Biratnagar, Morang, Nepal
१० असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा

उद्‌घोष संवाददाता
१० असार २०८३, बुधवार

Advertisement

काठमाडौं । ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा गरिएको छ । आयोजित स्यास सेरेमोनीमा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरिएको हो ।

आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष, निर्देशक, पूर्वमिस नेपालहरूले प्रतियोगी अंक र स्यास वितरण गरे । सो अवसरमा फाइनलिस्टले आफ्नो परिचय दिँदै रुचिका क्षेत्रबारे चर्चा गरे ।

सो अवसरमा मिस नेपाल २०२६ को औपचारिक सुरुवात भएको जानकारी दिइयो । आयोजक संस्थाका निर्देशक प्रमोद कंशाकारका अनुसार छनोट भएका फाइनलिस्टलाई सघन प्रशिक्षण र व्यक्तित्व विकासका कार्यमा सहभागी गराइनेछ ।

यसवर्षको मिस नेपालको प्रमुख नारा ‘टप अफ द वल्र्ड’ रहेको छ । सर्वोच्च शिखर सगरमाथालाई विम्व बनाएर तयार पारिएको यो थिममा हिमाली आदिवासीको पहिरन लगाएर समारोहमा उद्घाटन गरिएको थियो । नेपाल न्यूज बैंक

View : 24

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved