Biratnagar, Morang, Nepal
३१ जेठ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

विराटनगरका किड्स भिलेजका ६८ बालबालिका दीक्षित

३० जेठ २०८३, शनिवार

Advertisement

विराटनगर । विराटनगर–५ स्थित शैक्षिक गन्तव्य ‘किड्स भिलेज स्कुल’ले आफ्ना ६८ जना विद्यार्थीलाई विशेष दीक्षान्त समारोहबीच दीक्षित गरेको छ। युकेजी तह पूरा गरी कक्षा १ मा प्रवेश गरेका साना नानीबाबुहरूलाई औपचारिक रूपमा बिदाइ तथा स्वागत गरिएको हो।

विद्यालयले हाटखोलास्थित गुरुकुलमा आयोजना गरेको भव्य दीक्षान्त समारोहमा बालबालिका तथा उनीहरूका अभिभावक उत्साहपूर्वक सहभागी भएका थिए।

 

कार्यक्रममा प्रमुख अतिथि तथा चर्चित अन्तर्राष्ट्रिय क्रिकेट निर्णायक (आईसीसी अम्पायर) बुद्धबहादुर प्रधान , बूढानीलकण्ठ स्कुलका प्राचार्य मणिराज भट्टराई, विद्यालयका अध्यक्ष मदन खतिवडा, प्राचार्य विजय दाहाल तथा प्रबन्ध निर्देशक पङ्कज जैनले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र र पदक प्रदान गरे।

 

समारोहलाई सम्बोधन गर्दै प्राचार्य विजय दाहालले दीक्षान्त कार्यक्रम बालबालिकाको प्रारम्भिक शिक्षाको एउटा महत्त्वपूर्ण खुड्किलो पार गरेको उत्सव भएको बताए।

पूर्वप्राथमिक तहको शिक्षा पूरा गरी प्राथमिक तहमा पाइला टेक्नु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै उनले यस्ता समारोहले बालबालिकामा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने हौसला प्रदान गर्ने बताए।

प्रमुख अतिथि बुद्धीबहादुर प्रधानले किड्स भिलेज स्कुलले छोटो समयमै हासिल गरेको प्रगतिप्रति खुसी व्यक्त गरे।

उनले बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा किड्स भिलेज विराटनगरमै अब्बल बन्दै गएको बताए।

 

वि.सं. २०७० सालमा स्थापना भएदेखि विद्यालयले निरन्तर रूपमा यस्तो दीक्षान्त समारोह आयोजना गर्दै आएको छ।

कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुतिले अभिभावक र अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

विद्यालयका निर्देशक पङ्कज जैनले सञ्चालन गरेको कार्यक्रममा दीक्षित विद्यार्थीहरू पदक र प्रमाणपत्र प्राप्त गर्दा निकै हर्षित देखिन्थे।

 

View : 20

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved