विराटनगर । विराटनगर–४ खार्जीमा गत जेठ २ गतेदेखि आयोजित एक महिने पुरुषोत्तम पुराण शनिबार समापन भएको छ ।
राधाकृष्ण भजन मण्डलीको आयोजना र गौतम परिवारको सहयोगमा लगाइएको पुराणमा दैनिक सयौं व्रतालु भक्तजनहरूको घुइचो लागेको आयोजक समितिकी अध्यक्ष रिता कट्टेलले जानकारी दिइन् ।
खार्जी गोपी टोलका महिला दिदीबहिनीहरूले एक महिनासम्म पुरुषोत्तम भगवानको व्रत बसी विश्व शान्ति र विश्वकल्याणको कामना गरेका हुन् । पण्डित रोहित गौतमले कथा वाचन गरेका थिए ।
गौतम परिवारको साथ र सहयोगका कारण पुरुषोत्तम पुराण सफल भएको भक्तजन चन्द्रा भट्टराई ढुङ्गेलले जानकारी दिइन् । समाजमा शान्ति र अमन चयन होस् भन्ने उद्देश्यले पुराण आयोजना गरिएको सहआयोजक अर्चना भट्टराई गौतमले बताइन् ।
राधाकृष्ण भजन मण्डलीमा १०० भन्दा बढी महिलाहरूको सहभागिता छ ।
View : 74
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved