विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिको महिला उद्यम समिति विस्तार भएको छ ।
महिला उद्यमी कृति श्रेष्ठको संयोजकत्वमा बनेको महिला उद्यम समितिमा उद्यमीहरू शान्ता श्रेष्ठ, बेविना दाहाल र प्रतीक्षा अधिकारीलाई मनोनित गरिएको हो ।
संयोजक कृति श्रेष्ठका अनुसार समितिलाई अझ बलियो बनाउँदै लैजाने तयारी अनुसार तिहारपछि थप महिला उद्यमीहरूलाई सदस्यमा मनोनित गरिने जानकारी दिइन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले समितिमा मनोनित सदस्यहरूलाई मनोनित गरिएको पत्र हस्तान्तरण गरेका हुन् ।
View : 40
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved