काराकास । भेनेजुएलामा लगातार आएका शक्तिशाली भूकम्पका कारण हालसम्म कम्तिमा पनि १८८ जनाको मृत्यु भएको छ भने हजारौं जना घाइते भएका छन् ।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार मानवीय क्षतिको पछिल्लो जानकारी दिएकी हुन् ।
उनका अनुसार भूकम्पपछि करिब ३० वटा परकम्पहरू महसुस भएका छन् ।
सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन देशभरका स्रोत–साधन परिचालन गरिरहेको छ । साथै निजी क्षेत्रलाई उद्धार उपकरण तथा आवश्यक सामग्री उपलब्ध गराउन सहयोग गर्न आह्वान गरिएको छ ।
रोड्रिगेजले बिहान भएपछि अवस्था स्पष्ट देखिने भएकाले उद्धारकर्मीहरूले खोज तथा उद्धार अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेकी छन् ।
अधिकारीहरूका अनुसार यी भूकम्पहरू एक शताब्दीभन्दा बढी अवधिमा भेनेजुएलामा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्येका हुन्। यसको प्रभाव देशका विभिन्न भागमा महसुस गरिएको थियो ।
उत्तरी भेनेजुएलाको ला गुआइरा राज्यमा सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। उक्त क्षेत्रमा उद्धारकर्मीहरूले तीन जना बालबालिकालाई भग्नावशेषबाट जीवितै बाहिर निकालेका छन् ।
सरकारले उक्त क्षेत्रलाई ‘विपद् क्षेत्र’ घोषणा गरेको छ, जहाँ दर्जनौं भवन पूर्ण रूपमा भत्किएका छन् ।
संयुक्त राज्य भूगर्भ सर्वेक्षण अनुसार बुधबार स्थानीय समयअनुसार साँझ ६ः०४ बजे ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसको करिब ४० सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को अझ शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रविन्दु राजधानी कराकसबाट करिब १६० किलोमिटर पश्चिममा रहेको मोरोन नजिक रहेको बताइएको छ ।
शक्तिशाली भूकम्पपछि भेनेजुएला सरकारले देशभर आपतकालीन अवस्था घोषणा गरेको छ । (सीसीटीभीप्लस)
View : 41
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved