागाईंले सम्बन्धित चिकित्सकलाई बिरामी पुर्जा हस्तान्तरण गर्दै विशेषज्ञ सेवा शुभारम्भ गरेका हुन् । अस्पतालमा वरिष्ठ जनरल फिजिसियन डा. सन्तोषकुमार महतो, वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सुरज दाहाल, वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. मनिषप्रसाद गुप्ता र वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. कल्पनाकुमारी यादवको सेवा थप गरिएको हो । यसअघि अस्पताल प्रमुख डा. विशालचन्द्र सुवेदी विशेषज्ञ चिकित्सकको रूपमा रहेकाले अब उनीसहित पाँच जना विशेषज्ञ चिकित्सक...

खेलकुद
क्रिकेट संघले फिर्ता गर्यो ६ लाख
उद्‌घोष संवाददाता २४ भदौ २०८३, बुधवार

विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघले प्रदेश खेलकुद विकास बोर्डलाई ६ लाख रुपैयाँ फिर्ता गरेको छ ।  संघले २०८० सालमा अन्तर–प्रदेश क्रिकेट प्रतियोगिता छनोट खेल तथा तयारीका लागि भन्दै लिएको रकम बेरुजु देखिएकोले फिर्ता गरेको हो । बोर्डबाट आर्थिक वर्ष २०८०–८१ मा निकासा भएको सो ६ लाख रुपैयाँ बेरुजु देखिंदा संघले भदौ १७ गते सामाजिक विकास मन्त्रालयको खाताको सो रकम जम्मा गर्दै बेरुजु फछ्र्यौट गरिदिन बोर्डमा निवेदन दिएको थियो । बोर्डका सदस्य सचिव विप्लव घोषका अनुसार बोर्डले विभिन्न खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद समिति र खेलकुद संघमार्फत उपलब्ध गराएको रकम लामो समयदेखि...

साहित्य
आमा छोरीको दुई कृति विमोचन
उद्‌घोष संवाददाता १५ भदौ २०८३, सोमवार

विराटनगर । भद्रपुर पुस्तकालय, भद्रपुर झापाको आयोजनामा मुक्तककार लता खरेलको ‘शिशिरको जून’ मुक्तक सङ्ग्रह र बालकवि सफलता फुयलको कविता सङ्ग्रह ‘आभा’ एक समारोहबिच लोकार्पण गरिएको छ । भद्रपुर पुस्तकालयका अध्यक्ष प्रा. चिन्तामणि दाहालको सभापतित्व तथा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सभापति दाहाल, प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि समालोचक प्राध्यापक कविराज न्यौपाने, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, लता खरेलका माता, पिता र सासू,ससुरा लगायतले  संयुक्त रुपमा सो कृतिको लोकार्पण गरेका हुन् । लोकार्पित क...

वातावरण
आजको मौसम : कता पर्दैछ पानी ?
उद्‌घोष संवाददाता २४ भदौ २०८३, बुधवार

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको सबै भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका...

मनोरञ्जन
भिरको काखमा बस्ती, जोखिममा दैनिकी (तस्बिरसहित)
उद्‌घोष संवाददाता २५ भदौ २०८३, बिहिवार

जाजरकोट । भिरालो जमिनको काखमा टाँसिएका बस्ती, तल गहिरो खोला र माथि खस्न तयारजस्ता देखिने पहाड । यही भूगोलबीच जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ का बासिन्दाको दैनिकी चलिरहेको छ । भेरी करिडोर हुँदै डोल्पासम्म पुग्ने सडक यी बस्तीको जीवनरेखाजस्तै बनेको छ । तर करिडोरअन्तर्गतका खोलामा पुल नहुँदा सवारीसाधनले वर्षायाममा जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था छ । पानीको बहाव बढ्दा सडक र खोला पार गर्ने बाटो नै अवरुद्ध हुने गरेको छ । जाजरकोटतर्फका औलगुत्ता र बाँइकाँडा तथा रुकुम पश्चिमतर्फका दामाचौर, मुलातरा लगायतका बस्ती भिरालो भूभागमा छन् । कतै पहाडको फे...

अन्तर्राष्ट्रिय
अमेरिकाको मियामी विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु
उद्‌घोष संवाददाता २२ भदौ २०८३, सोमवार

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजनका लागि उडान गरिरहेको २१ एयरको कार्गो विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे भएको दुर्घटनामा विमानले रनवे पार गर्दै बाहिर निस्किएपछि धेरै सवारीसाधनमा ठक्कर दिएको र त्यसपछि आगलागी भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । मियामी–डेड फायर रेस्क्यु प्रमुख राइड ‘रे’ जदाल्लाहका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ भने अन्य दुई जनाक...

प्रविधि
बाढी प्रभावित क्षेत्रमा एनसेलले स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट !
उद्‌घोष संवाददाता २४ भदौ २०८३, बुधवार

विराटनगर । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन एनसेलले स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउन थालेको छ । सञ्चार सञ्जाल अवरुद्ध भएका स्थानमा समेत आपत्कालीन अवस्थामा सम्पर्क कायम राख्ने उद्देश्यले एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट उपकरण जडान गर्न थालेको हो । एनसेलले सरकारी निकायसँगको समन्वयमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि महत्वपूर्ण र आवश्यक पहिचान भएका स्थानमा उपकरण जडान गरिरहेको जनाएको छ ।  सो प्रविधिमार्फत बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर, राहत वितरण केन्द्र, अस्थायी शिव...

विचार
समाजको सीमा र जिम्मेवारी
२६ भदौ २०८३, शुक्रवार

केही दिनको अन्तरालमा नेपालमा घटित दुई घटनाले हाम्रो समाजको एउटा गम्भीर पक्षलाई फेरि सतहमा ल्याएको छ  । बाराको जीतपुर–सिमरा–१ की तीन वर्षीया गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराइन्  । परिवारले खोजी गर्‍यो र केही घण्टामै प्रहरीमा जानकारी गरायो ।   दुई दिनपछि घरनजिकैको एउटा परिचितको घरमा उनको शव भेटियो । प्रारम्भिक अनुसन्धानमा उनीमाथि यौन हिंसा भएको र त्यसपछि हत्या गरिएको प्रहरीले जनाएको छ । घटनामा प्रहरीको प्रारम्भिक खोजी तथा प्रतिक्रियामाथि समेत गम्भीर प्रश्न उठेका छन् । यही बीचमा काठमाडौंको ठमेलमा सडकमा हिँडिरहेकी एक महिलालाई एक पुरुषले...

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved