विराटनगर । उदयपुरको बेलका नगरपालिका–९ रामपुरमा विद्युत कर्मचारीको करेन्ट लागेर ज्यान गएको छ ।
रामपुर नगर अस्पताल नजिकै विद्युतको पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा करेन्ट लाग्दा नेपाल विद्युत प्राधिकरण रामपुरमा कार्यरत ४० वर्षीय मिलन राई ज्यान गएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
पोलमा चढेको बेलामा करेन्ट लाग्दा उनी भुईँमा खसेका थिए । उनलाई तत्कालै उपचारका लागि रामपुर नगर अस्पतालमा उपचार गरी थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा चिकित्सकले बुधबार दिउँसो मृत घोषणा गरेका हुन् ।
घटनाको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।
View : 47
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved