Biratnagar, Morang, Nepal
३० जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

‘मोरङ एक चिनारी’ लोकार्पण र आठ स्रष्टा सम्मानित

उद्‌घोष संवाददाता
२८ जेठ २०८३, बिहिवार

Advertisement

विराटनगर । साहित्यकार बाबुराम श्रेष्ठ ‘वर्षा’ द्वारा लिखित कृति ‘मोरङ एक चिनारी’ एक समारोहबीच बुधबार विराटनगरमा लोकार्पण गरिएको छ।

नेपाल पूर्व प्रहरी संगठन, मोरङद्वारा प्रकाशित सो कृतिको लोकार्पणसँगै विभिन्न क्षेत्रका आठ जना विशिष्ट स्रष्टालाई सम्मानसमेत गरिएको छ।

 

कार्यक्रममा भाषाविद्, संस्कृतिविद् तथा साहित्यकार गणेश बज्राचार्य,  चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी लगायतले  उक्त कृतिको लोकार्पण गरे । 

कार्यक्रममा बोल्दै वक्ताहरूले ‘मोरङ एक चिनारी’ ले जिल्लाको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक पहिचानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

 

कृति विमोचन र स्रष्टा सम्मान कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठन, मोरङका अध्यक्ष विन्देश्वर श्रेष्ठ र दार्जिलिङकी साहित्यकार विमला प्रधान जोशीले संयुक्त रूपमा कृतिको विमोचन गरे । 

सोही अवसरमा विभिन्न क्षेत्रका आठ स्रष्टालाई सम्मान अर्पण गरियो।

सम्मानित हुने स्रष्टाहरूमा इनरुवाका गोपाल कोइराला ‘त्यागी’, दार्जिलिङका सचिन दुमी राई र आशा मुखिया लामा, सुनसरीका शम्भुबहादुर पोखरेल, भोजपुरका नाराहाङ राई तथा विराटनगरका मधु पोखरेल, ऋषिकुमार झा र कामना राई छन् ।

नेपाल पूर्व प्रहरी संगठन, मोरङको आयोजना तथा जंगवीर गुभाजू श्रेष्ठ प्रतिष्ठान, अर्जुनधारा–११, झापाको सह-आयोजनामा सम्पन्न सो कार्यक्रमले मोरङको साहित्यिक र सांस्कृतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

View : 148

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved