विराटनगर । झापा र इलामको सिमानामा पर्ने झापाको बुद्धशान्ति गाउँपालिकाको दुई वटा स्थान यतिबेला पर्यटकले भरिभराउछ । हालसालै भाइरल भएका यी दुई स्थानले पालिकालाई नै संसारभर रहेका नेपालीले चिन्न थालेका छन् ।
इलामतिर उक्लिने आन्तरिक पर्यटक यहाँको भाइरल शिरिषको पूmलका रूख र टिमाई खोलाको झोलुङ्गे पुलमा रोकिन्छन् ।
बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा पर्ने बर्ने चिया कमानमा रहेको शिरिषका फूलका रूख यस बेला राताम्मे छन् ।
एक दुई गर्दै यति पर्यटक आउन थालेकी यहाँ बिदाका दिन ट्राफिक जाम हुन थालेको छ । मेची राजमार्ग किनारका शिरिषको फेदमा फोटो खिच्ने मानिस यति थिए कि शनिबार एकले अर्कालाई नछोई हिंड्न सम्भव थिएन ।
चियाबारीसँगै रहेका रूख छोपिने गरी फूलको शिरिष देखेर टाढाटाढादेखि मानिस आउने गरेका छन् ।
‘शनिबार मात्रै १० हजार भन्दा बढी मानिस यहाँ फोटो खिच्न र रमाउन आउँछन्’ वडाअध्यक्ष शेरबहादुर रायाले भने । यतिका पर्यटक आएपछि स्थानीय एक सय जना जति मानिसले रोजगारी पनि पाएका छन् ।
पर्यटकले खाने खाजा, चिया, चिसो पेय, आइसक्रिम, चटपटेका अस्थायी टहराहरू बनेका छन् । उनीहरूको फोटो र भिडियो खिचिदिने कयौं युवाहरूले रोजगारी पाएको राया बताउँछन् ।
यी शिरिषका रूख नयाँ हैनन्, वर्षौदेखि फूलिरहन्थे । ‘पहिले मानिसलाई पूmलको वास्तै थिएन, तीन वर्ष भयो मान्छे आउन थालेका’ उनले भने । सडक बिभागको जमिन भए पनि अस्थायी पसल सञ्चालन गर्ने कतिपयले अस्थायी ब्यवसायको इजाजत लिएर पालिकामा करसमेत बुझाउँदै आएका छन् ।
उता बुद्धशान्ति गाउँपालिका ६ र ७ नम्बर वडालाई जोड्न टिमाई खोलामा झोलुङ्गे पुल गत वर्ष बनाइएकाले यहाँ विदाका दिन हजार बढी मानिस फोटो खिच्नका आउने गरेका छन् ।
४ सय ७७ मिटर लामो यो पुल कोशी प्रदेशकै लामो झोलुङ्गे पुल बनेकाले पर्यटक आकिर्षित भएको ७ नम्बरका वडा अध्यक्ष चन्द्र भण्डारीले बताए ।
पुल बन्नुअघि ४ किलोमिटर तल झरेर पुल पार गर्नु पथ्र्यो । ‘पुल बनेपछि आवत जावतमा स्थानीयलाई सहज भयो नै, पर्यटक पनि आकर्षित भए’ उनले भने–‘पर्यटककै कारण यहाँका दुई दर्जन परिवारले रोजगारी पाएका छन् ।’
पुलको पश्चिम ७ नम्बर वडा तर्फ र पूर्व ६ नम्बर वडातर्फ गरी दुबै किनारमा स्थानीयले ब्यवसाय सञ्चालन गरेका छन् ।
बुद्धशान्ति–५ का वडाध्यक्ष डेगेन्द्र कार्कीका अनुसार, किसानका स्थानीय उत्पादन अहिले पुलकै मुखमै पर्यटकले खरिद गरेर लैजान्छन् । पहिले खोलो तरेर बजारसम्म पुर्याउनु पथ्र्यो ।
संघीय सरकारको लगानीमा ५ करोड ९२ लाख रूपैयाँमा पुल बनाइएको हो । खोला पूर्वको ५ र ६ नम्बर वडा र इलामको रोङ गाउँपालिकाको तल्लो भागका किसानले आङ्खनो उत्पादन बजारमा छिट्टै ल्याउन पुलले सहयोग गरेको स्थानीयको भनाइ छ ।
View : 313
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved