विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक आर्थिक बर्ष २०८३–८४ को बार्षिक बजेट आज आउँदैछ ।
आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सोमबार दिनको ४ बजे कोशी प्रदेशसभाको बैठकमा बजेट बक्तव्यसहित आर्थिक बर्ष २०८३–८४ को विनियोजन र आर्थिक ऐन प्रस्तुत गर्दैछन् ।
संघीय सरकारबाट प्राप्त अनुदान रकम बढेका कारण कोशी प्रदेश सरकारले आगामी बजेट चालु बजेटभन्दा बढ्ने अनुमान गरिएको छ । यसभन्दा बाहेक प्रदेश सरकारको थप आन्तरिक आय भने बढेको छैन । आम्दानी नबढ्दा कोशी प्रदेश सरकार बहुबर्षीय योजनाहरूको भुक्तानी दायित्वबाट हरेक बर्ष थिचिंदै गएको छ ।
मन्त्रालय स्रोतका अनुसार पूर्वाधार निर्माणतर्फ कोशी प्रदेश सरकारलाई अहिलेपनि २० अर्ब बढी भुक्तानी दायित्व रहेको छ ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ का लागि भने ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
View : 79
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved