Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

सुनसरी क्रिकेट संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा सञ्जीव ढुंगाना

उद्‌घोष संवाददाता
३१ जेठ २०८३, आइतवार

Advertisement

सुनसरी । सुनसरी जिल्ला क्रिकेट संघको अध्यक्षमा सञ्जीव ढुंगाना सर्वसम्मत निर्वाचित भएका छन् । 

इनरूवामा शनिबार सम्पन्न संघको चौथो वार्षिक साधारणसभाले ढुंगानाको नेतृत्वमा १५ सदस्यीय नयाँ समिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा अफजल हुसेन, सचिव गोविन्द पौडेल र कोषाध्यक्षमा अब्दुल्ला खान छन् ।

सदस्यहरूमा सीपी पौडेल, विकास निरौला, ताहिर हुसेन, जयव्रत सरकार, रतन रौनियार, आनन्द अग्रवाल, नुनुदास गुप्ता, सुनोज निरौला, शिव यादव र सरोज बस्नेत छन् । 

निवर्तमान अध्यक्ष सीपी पौडेलका अनुसार नवनिर्वाचित अध्यक्ष ढुंगाना यसअघि संघको उपाध्यक्ष थिए भने पौडेल स्वयं सचिव पदमा पुनः दोहोरिएका हुन् । त्यस्तै अफजल हुसेन यसअघिको कार्यसमिति सदस्यबाट उपाध्यक्षमा उक्लिएका छन् । 

साधारणसभामा बोल्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बिप्लब घोष, नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य अर्जुन पौडेल तथा कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डेले पछिल्लो समय सुनसरीले राष्ट्रिय तथा स्थानीयस्तरका प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै नेपाली क्रिकेटको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएको बताएका थिए । 

साधारणसभाको अवसरमा पत्रकारितामार्फत सुनसरी तथा कोशी प्रदेशको क्रिकेट विकासमा योगदान पुर्याएको भन्दै पत्रकार अर्जुन सुवेदीलाई सम्मान गरिएको थियो । 

क्रिकेट प्रशिक्षक प्रदिपराज पाण्डे, राजकुमार प्रधान, फोटो पत्रकार गुरू ढकाललाई पनि सम्मान गरिएको संघले जनाएको छ । 

यस्तै, उमेर समूहका खेलाडीहरू १६ वर्षमुनिका कविराज खत्री र रवीन मण्डल, १९ मुनिका रोहन शाह, समिर कार्की, माथिल्लो उमेरका खेलाडीहरू प्रकाश कार्की र सुमन गहतराज पनि सम्मानित भएका छन् ।

View : 183

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved