Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

संस्थागत विद्यालयका शिक्षकलाई अभिमुखीकरण

उद्‌घोष संवाददाता
३१ जेठ २०८३, आइतवार

Advertisement

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विराटनगर शाखाले शिक्षकहरुलाई विराटनगरमा दुईदिने अभिमुखीकरण तालिम दिएको छ । 

विराटनगरका ६५ संस्थागत (निजी) विद्यालयका कक्षा १ देखि ३ सम्म अध्यापन गराउने २ सय १४ जना र ४ देखि ५ सम्म अध्यापन गराउने १९० शिक्षक गरी ४ सय ४ जनालाई एकदिने अभिमुखीकरण दिइएको हो ।

विद्यालय क्षेत्र सुधार योजना २०६६ अनुसार कक्षा १ देखि कक्षा ३ सम्म निरन्तर मूल्याङ्कन प्रणाली लागू भइसकेकाले संस्थागत विद्यालयले समेत निरन्तर मूल्याङ्कन प्रणाली अनुसार शिक्षकहरूलाई अभिमुखीकरण गरिएको कार्यक्रमका संयोजक तथा प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामाले बताएका छन् । 

त्यस्तै क्रमशः कक्षा ६ देखि ८ र कक्षा ९ देखि १० सम्म अध्यापन गराउने शिक्षकहरुलाई समेत आगामी दिनमा पुनर्ताजगी तालिममा सहभागी गराउने प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले बताए ।

परीक्षाकेन्द्रित भन्दा सिकाइकेन्द्रित शिक्षा प्रदान गर्ने, सिकाइको स्तर पहिचान गर्ने विद्यार्थीको कमी कमजोरीहरू समयमै सुधार गर्ने, विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग गर्ने, विद्यार्थीमा परीक्षाको तनाव कम गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको छ ।

तालिमको सहजीकरण विज्ञ प्रदिप बिष्टले गरेका थिए । अभिमुखीकरणमा ९० प्रतिशत महिला शिक्षक र १० प्रतिशत पुरुष शिक्षक तालिममा सहभागी   भएका जनाइएको छ । 

निरन्तर मूल्याङ्कन प्रणाली देशैभरि लागू भइसकेकोले प्रत्येक वर्ष शिक्षकहरूलाई पुनर्ताजकी तथा अभिमुखीकरण कार्यक्रम प्याब्सन विराटनगरले आयोजना गरेको जनाएको छ ।

View : 171

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved