रंगेली । मोरङको रङ्गेली नगरपालिकाले बुधबार सामुदायिक विद्यालयमा अध्ययनरत ३०० बढी छात्रासँग ‘छात्रासँग उपमेयर कार्यक्रम’ कार्यक्रम सम्पन्न गरेकोे छ ।
‘रंगेलीको इच्छा, छोरीलाई शिक्षा’ भन्ने नारासहित सो कार्यक्रमको आयोजना गरिएको हो । पालिकाले १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का सहभागी छात्राहरुलाई कार्यक्रममार्फत झोला र शैक्षिक सामग्रीले सम्मान गरेको छ ।
अवसरमा छात्राहरूलाई एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । किशोरी अवस्थामा शारीरिक तथा मानसिक विकास, कुलत र कुसंगतबाट बच्ने उपाय, साइबर अपराधबाट जोगिने उपाय, तनावमुक्त हुने उपाय तथा शारीरिक परिवर्तन सँगसँगै स्वभावमा आएको परिवर्तन विषयमा विज्ञले अभिमुखीकरणमार्फत सहजीकरण गरेका छन् ।
कार्यक्रम रंगेली नगरपालिकाकी कार्यवाहक नगर प्रमुख भूमा पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह, शिक्षा अधिकृत लीलादेवी ओझा, प्रधानाध्यापक एवं शिक्षकहरू, शिक्षामा सरोकार राख्ने निकाय लगायतको सहभागिता रहेको थियो ।
रंगेली नगरपालिकाले विगतका दिनदेखि नै छात्रासँग उपमेयर कार्यक्रम गर्दै आएको छ ।
अभिमुखीकरण कार्यक्रममा सहभागी छात्राहरू चेतना खवास संगम तामाङ भूमिका गिरी लुना झाकर लगायतले कार्यक्रम अत्यन्तै राम्रो लागेको र आफूहरूले कार्यक्रमबाट नयाँ कुरा सिक्ने अवसर मिलेको बताएका थिए ।
View : 65
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved