Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
साहित्य

कुमार प्रधान र नानुमैया दाहाल पुरस्कृत

विराट साहित्य संगमको २३८ औँ साहित्यिक शृङ्खला सम्पन्न

उद्‌घोष संवाददाता
३० जेठ २०८३, शनिवार

Advertisement

विराटनगर / प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना हुँदै आएको ‘विराट साहित्य संगम’ को २३८ औँ साहित्यिक शृङ्खला विराटनगरमा भव्यताका साथ सम्पन्न भएको छ।

जेठ ३० गते राष्ट्रसेवक सहकारीको सभाहलमा आयोजित कार्यक्रममा सहभागी स्रष्टाहरूमध्येबाट कुमार प्रधान र नानुमैया दाहाललाई ‘सहभागिता प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको छ।

 

संस्थाका उपाध्यक्ष जीवन काफ्लेको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा साहित्यकार बलराम पोखरेल प्रमुख अतिथि र प्रा. डा. मेदिनी शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा प्रा. डा. मीनराज ढकाल, प्रा. एकराज भट्टराई, सरला चापागाईं, भीमेन्द्रबहादुर कार्की, एकनाथ ढकाल, चन्द्रकान्त भट्टराई, कविता केशरी, जमुना पौडेल, शान्ता कर्ण, सरिता तुलाधर, सुजाता राई, सरिता प्रसाईं, नानुमैया दाहाल, कविता भट्टराई, अम्बिका खरेल, कुमार प्रधान, गोविन्द भगत, केशव रिजाल, अर्जुन नेपालले सिर्जनाहरू वाचन गरेका िथए । 

 

 यसैगरी उमानाथ घिमिरे, भूपाल अधिकारी, ऋषि तिवारी, किरण अन्जान, रोहणी रसिक, शारदा भट्टराई, गोपाल निर्भीक, हरिप्रसाद बराल र शैलेन घिमिरेले आफ्ना सिर्जनाहरू वाचन गरेका िथए ।

View : 200

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved