Biratnagar, Morang, Nepal
८ वैशाख २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी
कोशी प्रदेशको पहाडी क्षेत्रसहित बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
उद्घोष सम्वाददाता ७ वैशाख २०८१, शुक्रवार

काठमाडौँ, ७ वैशाख । शुक्रबार कोशी प्रदेशका पहाडी भागका केही स्थानसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यसैगरी  देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको हो । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागम...

समाज
विराटनगरमा १५ जोडीको सामूहिक विवाह सम्पन्न
उद्घोष सम्वाददाता ६ वैशाख २०८१, बिहिवार

विराटनगर । माहेश्वरी महिला मञ्चले बिहीबार विराटनगरमा १५ जोडीको सामूहिक विवाह गरिदिएको छ । विवाह गरेका प्रत्येक दुलहीहरूलाई सुनको तिलहरी, कानमा सुनकै गहना, फुली, चाँदीको पाउजु, बिछिया, पोते, लेहंगा दुपट्टा, सारी चोलो, कुर्ता सुरुवाल तथा बेहुलालाई सर्टपेन्ट, रजाई, छाता लगायतका सामग्री उपहारस्वरुप प्रदान गरिएको जनाइएको छ । त्यसैगरी विवाहित प्रत्येक जोडीहरूलाई मेकअपका सामग्री, भान्सामा आवश्यक पर्ने भाँडाकुँडा, खाद्यान्न र नगद ११ हजार रुपैयाँ समेत प्रदान गरिएको हो । मञ्चकी अध्यक्ष पुनम राठीले करीव ३५ लाख रुपैया“ सहयोग रकम जुटाएर १५ जोडीको सामूहिक विवाह गरिदिएको बताइन् । विवाहको मण्डप...

राजनीति
कोशीका मुख्यमन्त्री कार्कीलाई ३० दिनभित्र विश्वासको मत लिन बाध्य पार्ने संकल्प प्रस्ताव पारित
उद्घोष सम्वाददाता ७ वैशाख २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई २०८० चैत २६ गतेको मितिदेखि लागू हुने गरी ३० दिनभित्र विश्वासको मत लिन बाध्य पार्ने गरी प्रदेश सभामा पेश भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ ।  शुक्रबार बसेको प्रदेश सभाको विशेष अधिवेशनको दोस्रो बैठकमा सभामुख अम्बर बहादुर बिष्टले संकल्प प्रस्ताव प्रदेश सभाबाट बहुमतले पारित भएको घोषणा गरेका हुन् ।  नेकपा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारी प्रस्तावक र माओवादी केन्द्रका सांसद गणेशप्रसाद उप्रेती तथा एमालेका सांसद किशोरचन्द्र दुलाल समर्थक रहेर बिहीबारको प्रदेश सभाको बैठकमा उक्त संकल्प प्रस्ताव पेश भएको थियो ।  शुक...

राष्ट्रिय

आर्थिक
झापाका उद्योगी व्यवसायीलाई श्रम बजार सूचना प्रणालीबारे अभिभुखिकरण
उद्घोष सम्वाददाता ७ वैशाख २०८१, शुक्रवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले झापाका उद्योगी व्यवसायीहरूको संस्थागत विकासका लागि उद्योगीहरू तथा उद्योग वाणिज्य संघ र वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधि सहभागी गराएर अभिमुखीकरण सम्पन्न गरेको छ । महासंघका उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा शुक्रबार आयोजित अभिमुखीकरणमा श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि महासंघले थालेको प्रयासबारे जानकारी गराइएको जनाइएको छ ।  उपाध्यक्ष पोखरेलले उद्योग प्रतिष्ठानहरूमा कामदार सम्बन्धी माग र आपूर्तिको बेमेललाई सम्बोधन गर्ने बताए । उनले श्रम बजार सम्बन्धी अध्ययन नभएको अवस्थामा रोजगारदाताले दक्ष कामदार पाउन नसकेको धा...

शिक्षा
त्रिविको बेवास्ताले बीबीएसका विद्यार्थी मारमा
उद्घोष सम्वाददाता ५ वैशाख २०८१, बुधवार

विराटनगर । त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह व्यावसायिक अध्ययन (बीबीएस) का विद्यार्थीहरु चौतर्फी मारमा परेका छन् ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालयले समयमा परीक्षा नगर्ने र परीक्षाफलसमेत समयमा प्रकाशन नगर्दा ती विद्यार्थीहरु चौतर्फी मारमा परेका हुन् । विसं २०७७ मा भर्ना भएकाले चार वर्षमा दोस्रो वर्षको परीक्षाफल पर्खिरहेका छन् ।  २०७७ भदौमा बीबीएस प्रथम वर्षमा भर्ना भएका ती विद्यार्थीहरु लोकसेवालगायत अन्य परीक्षाको तयारी गर्ने कि क्याम्पसकै पढाइमा होमिने वा यस्तै रहिरहने हो भन्ने अन्योलमा परेका छन् । कतिपय त पढाइ छोडेर वैदेशिक रोजगारीमा जानेकि भनेर रणभु...

स्वास्थ्य
उपचारमा लापरवाही गरेको भन्दै नोबेलका डाक्टर साहलाई कारवाहीको माग
उद्घोष सम्वाददाता ७ वैशाख २०८१, शुक्रवार

विराटनगर । नोबेल मेडिकल कलेज र त्यहाँ कार्यरत एक चिकित्सकलाई कारवाहीको माग गर्दै एक महिलाले मोरङ प्रशासनमा निवेदन दिएकी छन् । इटहरी–५ निवासी आस्था दाहालले उनका श्रीमान सुमन तिम्सिनाको गलत उपचार गरेको जनाउँदै बिहीबार जिल्ला प्रशासन कार्यालयमा कारवाही र क्षतिपूर्तिको माग गरेर निवेदन दिएकी हुन् । मृगौलामा १३ एमएमको पत्थरी रहेकाले तिम्सिना नोबेलमा कार्यरत चिकित्सक रामसागर साहसँग सुझावका लागि पुगेका थिए । गत चैत ८ मो तिम्सिनालाई पीसीएनएल प्रविधिबाट शल्यक्रिया गर्ने भनेर डा. साहले नोबेलमा भर्ना गरेका थिए । ‘४५ हजार रूपैंयाँको बिल तिरेपछि ९ गते अप्रेशन थिएटरमा लगेर श्रीमानलाई ब...

खेलकुद
प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्ले फेरी विवादमा
उद्घोष सम्वाददाता ७ वैशाख २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले विवादमा आउने क्रम रोकिएको छैन । उनी कहिले आर्थिक अनियमितता, कहिले आफुखुसी प्रशिक्षक छनौट त कहिले खेलकर्मीहरुमाथि दुर्व्यवहारका घटनामा जोडिने गरेका छन् । पछिल्लो पटक मोरङ जिल्ला उषु संघ विराटनगरले वाग्लेमाथि कारवाहीको माग गर्दै आन्दोलित बनेको छ । उनले आफ्नो पदीय जिम्मेवारी विपरित कार्य गरेको भन्दै संघले कारवाहीको माग गरेको हो ।  संघले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी सदस्य सचिव वाग्लेले खेलकुदजन्य कार्यमा सम्लग्नलाई निरुत्साहित गर्ने साथै उषु खेल प्रशिक्षक विनोद मरिकलाई दुर्व्यवहार गरेकोले कार्वाही गर्न माग गर...

साहित्य
नझरेका फूलहरूले मनायो वार्षिकोत्सव
उद्घोष सम्वाददाता ५ वैशाख २०८१, बुधवार

सुन्दरहरैंचा । सुन्दरहरैंचामा साहित्यिक गतिविधि गर्दै आएको नझरेका फूलहरूले १० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवमा अवसरमा ४२ औं पलोटी श्रृङ्खला, स्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम  सम्पन्न भएका छन् ।  चर्चित गजलकार तथा साहित्यकार मनु मञ्जिलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायक कृष्णराजा श्रेष्ठलाई ‘नझरेका फूलहरू स्रष्टा सम्मान–२०८१’ बाट सम्मान गरिएको छ । साथै कार्यक्रममा उद्घोष राष्ट्रिय दैनिकका सम्वाददाता मणिराम दाहाल तथा सञ्चारकर्मी खेमचन्द्र अधिकारी र  अर्जुन कुलुङ राईलाई नगद तथा कदरपक्रद्वारा सम्मानित गरिएको छ । कार्यत्रमको...

वातावरण
कोशी प्रदेशको पहाडी क्षेत्रसहित बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
उद्घोष सम्वाददाता ७ वैशाख २०८१, शुक्रवार

काठमाडौँ, ७ वैशाख । शुक्रबार कोशी प्रदेशका पहाडी भागका केही स्थानसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यसैगरी  देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको हो । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागम...

मनोरञ्जन
गुरुकुलमा शुक्रबारदखि ‘सत्य हरिश्चन्द्र’
उद्घोष सम्वाददाता २३ चैत २०८०, शुक्रवार

विराटनगर । शुक्रबारदेखि आरोहण गुरुकुल विराटनगरमा ‘सत्य हरिश्चन्द्र’ नाटक मञ्चन हुने भएको छ । सुशीला कोइराला नाटकघरमा गुरुकुलले चैत ३० गतेसम्म नाटक मञ्चन गर्न लागेको हो । आधुनिक हिन्दी साहित्यका पिता मानिने भारतेन्दु हरिश्चन्द्रले लेखेको नाटकलाई केदार सत्यालले नेपालीमा भावानुवाद गरेका हुन् । सन् १८७६ मा भारतमा पहिलो पटक प्रकाशित भएको यो नाटकमा सूर्यवंशी सत्यवादी राजा हरिश्चन्द्रको कथा छ । नाटकको मूल विषय  राजा हरिश्चन्द्रको इमान्दारिता र सत्यको परिक्षा हो । नाटकमा रविन चिमरिया, सविन भट्टराई, सागर विश्वास, प्रदिप दाहाल, दीक्षा चौधरी लगायतको अभिनय छ । दैनिक साँझ ५ः३० बजे...

अन्तर्राष्ट्रिय
पाकिस्तानमा एकसाता परेको चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु
उद्घोष सम्वाददाता ३ वैशाख २०८१, सोमवार

लाहोर, ३ वैशाख । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो ।  पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । ’मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न, &l...

प्रविधि
सिजीका डिलरहरूलाई थाइल्याण्ड भ्रमणको अवसर
उद्घोष सम्वाददाता २ वैशाख २०८१, आइतवार

विराटनगर । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स्अन्तर्गत रहेका ब्राण्डहरू एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका आफ्ना  ३३ जना डिलरहरूलाई थाइल्याण्डको भ्रमणको अवसर प्रदान गरेको छ । बर्षमा उत्कृष्ट व्यापार गरेका डिलरहरूलाई थाइल्याण्डको विभिन्न शहरहरु– कोरल आइल्यान्ड, अल्काजर सो, नगनच भिलेज्, जेम ग्यालरी, बिग बुद्ध टेम्पलका साथै बैंककमा पनि क्रुज डिनर, सफारी वर्ल्ड, ओपन जु जस्ता आकर्षक स्थानहरूमा भ्रमण गराई मनोरञ्जन प्रदान गरिएको जनाइएको छ । थाइल्याण्ड भ्रमणमा सहभागी सम्पूर्ण डिलरहरूलाई खाना, बस्न लगायत यातायातको सबै ब्यवस्था सिजी...

विचार
कोशी प्रदेशको वस्तुस्थिति, योजना र विकाश: एक विश्लेषण
डा मोहनकुमार सुवेदी २१ चैत २०८०, बुधवार

नेपालको पूर्वी भेगमा अवस्थित २९ हजार ९०५ वर्ग किलोमिटर क्षेत्रफल रहेको कोशी प्रदेश  पूर्वमा भारतको  सिक्किम, पश्चिम बंगाल र बिहार अनि उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग अन्तर्राष्ट्रिय सिमाना जोडिएको छ । साथै पश्चिम दक्षिण र पश्चिम उक्तरमा त्रमशः मधेश प्रदेश र बाग्मती प्रदेशसँग सिमाना जोडिएको  छ । भौगोलिक, धार्मिक, सांस्कृतिक लगायतका क्षेत्रमा विविधता बोकेका १४ वटा जिल्लाहरु अन्तर्गतका १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित कुल १३७ वटा स्थानीय क्षेत्र समेटिएको कोशी प्रदेश आफैमा एक सम्भावना बोकेको प्रदेशमा पर्ने भएकोले यसको विकाश र समृद्घि सम्...

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved