Biratnagar, Morang, Nepal
२४ असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
खेलकुद

इजिप्टविरुद्धको रोमाञ्चक पुनरागमनले अर्जेन्टिना क्वार्टरफाइनलमा

उद्‌घोष संवाददाता
२४ असार २०८३, बुधवार

Advertisement

काठमाडौँ । इजिप्टविरुद्धको रोमाञ्चक पुनरागमनबाट साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टा स्टेडियममा गएराती भएको खेलमा २-० को अग्रता कायम गरिसकेको इजिप्टलाई खेलको बाँकी ११ मिनेट समयमा ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलम प्रवेश गरेको हो ।

खेलमा पहिलो अग्रता इजिप्टले लिएको थियो । १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट इजिप्टका उत्कृष्ट गोल गरे । ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल थप्दै इजिप्टलाई २–० को बलियो अवस्थामा पुर्याए ।

त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गरेको थियो । क्रिस्टियन रोमेरोले खेलको ७९औँ मिनेटमा गोल फर्काए । ८३औँ मिनेटमा लियोनेल मेस्सीले गरेको गोलले अर्जेन्टिना बराबरीमा पुग्यो र अतिरिक्त समयको ९०+३ औँ मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाएका थिए ।

View : 42

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved