विराटनगर । विराटनगरमा क्रियाशील सामाजिक संस्था ‘सहयोगी मन’ ले स्वास्थ्य शिक्षाको क्षेत्रमा सराहनीय पहल गरेको छ।
संस्थाको आयोजनामा गोग्राहा मा.वि., विराटनगरका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी एक दिने ’स्वास्थ्य सचेतना कार्यक्रम’ सम्पन्न गरेको हो ।
सो कार्यक्रममा वरिष्ठ दन्त चिकित्सक डा. सोफिया थुलुङ (दमक) ले विद्यार्थीहरूलाई मुख र दाँतको सरसफाइ तथा सोसँग सम्बन्धित स्वास्थ्य समस्याहरूका बारेमा व्यावहारिक ज्ञान बाँडिन् ।
बढ्दो उमेरसँगै दाँत र मुखको स्वास्थ्यलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा डा. थुलुङले दिएको जानकारी निकै प्रभावकारी बनेको थियो।
विद्यालयका प्रधानाध्यापक वेदुकुमार खतिवडाको उपस्थितिमा आयोजित यस कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमका आयोजक तारानाथ भट्टराईका अनुसार, विद्यार्थीहरूमा देखिएको सक्रिय सहभागिताले स्वास्थ्य शिक्षाको महत्त्वलाई थप स्पष्ट पारेको छ।
पछिल्लो समय विद्यार्थीहरूको स्वास्थ्य र सरसफाइमा विद्यालय र सामाजिक संस्थाहरूले देखाएको यस्तो चासोले स्वस्थ जीवनशैली अपनाउन सानै उमेरदेखि बालबालिकाहरूलाई प्रेरित गर्ने विश्वास लिइएको छ।
View : 168
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved