Biratnagar, Morang, Nepal
३१ जेठ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

रुद्रेश्वर शिव मन्दिरमा पुरुषोत्तम पुराण

उद्‌घोष संवाददाता
३१ जेठ २०८३, आइतवार

Advertisement

विराटनगर । विराटनगर–४ स्थित श्री रुद्रेश्वर शिव पाञ्चायन मन्दिर सेवा समितिको आयोजनामा जेठ ३ गतेदेखि ३१ गतेसम्मको पुरुषोत्तम पुराण सम्पन्न भएको छ । 

पुरुषोत्तम महिनाको भजन, कीर्तन, कथावाचनलगायत विविध धार्मिक विषयमा एक महिने धार्मिक कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

पण्डित रोहित गौतमको मुखारबिन्दबाट कथावाचन, कीर्तन, भजन, रामलीला, कृष्णलीला शिवलीला, विष्णु भगवानको कथा वाचन भएको हो । 

पुरुषोत्तम महिना भगवानको महिना भएकाले पूजापाठ आराधना व्रत बसी भगवानलाई सम्झने महिना हिन्दु परम्परा अनुसार विश्वास गरिन्छ । 

रुद्रेश्वर शिव पञ्चायन मन्दिर सेवा समितिका अध्यक्ष नुर्जा तिम्सिनाका अनुसार भक्तजनहरूले स्वतस्फुर्त रूपमा आफ्नो गच्छे अनुसार आर्थिक सहयोगबाट एक महिने धार्मिक कार्यक्रम सम्पन्न भएको हो । 

दैनिक रूपमा ६० जना भन्दाबढी व्रतालुहरूले बिहान, साँझ र बेलुका पूजा आरती सन्ध्याकालीन पूजापाठ आराधना गरिएको थियो । 

पुरुषोत्तम महिना पवित्र महिना भएकाले विश्व शान्ति समाजमा एकता सहयोग भाइचारा कायम राख्ने उद्देश्यले पुरुषोत्तम पुराण आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

View : 36

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved