Biratnagar, Morang, Nepal
३१ जेठ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

अल न्यु किया के ३ सेल्टोस नेपाली बजारमा

उद्‌घोष संवाददाता
३१ जेठ २०८३, आइतवार

Advertisement

विराटनगर । किया नेपालले अल न्यु किया के ३ सेल्टोस नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंमा विशेष समारोह आयोजना गरी उक्त एसयुभी सार्वजनिक गरेको हो ।

तेस्रो पुस्ताको यो सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम र कार्यक्षमतामा व्यापक अपग्रेडहरू समावेश छन् ।

कियाको नयाँ के३ प्लेटफर्ममा निर्मित अल न्युकिया के ३ सेल्टोसमा ठूलो र बलियो बडी संरचना छ, जसले थप फराकिलो क्याबिन, उच्च स्तरको आराम र परिष्कृत ड्राइभिङ अनुभव प्रदान गर्छ । 

भारतमा रहेको कियाको अत्याधुनिक प्लान्टमा निर्मित यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुदै आएको छ ।

यो नयाँ एसयुभीमा ‘लेभल २ एडिएस’, २१ वटा स्ट्यान्डर्ड सुरक्षा सुविधा, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरूफ जस्ता विशेषताहरू छन्, जसले यसलाई आफ्नो सेगमेन्टकै सबैभन्दा धेरै सुविधायुक्त एसयूभी मध्ये एक बनाएको छ ।

एसयूभी सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै किया नेपालका कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले भनिन्, ‘अल न्यु किया के३ सेल्टोसमा नेपाली ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइन र उत्कृष्ट सुरक्षा प्रदान गर्ने कियाको प्रतिबद्धता झल्किन्छ । हामीलाई विश्वास छ यसले एसयूभी सेगमेन्टमा एक नयाँ स्तर कायम गर्नेछ ।’

अल न्यु किया के३ को मूल्यको ६८ लाख ९० हजार देखि ९५ लाख ९० हजारसम्म छ ।

View : 125

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved