ग्राहक बन्नका लागि
बेलबारी(मोरङ) । शिवेन्द्र बस्नेतको जिन्दगी कुनै बेला आकाशमै दौडिन्थ्यो । पेशाले पाइलट उनले धेरै समय ककपिटमा बसेर आकाशमा फन्को लगाएका छन् । पाइलट भएपनि सोचले व्यवसायी शिवेन्द्रका सफ...
विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले बिहीबार गृहजिल्ला खोटाङमा आफ्नै दलका कार्यकर्ताको नाराबाजी र विरोधको सामना गर्नुपरेको छ । नेपाली कां...
विराटनगर । नेपाल तरुण दल मोरङको विवाद बढ्दै गएपछि अधिवेशनको माग गरिरहेका युवाहरूले सभापति लापता (हराएको) अभियान चलाएका छन् । नेपाली कांग्रेसको युवा संगठन तरुण दलको जिल्ला अधिवेश...
विराटनगर । प्रधानमन्त्रीय पद्धति भएको नेपालको मन्त्रिपरिषदमा प्रधानमन्त्री सबैभन्दा शक्तिशाली भए झैं प्रदेश मन्त्रिपरिषदमा पनि मुख्यमन्क्री शत्तिशाली हुन्छन् । संवैधानिक प्रावधान नै त्यस्तै छ । तर, मंगलबार बिहानको कोशी प्रदेश मन्त्रिपरिषदको बैठकमा भने मुख्यमन्त्री हिक्मतकुमार कार्की निरीह जस्तै देखिए । गठबन्धन सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कार्कीसँग यतिबेला सत्ता सहयात्री नेपाली कांग्रेस पूरै असन्तुष्ट छ । असन्तोष बोकेर बसिरहेका कांग्रेसका मन्क्रीहरू मंगलबारको ‘क्याबिनेट’ बैठकमा मुख्यमन्त्रीमाथि खनिएका हुन् । कांग्रेसका मन्त्रीहरूले क्याबिनेट बैठकमै मुख्यमन्त्री...
विराटनगर । आफ्नै संरक्षणमा राखिएकी नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका बिर्तामोडमा पूर्वमेयर ध्रुबकुमार शिवाकोटीलाई उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले बिहीबार उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो । एमालेबाट निर्वाचित पूर्वमेयर शिवाकोटीलाई झापा जिल्ला अदालतले २०८१ पुस २२ मा ‘निर्दोष हुँ भन्न सकिने स्थिति नभएको’ भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । अदालतले थुनामा पठाए पनि अस्वस्थताको कारण देखाउँदै पूर्वमेयर शिवाकोटी बिर्तामोडको बिएण्डसी अस्पतालमा ५...
विराटनगर । उद्घाटन भएर सञ्चालनमा आउन नसकेको बथनाहा–विराटनगर कार्गो रेल सेवा चाँडै सञ्चालनमा आउने अवस्था सिर्जना भएको छ । उद्योगी व्यवसायीहरूले भारत र तेस्रो मुलुकबाट यो रेल सेवाबाट गरिने आयातमा ६० प्रतिशतसम्म लागत घट्ने भन्दै सञ्चालनको प्रतीक्षामा छन् । रेल सेवा उद्घाटन भएको दिन यता बथनाहाबाट विराटनगरमा रेल नफर्किएका कारण निरास बनेको औद्योगिक क्षेत्रका उद्योगीहरूलाई कार्गो रेलबाट आउने सामान लोड अनलोडका लागि आवश्यक उपकरण पूर्वाधार भने तयार भइसकेको जनाएको छ । कार्गो रेलबाट हुने लोडिङ अनलोडिङको जिम्मा पाएको ट्रान्स नेपाल फ्रेट सर्भिसेजका प्रबन्ध निर्देशक मुकेशकुमार राठी...
विराटनगर । भारत प्रशासित कश्मीर र पाकिस्तान सीमा क्षेक्र यतिबेला घातक हतियारको आवाजले अशान्त अनि तनावग्रस्त बनेको छ । दक्षिण एशियाका आणविक शत्ति सम्पन्न दुई राष्ट्रबीच बढेको तनावको आयतन भारत–पाक सीमाभित्र मात्रै सीमित छैन । त्यहाँबाट झण्डै २१ सय किलोमिटर पूर्वमा रहेको विराटनगरसम्मै त्यो तनावको बाछिटा फैलिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत भारत–पाक तनावको चौतर्फी असर नेपालमा पर्ने बताउँछन् । नेपालका अनुभवी उद्योगीसमेत रहेका राउतको ठहर छ ‘भारत–पाक युद्धले नेपाललाई प्रत्यक्ष युद्धको रूपमा नछुनसक्छ । तर, आर्थिक, सामाजिक, राजनीतिक...
विराटनगर । विराटनगरका पत्रकारहरूलाई पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको आयोजनामा आइतबार सम्पन्न ऊक्त कार्यत्रममा सञ्चार तथा आमसञ्चार विषयका विज्ञ डा. भानुभक्त आचार्यले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणका क्रममा डा. आचार्यले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा एआई प्रविधिको बढ्दो उपयोग, यसको सम्भावना र चुनौतीबारे विस्तृत जानकारी गराएका थिए । कार्यक्रममा विशेषगरी च्याटजीपीटी, डिपसिक, जेमिनी बाहेकका अन्य प्रमुख एआई उपकरणहरूको परिचय र व्यवहारिक प्रयोगका तरिकाबारे अवगत गराइयो । साथै, समाचार ले...
विराटनगर । साना पाइला मोरङ र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा डेन्टल तथा मेन्टल हेल्थ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी अस्पताल इनरुवासँगको सहकार्यमा एक दिने शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य शिविरमा कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी नायव उपरीक्षक डा. सरोज सिंह, साना पाइला मोरङकी अध्यक्ष तथा दन्त रोग विशेषज्ञ डा. मीरा आचार्य, नेपाल डेन्टल एशोसिएसन मोरङकी उपाध्यक्ष डा. निमिसा दास र मानसिक रोग विशेषज्ञ डा.सविता खड्काको टोलीले शिविरमा चेकजाँज गरेको जनाइएको छ । कार्यक्रममा प्रहरी तालिम केन्द्रका निमित...
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पहिलो पटक आयोजना गरेको मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा कोशी प्रदेश र मधेश प्रदेश विजयी भएको छ । जीवन विकास पब्लिक स्कुल परिसरमा आयोजित मैत्रीपूर्ण खेलकुदमा कोशीसहित मधेश प्रदेश र बागमती प्रदेशका शाखा कार्यालयका प्रमुखहरू र केन्द्रीय कार्यालयका विभागीय प्रमुख तथा कर्मचारीहरूले सहभागिता जनाएका थिए । फुटबल तर्फको उपाधि कोशी प्रदेश टिमले जितेको छ । फाइनलमा केन्द्रीय कार्यालयलाई ४–१ गोल अन्तरले पराजित गर्दै कोशी प्रदेशले उपाधि जितेको हो । कोशीले मधेश प्रदेश टिमलाई ४–० र केन्द्रीय कार्यालयले बागमती प्रदेश टिमलाई ५–० गोल अन्त...
विराटनगर । तेस्रो लेखक दिवसका अवसर पारेर नेपाली लेखक संघ कोशी प्रदेश र उदयपुर शाखाले स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम गरेको छ । उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने दुईजना स्रष्टालाई सम्मान गरिएको थियो । कार्यक्रममा गोवर्द्धन तामाङ र तेजनारायण शेर्पा ‘रञ्जन’ लाई सम्मान गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा गोपाल भण्डारी, लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारी, संघका प्रदेश महासचिव समेत रहेका प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, उदयपुर शाखा अध्यक्ष वासुदेव पोखर...
विराटनगर । बढ्दो जलवायु परिवर्तनको असरबारे विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरूले गर्मागर्मी बहस चलाएका छन् । कलेजको सभाहलमा आयोजित तेस्रो जलवायु सम्मेलनका अवसरमा विद्यार्थीहरूले जलवायु परिवर्तनमा नकारात्मक असर गरिरहेका अनेकौं विषय र मुद्दामा जोडदार प्रस्तुतिकरण गरेका थिए । कलेजको कक्षा ११ जीव विज्ञानतर्फ अध्ययनरत विद्यार्थीहरूले जलवायु परिवर्तनको असरबारे नेपालसहित विश्वमा परिरहेका गम्भीर असरबारे ‘तेस्रो जलवायु सम्मेलन–२०२५’ आयोजना गरी समुहगत प्रस्तुतिकरण गरेका हुन् । ‘ग्रहलाई सितल पार, हृदयलाई न्यानो पार’ भन्ने नाराका साथ आठ समूहमा वि...
विराटनगर । भारतीय फिल्म जगतका उत्कृष्ट व्यक्तित्व दादासाहेब फाल्केको १५६औंं जन्म जयन्तीको अवसरमा विराटनगर निवासी गीतकार अनिता सोनी पुरस्कृत भएकी छन् । शनिबार मुम्बईस्थित मुकेश पटेल अडिटोरियममा सोनीलाई नेपालबाट उत्कृष्ट गीतकार विधाको पुरस्कार प्रदान गरिएको जनाइएको छ । समारोहमा बलिउड संगीत क्षेत्रका उत्कृष्ट संगीतकार अनु मलिक, गीतकार समिर, गायकहरू सोनु निगम, शान, मन्दाकिनी लगायतका विभिन्न विधाका व्यक्तित्वहरूको सहभागिता थियो । गितकार सोनी लामो समयदेखि गीत लेखन क्षेत्रमा सक्रिय रहेकी छन् । उनका दुई दर्जन बढी हिन्दी र नेपालीका भिडियोहरू समेत प्रसारण भइरहेका छन् ।
विराटनगर । नेपालको सीमा जोडिएको भारतको बिहार राज्यको पूर्णियामा नेपाल भारत साझेदारी शिखर सम्मेलन, २०२५ हालै सम्पन्न भएको छ । ‘छिमेकीसँगका सहकार्यलाई तिव्रता’ विषयमा आधारित उक्त सम्मेलनमा नेपालका तर्फबाट नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशले सहभागिता जनाएको छ । सम्मेलनको आयोजना भने सब-हिमालयन रिसर्च इन्सटिच्यूट, नेपाल भारत सेन्टर र पी एच डी च्याम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज नयाँदिल्लीले गरेको हो । सम्मेलनमा नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष मुकेश उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार...
बाह्र वर्ष अघि स्थापना भएको यस कटहरी गाउँपालिका–१ जमटोकीमा अवस्थित रामजानकी टोल विकास संस्थाको अलग्गै पहिचान बनेको छ । प्रत्येक वर्ष खेलिने देउसी भैलोको रकमबाट आफ्नो टोलमा हुने सामाजिक क्रियाकलापमा प्रयोग हुने भाँडाकुँडा, कुर्सी, साउण्ड सिष्टम, मादल जस्ता अति उपयोगी सरसामानहरू खरिद, वनभोज क्रियाकलाप, प्रत्येक वर्ष संविधान दिवसको अवसरमा गरिने बृहत्तर शैक्षिक तथा खेलकुद प्रतियोगिता गर्ने कटहरी गाउँपालिकाको सर्वोत्कृष्ट टोल विकास संस्था हो । यस संस्था अन्तर्गत रहेको रामजानकी भजनकीर्तन मण्डलीले प्रत्येक एकादशीको दिन क्रमशः सदस्यहरूको घरमा गएर राति ८ बजे देखि १० बजेसम्म भजन कीर्तनको...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved