विराटनगर । विराटनगरका कवि सुमन पोखरेलको योगदानका कारण रसियामा नेपाली कविताको रसियाली भाषामा अनुभव तथा प्रकाशन हुने क्रम पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको छ ।
यसअघि कवि सुमन पोखरेलका कविताहरू रसियाली भाषामा अनुवाद भई पुस्तकका रूपमा प्रकाशित भइसकेका छन् ।
त्यसको निरन्तरतास्वरूप पोखरेलकै संयोजकत्वमा अहिले विराटनगरका कवि कृष्णभूषण बल, धीरज राईका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, गीता त्रिपाठी, कुन्दन शर्माका कविताहरू रसियाली भाषामा अनुवाद गरी प्रकाशन भैसकेको छ ।
प्रकाशन भएका कवितामा कृष्णभूषण बलको ‘हराएकी छोरीको खबर’, धीरज राईका तीन कविताहरू मृत्युको ट्रेलर , धर्म र कसम, देवकोटाको ‘गौथली र देवकोटा’, गीता त्रिपाठीको ‘रूपान्तरण ’, र कुन्दन शर्माको ‘मेरो आफ्नै एउटा कुनो’ लगायतका कविता समावेश छन् ।
यस साहित्यिक अभियानमा रसियाली साहित्यकारहरूको सक्रिय सहभागिता छ।
संकलनमा नेपालविज्ञ (लिम्बूजातिको संस्कृतिमा विद्यावारिधि गरेकी) लिलिया स्ट्रेल्त्सोभाकोले भूमिका लेखेकी छन् ,
ती विभिन्न कविताको रसियाली अनुवाद मारिया ब्रेगम्यान, अन्ना शारापोभा र झान्ना सिजोभा, गुयरमन भासोभ लगायतले गरेका छन् ।
नेपाली कवितालाई रसियाली पाठकमाझ पु¥याउने यस अभियानमा कवि सुमन पोखरेलले समन्वय तथा अनुवादको महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
नेपाली साहित्यका प्रतिनिधि कविहरूका कृतिहरू रसियाली भाषामा प्रकाशित हुन थालेसँगै नेपाली कविताले अन्तर्राष्ट्रिय पाठकमाझ थप पहुँच बनाउने र नेपाल–रसिया साहित्यिक सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
View : 87
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved