विराटनगर । फुटबल विश्वकपको उत्साहलाई लक्षित गर्दै सीजी तथा यसको प्रिमियम सिरिज सीजी मेरिडियाले ‘वल्र्ड कप टु वल्र्ड कप’ योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत ग्राहकहरूले टेलिभिजन खरिदमा आकर्षक क्यासब्याक, चार वर्षसम्मको वारेन्टी तथा सहज ईएमआई सुविधा प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार विश्वकप प्रत्येक चार वर्षमा आयोजना हुने भएकाले सोही अवधिलाई आधार बनाएर ग्राहकलाई चार वर्षसम्म ढुक्क हुने सुविधा प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको हो ।
योजनाअन्तर्गत ग्राहकहरूले टेलिभिजन खरिद गर्दा ३६ हजारसम्म क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।
साथै, सीमित मोडलका टेलिभिजनमा २ वर्षको पूर्ण वारेन्टी र थप २ वर्षको सर्भिस वारेन्टीसहित कुल ४ वर्षको वारेन्टी उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त वारेन्टी सुविधा सक्रिय गर्न ग्राहकले टेलिभिजन खरिदपछि कम्पनीको टोल–फ्री नम्बर १६६००१०२२११ मा सम्पर्क गरी वारेन्टी दर्ता गर्नुपर्नेछ ।
त्यसैगरी, टेलिभिजन खरिदलाई सहज बनाउन नागरिकताको आधारमा मात्र उपलब्ध हुने सजिलो ईएमआई सुविधा पनि ल्याइएको कम्पनीले जनाएको छ ।
यो योजना २०८३ जेठ २१ गतेदेखि साउन ३ गतेसम्म देशभर लागू हुने कम्पनीले जनाएको छ ।
सीजीका टेलिभिजनहरू देशभर रहेका २१ वटा सीजी डिजिटल शोरुम, आधिकारिक बिक्रेता सञ्जाल तथा कम्पनीका अनलाइन प्लेटफर्ममार्फत खरिद गर्न सकिने जनाइएको छ । बिक्रीपछिको सेवा सुनिश्चित गर्न देशभर ४० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।
View : 57
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved