विराटनगर । विराटनगरस्थित इडेनवर्ग कलेजले अध्ययन पूरा गरी बाहिरिन लागेका विद्यार्थीहरूको बिदाइ तथा नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूको स्वागतका लागि विशेष कार्यक्रम आयोजना गरेको छ ।
शनिबार कलेजले एक बिशेष कार्यक्रम आयोजना गरी व्यवस्थापन तथा शिक्षा संकायअन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई सम्मानपूर्वक बिदाइ तथा स्वागत गरिएको हो ।
कार्यक्रममा बीबीएस र बीएड संकायका छैटौ ब्याचका १९६ जना विद्यार्थीलाई बिदाइ गरिएको कलेज प्रशासनले जनाएको छ । त्यस्तै, सोही संकायका नवौ ब्याचमा अध्ययनरत ४६४ जना नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियो ।
कलेजका निर्देशक भुवन नेपालले इडेनवर्ग कलेजले सुरूदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष, सक्षम र स्वरोजगारमुखी जनशक्ति उत्पादनमा विशेष जोड दिंदै आएको बताए ।
उनले अध्ययन पूरा गरी नयाँ यात्रामा निस्कन लागेका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै नयाँ विद्यार्थीहरूलाई मेहनत, अनुशासन र लगनशीलताका साथ अध्ययनमा केन्द्रित हुन समेत आग्रह गरे ।
कार्यक्रममा क्याम्पस प्रमुख दिपेन्द्रकुमार साहले कलेजले विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र नभई सीप, संस्कार र जिम्मेवारीबोधसमेत प्रदान गर्दै आएको उल्लेख गरे । कार्यक्रममा विद्यार्थीहरूको विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो ।
सोही अवसरमा आयोजित ‘डान्सिङ स्टार’ (नृत्य तारा) प्रतियोगिताले विद्यार्थीहरूमा उत्साह थपेको थियो ।
समारोहमा पत्रकार प्रेम देवानले आफ्ना स्वर्गीय बुबाको सम्झनामा स्थापना गरिएको ‘कृष्ण देवान स्मृति पुरस्कार’ समेत प्रदान गरेका थिए ।
View : 54
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved