Biratnagar, Morang, Nepal
३० जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

रास्वपा कोशी प्रदेश अधिवेशन, पदाधिकारी निर्वाचन पनि सम्पन्न

उद्‌घोष संवाददाता
२९ जेठ २०८३, शुक्रवार

Advertisement

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको पदाधिकारी निर्वाचन पनि सम्पन्न भएको छ । 

अधिवेशनअन्तर्गत पहिलो चरणमा सभापति र सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि मतदान सम्पन्न भएको हो ।

निर्वाचन समितिका अनुसार दोस्रो चरणको मतदानमा कुल २४३ मत खसेको थियो । मतगणनाबाट उपसभापतिमा होमराज दाहाल १४१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी गोविन्द भट्टराईले ९७ मत प्राप्त गरेको जनाइएको छ ।

महामन्त्री पदमा निरज कटवाल १५० मतसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी लक्ष्मण भण्डारीले ८५ मत प्राप्त गरेका छन् ।

दुई सहमहामन्त्री पदका लागि भएको प्रतिस्पर्धामा सुरेन्द्र कार्की १४६ र मञ्जरी घिमिरे ९५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । 

सहमहामन्त्री पदका अन्य उम्मेदवारहरू बिन्दु सिटौला (लक्की) ले ७५, सम्झना खातीले ३७, जुनाल गदालले ३८, युवराज खतिवडाले ३८ र भगवती रोका कार्कीले ३१ मत प्राप्त गरेका थिए ।

यसअघि सम्पन्न अध्यक्ष पदको निर्वाचनबाट चन्द्रबहादुर राई निर्वाचित भइसकेका छन् ।

अधिवेशनमार्फत रास्वपा कोशी प्रदेशले नयाँ नेतृत्व चयन गरेसँगै आगामी संगठन विस्तार र प्रदेशस्तरीय राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको नेता कार्यकर्ताहरूले बताएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरूले पार्टीलाई प्रदेशभर थप सुदृढ बनाउँदै जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

View : 101

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved