Biratnagar, Morang, Nepal
२५ कार्तिक २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आज भाइटिका, उत्तम साइत ११ बजेर ७ मिनेटमा

उद्‌घोष संवाददाता
२५ कार्तिक २०८३, बुधवार

Advertisement

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज देशभर भाइटीका पर्व मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । यद्यपि साइतबाहेक अन्य समयमा पनि टीका लगाउन बाधा नरहेको समितिले जनाएको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका तथा मखमली माला लगाइदिने परम्परा छ ।

भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइलाई पूजा गरी टीका लगाइदिने र दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने चलन छ । यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ ।

धार्मिक मान्यताअनुसार भाइटीकालाई यमद्वितीया पनि भनिन्छ। यमराज र उनकी बहिनी यमुनासँग जोडिएको पौराणिक कथासँग यस पर्वको सम्बन्ध रहेको छ ।

View : 50

२५ कार्तिक २०८३, बुधवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved